हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

मंगोल सुन्दरी खुसी मगरको बैंकर बन्ने सपना

बागलुङ सहारा खोलामा जन्मिएकी खुसी मगर १२ वर्षको उमेरमा परिवारका साथ काठमाडौं आइन् । नखीपोटमा बस्दै आएकी उनी एमबीए अध्ययनको तयारीमा छिन् । केही समय बैंक अफ काठमाडौंमा काम गरेपछि उनमा बैंकिङ क्षेत्रप्रति रुचि जागेको हो । परिवारमा सांगीतिक वातावरण छ । आफ्नै दाइको म्युजिक कम्पनी तारा म्युजिक प्रालिको निर्देशकका रूपमा समेत काम गरेकी खुसीले केही म्युजिक भिडियोमा मोडलिङ पनि गरेकी छन् । मिस मंगोल २०१७ मा भाग लिई फस्ट रनरअप बन्न सफल उनको लक्ष्य भने बैंकर बन्ने हो ।

सौन्दर्य प्रतियोगितामा भाग लिने सोच कसरी आयो ?

म बागलुङको दुर्गम गाउँ ताराखोलामा जन्मेकी हुँ । हाम्रो समाजमा महिलाले केही गर्न सक्दैन, त्यसैले बेलैमा विवाह गरेर पढाइदिनुपर्छ भन्ने मान्यता अझै छ । सहर गए छोरी बिग्रिन्छन् भन्ने ठान्छन् । यो सोचमा परिवर्तन ल्याई छोरीले पनि केही गर्न सक्छन् भनेर देखाउन मैले मिस मंगोल नेपाल २०१७ मा भाग लिएँ ।

फस्ट रनरअप बन्दाको अनुभव ?

म एकदमै खुसी र उत्साहित छु । उत्कृष्ट सातमा परेकालाई अन्तिम साझा प्रश्न सोधिएको थियो । प्रतिस्पर्धी साथीहरूको उत्तर पनि राम्रो थियो । सबैको उत्तर सुनिसकेपछि उत्कृष्ट तीनमा पर्छु भन्ने लागेको थियो । फस्ट रनरअप भएँ । सन्तुष्ट छु ।

प्रशिक्षणमा सिकेका कुराले तपाईंमा केही परिवर्तन ल्यायो ?

म नयाँ साथीसँग छिटै घुलमिल हुन सक्छु । विभिन्न स्थान, वर्ग, समुदाय र संस्कृतिबाट आएका साथीहरूलाई भेट्न पाउँदा यसै पनि धेरै कुरा सिक्न सकिन्छ । त्यसमाथि मिस मंगोलमा प्रशिक्षणका लागि कोर्स नै छ जसबाट व्यक्तित्व विकास, आत्मविश्वासमात्रै होइन करिअरका लागि पनि धेरै कुरा सिक्न सकिन्छ ।

प्रतियोगितापछि तपाईंमा आएको परिवर्तन ?

पहिलो कुरा त मेरो सानैदेखिको सपना पूरा भएको छ । गाउँबाट आएको एउटा सामान्य केटीले पनि केही गर्न सक्छ भन्ने प्रमाणित गरेकी छु । प्रतियोगिताअघि म आफन्त र साथीभाइमै सीमित थिएँ । तर अहिले मलाई चिन्ने धेरै छन् । फ्यान बढेका छन् । मेरो आवाज पनि समाजमा सुनिन थालेको छ । अर्को कुरा पहिले आफ्नै साथीहरूसँग बोल्न पनि धक लाग्थ्यो । अहिले ममा त्यो समस्या छैन । मासलाई फेस गर्न सक्छु ।

तपाईंको लक्ष्य ?

म अहिले एमबीएको तयारीमा छु । अहिलेको प्राथमिकता अध्ययन नै हो । त्यसपछि बैंकिङ क्षेत्रमा लाग्छु । मेरो एकमात्र लक्ष्य सफल बैंकर बन्ने हो ।

सौन्दर्य प्रतियोगितामा भाग लिन चाहनेलाई के भन्नुहुन्छ ?

यस्तो प्रतियोगिता हामीजस्तो केही गर्न खोज्ने युवतीका लागि राम्रो प्लेटफर्म हो । छोटो समयमा धेरै कुरा सिक्न सकिने भएकाले यसका फाइदा धेरै छन् । त्यही भएर अहिले सौन्दर्य प्रतियोगिताको संख्या बढेको हो । जति प्रतियोगिता भए पनि प्रतियोगीको कमी छैन । तर, भाग लिनुअघि आयोजकको पृष्ठभूमि, प्रतियोगिताको स्तरबारे बुझ्न जरुरी छ ।

कतिपय त अझै पनि सौन्दर्य प्रतियोगितामा भाग लिन हिच्किचाउँछन नि ?

कतिपयले भाग लिन चाहेर पनि परिवारका कारण रोकिएका छन् । यस्तो अवस्थामा परिवारलाई विश्वास दिलाउन सक्नुपर्छ । केही नयाँ कुरा सिक्न सकिन्छ भने किन भाग नलिने ? नारी सशक्तीकरणका लागि पनि सौन्दर्य प्रतियोगिता एउटा आधार हो ।

प्रस्तुति : रामकला खड्का /अन्नपूर्ण






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution