हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

वाम तालमेलः एमालेलाई ७२ र माओवादीलाई ३३ (सूचीसहित)

१० कात्तिक, काठमाडौं । एमाले र माओवादी केन्द्रले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएका छन् । शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटेको छ ।

स्रोतका अनुसार अहिलेसम्मको छलफल अनुसार माओवादी केन्द्रको भागमा ३३ सिट परेको छ भने एमालेले ७२ सिट लिएको छ । चार सिट स्वतन्त्र उम्मेदवारलाई छुट्याइएको छ । बाँकी १८ सिटमा छलफल चलिरहेको कार्यदलका एक सदस्यले जानकारी लिए ।

प्रतिनिधिसभासँगै प्रदेशसभाको पनि सिट बाँडफाँट भएको छ । स्थानीय चुनावको मत, सम्भावित उम्मेदवारको व्यक्तित्व लगायतका आधारमा सिट बाँडफाँट गरिएको नेताहरुले बताए ।

कहाँ कसले पाए ?

स्थानीय चुनावमा क्लिन स्वीप गरेको धनकुटासँगै तेह्रथुमको प्रदेश र प्रतिनिधिसभाको सबै सिट एमालेले पाएको छ भने इलाममा माओवादीले प्रदेशसभाको एक सिट लिएको छ ।

सिन्धुलीको प्रदेश र प्रतिनिधिसभा आधा-आधा लिने सहमति भएको छ भने मकवानपुरमा प्रतिनिधिसभाको दुबै सिट एमालेले लिएको छ । प्रदेशमा भने आधा आधा गरिएको छ ।

चितवनमा एमाले र माओवादीले १-१ सिट लिएका छन् । एक सिट टुंगो लागेको छैन । चितवन ३ बाट प्रचण्ड उम्मेदवार बन्दैछन् ।
काभ्रेमा एमालेले प्रतिनिसिभाको एक र प्रदेशको तीन सिट लिएको छ भने माओवादीले दुबै सभाको एक एक सिट पाएको छ ।

काठमाडौंमा एमालेले प्रदेशको १७ र प्रतिनिधिसभाको १७ सिट लिएको छ । माओवादीले दुबै सभाको ३/३ सिट पाएको छ । ललितपुरमा एमालेले प्रतिनिधिसभाको दुई सिट लिँदा माओवादीको भागमा एक सिट परेको छ ।

भक्तपुरको एमालेले प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट लिएको छ भने माओवादीले प्रदेशसभाको एक सिटमा चिक्त बुझाएको छ । प्रदेश र प्रतिनिधिसभाको एक एक सिटबारे निर्णय हुन बाँकी छ ।

तनहुँ, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मीको प्रतिनिधिसभा एमालेको भागमा परेको छ भने अर्घाखाँचीको प्रतिनिधिसभा माओवादीले लिएको छ । कपिलवस्तुमा भने दुई सिट स्वतन्त्रलाई दिइएको छ भने एक सिटबारे टुंगो लागेको छैन । दाङमा एमाले र माओवादीले १-१ सिट लिँदा एक बारे निर्णय हुन सकेको छैन ।

बाँकेका ३ सिटमध्ये एमाले र माओवादीले एक-एक बाँडेका छन् भने एक स्वतन्त्रलाई दिइएको छ । रुपन्देहीमा एमालेले ४ सिट पाएको छ भने माओवादीले एक सिट लिएको छ ।

सल्यानबारे छलफल जारी छ । दैलेखको दुबै, कैलालीको ३ र कञ्चनपुरको २ सिट एमालेले लिएको छ । डडेलधुरामा एक सिट लिएको माओवादीले कैलालीमा २ र कञ्चनपुरमा १ सिट पाएको छ ।

झापामा माओवादीले प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई सिट पाएको छ । उसले प्रतिनिधिसभामा थप एक सिट दाबी गरिरहेको छ । मोरङमा एमालेले ३ र माओवादीले २ सिट लिने सहमति भएको छ । एक सिटबारे छलफल जारी छ । सुनसरीको ४ निर्वाचन क्षेत्रबाट निर्णय गर्ने अधिकार शीर्षनेताहरुलाई लिइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution