हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

भोट फकाउन नयाँ शक्तिका राईले खोटाङमा तरकारीको बिउ बाँडे’

१० कात्तिक, खोटाङ । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बनेका मदन राईले तरकारीको बीउ दिएर भोट माग्न सुरू गरेका छन् ।

गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लागेका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर्ता खटाएर रायो, मूला र केराउको बीउ बाँड्न लगाएका हुन् ।

तरकारीको बीउ लिएर जनताको घरदैलोमा पुगेका कार्यकर्ताले राईको चुनावी घोषणापत्रसमेत बाँड्ने गरेका छन् । बीउ र घोषणापत्रसँगै प्याकिङ गरिएको प्लाष्टिकको पोकोमा ‘मदन राई को हो ?’ शीर्षकको राईको जीवनीसमेत राखिएको छ ।

झण्डै महिना दिनअघिदेखि चुनावी प्रचारमा लागेका राईले आचारसंहिताविपरीत जनतालाई प्रलोभनमा पार्न तरकारीको बीउ वितरण गरेको अन्य दलले आरोप लगाएका छन् ।

जिल्लाबाट प्रतिनिधिसभाका लागि नयाँ शक्तिका उम्मेदवार राईसँगै विभिन्न राजनीतिक दलका १० जनाको उम्मेदवारी परेको छ । कृषि क्षेत्रको विज्ञ मानिनुभएका राईले भने भोटका लागि नभई जिल्लावासीलाई तरकारीमा आत्मनिर्भर बनाउन बीउ वितरण गर्न लगाएको प्रतिक्रिया दिएका छन् ।

साकेला गाउँपालिका–२ रतन्छा निवासी राईले वितरण गर्न लगाउनुभएको तरकारीको बीउको प्याकेटमा करिब ५०–६० दाना केराउ, १५०–१६० दाना मूला र करिब २०० को हाराहारीमा रायोको बीउ हुनेगरेको छ । चुनावी अभियानमा जनताको घरमा जाँदा खाली हात जानुभन्दा थोरै भए पनि कोसेलीस्वरुप तरकारीको बीउ लिएर जाने गरिएको अभियानमा खटिएका सूर्यबहादुर राईले बताए ।

कृषि क्षेत्रमा विज्ञता हासिल गरेका राईले तरकारीको बीउ वितरण गर्न लगाउनु कुनै ठूलो विषय नभएको कतिपयको प्रतिक्रिया छ भने, कतिपयले सामाजिक सञ्जालबाटै चर्को विरोध गर्ने गरेका छन् । अहिले उम्मेदवार बनेका राईले जिल्लामा पहिलोपटक व्यावसायिकरुपमा तरकारी खेती गर्न सकिन्छ भन्ने ज्ञान दिएको जिल्लाका अगुवा कृषक बताउँछन् ।

भर्खरै नयाँ शक्ति नेपालको राजनीतिमा छिरेका राईलाई जिल्लावासीले उति महत्वका साथ भने हेरेका छैनन् । जिल्लाबाट प्रतिनिधिसभाका लागि १० जनाको उम्मेदवारी परे पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एमाले) का विशाल भट्टराई र नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बनेकी सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुने जिल्लावासीको अनुमान छ ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका भट्टराईलाई नेकपा (माओवादी केन्द्र) लगायत साना कम्युनिष्ट दलले सघाउने देखिन्छ । कांग्रेसबाट उम्मेदवार बनेकी बजिमयलाई राप्रपाले सघाउने सम्भावना छ ।

नयाँ शक्तिका उम्मेदवार राईलाई सघाउने राजनीतिक दल अहिलेसम्म देखिएका छैनन् । सरकारी सेवाबाट अवकाश प्राप्त राईलाई उनले खोलेको शुभम् फाउण्डेशनमा अध्ययनरत विद्यार्थी तथा कार्यकर्ताको साथ छ ।

प्रदेशसभाको दुवै क्षेत्रमा उम्मेदवारी दिएको नयाँ शक्ति नेपालका नेताले चार दिनपछि बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नं १ बाट उम्मेदवारी दिएका मोहन गुरुङ र क्षेत्र नं २ बाट उम्मेदवारी दिएका मणि राईले एकसाथै उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।@ onlinekhabar






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution