इजरायलमा येले तङ्बे ५०७७ चासोक तङ्नाम (न्वागी पुजा) पर्व मनाउने तयारी

तेलअवीव-किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा “आफ्नो भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं,
आफ्नो जस्तै अरुको कला,संस्कृति स-सम्मान,समर्थन गरौं”
भन्ने नारा सहित याक्थुङहरुको राष्ट्रिय चाड २०७४(येले तङ्बे ५०७७) को चासोक तङ्नाम (न्वागी पुजामा) पर्व आऊँदो ०८ डिसेम्बर २०१७ (शुक्रबार)बेलुका ७:०० बजे देखि
Yad harutsim st-15(EVE party place)
Tel aviv मा भव्यताको साथ मनाउने भएको छ ।
किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा परम्परागत तवरले न्वागी पू जा गर्नुका साथै याक्थुङ पोसाकमा कलाकारहरुले याक्थुङ संस्कृती झल्कने बिभिन्न मनोरञ्जनात्मक गीत तथा नृत्य प्रस्तुत गरि कार्यक्रमलाई संगीतमय बनाउने भएको छ ।
चासोक तङनाम (न्वागी पूजा) का साथै सांस्कृतिक कार्यक्रमलाई अझ धमकेदार बनाउनका निम्ति नेपालबाट आमन्त्रित लिम्बू भाषी तथा नेपालीगीतका(गायक)कलाकारहरु ब्रबिम सेर्मा,रुकमान लिम्बू र जेपि नेम्बाङ आऊनु हुने भएको छ ।साथमा स्थानीय कलाकारहरुको बेजोड संस्कृतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
सम्पुर्ण इजरायलमा कार्यरत नेपाली दाजू भाई तथा दिदिबहिनीहरु उपस्थित भइ कार्यक्रम सफल बनाइ दिनु हुन् आयोजक द्वारा सबैलाई अनुरोध गरेको छ ।