हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नेता बन्न ऋषि धमला, कोमल वली र रेखा थापाको दौडधुप !

काठमाडौं, ९ कार्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ख्याँति कमाएका कलाकार तथा पत्रकारहरु पनि चुनावी मैदानमा उत्रिने हल्ला सुरु भएको छ । हुन त यस्तो चर्चा स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पनि देखिएको थियो । त्यतिवेला राष्ट्रिय स्तरका चर्चित फेसहरु नै उत्साहका साथ चुनावी मैदानमा होमिएका थिए । नाम कमाएका कलाकार र पत्रकारहरुको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उल्लेख्य सहभागिता थियो ।

तर पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै दोस्रो र तेस्रो चरणको निर्वाचनसम्म आईपुग्दा निर्वाचनमा कलाकार तथा पत्रकारहरुको सहभागितामा भने ह्वात्तै कमी आएको पाईयो ।

स्थानी तहको तीनै चरणका निर्वाचनहरु सम्पन्न भएर मुलुक अब प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा होमिएको बेला फेरि सेलिब्रेटीहरु चुनाव लड्दैछन् भनेर विभिन्न समाचारहरु यत्रतत्र छाईरहेका छन् । कलाकारहरु त विभिन्न पार्टीमा प्रवेश गरेर नै निर्वाचनमा भाग लिने तयारीमा जुटेका छन् ।कतिपयले टिकट पाएर आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तिव्रता दिईरहेका छन् भने कतिपय भने टिकटको लागि केन्द्रमै व्यस्त देखिएका छन् ।
यो पटकको निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्ने केही चर्चित अनुहारको चर्चा गरौं,

ऋषि धमला

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला आगामी निर्वाचनमा जनप्रतिनिधि भएर आउने तयारीमा जुटेका छन् । हुन त उनले यसअघिपनि निर्वाचन लड्ने तयारी गरेका थिए, त्यो पनि आफ्नै गृहजिल्ला धादिङबाट |

राजनीतिक शक्तिका केन्द्रविन्दुका रुपमा हेरिने धमला सहजै निर्वाचित भएर शक्तिमा पुग्ने अपेक्षा राख्दछन् । धादिङबाट नेपाली कांग्रेसट समानुपातिक तर्फबाट उनको नाम सिफारिश गरिएको थियो । तर धमला यो पटक आफू प्रत्यक्ष नै चुनाव लड्ने तयारीमा रहेको बताउँदै आएका छन् । धादिङबाट उनको नाममा सर्वसम्मती जुट्न नसकेपछि उनले अबको विकल्पमा मधेशलाई रोजेका छन् ।
मधेशीवादी दलका नेताहरुसँग राम्रो सम्बन्ध बनाएका धमलालाई टिकट दिनेमा अहिलेसम्म कुनै ठोस निर्णय भने भैसकेको छैन । तर, राजपा नेपालले उनलाई रौतहटको क्षेत्र नम्बर ४ बाट उम्मेद्धवार बनाउने तयारी थालेको छ । जसमा संघीय समाजवादी फोरम नेपालले पनि सहमति जनाएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त सार्वजनिक रुपमै धमलालाई चुनाव लडे आफ्नो पार्टीले सहजै टिकट दिने प्रतिबद्धता जनाएका थिए । यादवको उक्त घोषणासँगै धमला पनि मधेशबाटै चुनाव लड्ने भनेर हौसिएका छन् । उनको पनि रोजाई रौतहटको क्षेत्र नम्बर ४ नै परेको छ ।

कोमल वली

गायिका कोमल वली रेडियो नेपालको सरकारी जागिर छोडेर राष्ट्रिय राजनीतिमा होमिएकी हुन् । वली राप्रपा पार्टीको केन्दिय सदस्यमा राम्रै मत पाएर विजयी भएकी थिईन् ।

अहिले वली एमालेमा सक्रिय छिन् । केही समय पहिले तत्कालिन राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणा २२ जना सांसद सहित बाहिरिएपछि नेतृ वली कमल थापालाई छोडेर एमालेमा प्रवेश गरेकी छिन् ।

उनी दाङबाट प्रत्यक्ष चुनावी मैदानमा उत्रिने चर्चा चलेपनि सहजै वलीले टिकट पाउने सम्भावना देखिँदैन । एमाले र माओवादीबीचको चुनावी तालमेलका कारण वलीको राजनीतिक भविष्य अनिश्चित बनेको सहज अनुमान लगाउन सकिन्छ ।

रेखा थापा

नायिका रेखा थापा र कोमल वली राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएपछि राजनीतिमा एउटा तरंग सिर्जना भएको थियो ।

राप्रपा फुटको कारण चर्चित पात्र रेखा थापालाई धेरै मानिसले अब कता पो जाने भईन ?, कोमल वली एमालेमा गैसकिन भन्ने खालका टिप्पणी सुरु भए तर नायिका थापा राप्रपा प्रजान्त्रिकमा बसिन । महाधिवेशनमा पाएको जनमतलाई कदर गर्न सफल भईन ।

पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिककी सह–महामन्त्री समेत रहेकी थापा सप्तरी वा मोरङ मध्ये एक जिल्लाबाट चुनावि मैदानमा उत्रिदैछिन् ।

यदि पत्रकार धमला, कलाकार वली र थापाले आफु उभिएको भूमिबाट मुलुकलाई समृद्धि बनाउनको लागि भुमिका खेल्न सके भने जनताले उनीहरुलाई स्मरण गरिरहनेछन् ।

तर पत्रकारीता र कलाकारितामा कमाएको प्रतिष्ठालाई आधार बनाएर यसैगरि राजनीतिमा लागेर कब्जा नै गर्छु भन्ने सपना देख्न त पाईन्छ तर त्यो सम्भव नहुन सक्छ ।

पत्रकारीता, कलाकारिता र राजीनिति उस्तै लागेपनि निक्कै फरक छ। मान्छेहरुको भीड लाग्ने कुरा मात्रैलाई देखेर पत्रकारीता र कलाकारिता एउटै हो भन्नु हुँदैन । अर्कोतर्फ, यी तीनै जना पात्रवीचे व्यक्तिगत केही भिन्नता छन् । कोमल वली पत्रकारीता र कलाकारीताको राम्रै अनुभव सम्हालेकी नारी हुन। धमला जीवनको लामो कालखण्डमा पत्रकारीता गरेर आएका व्यक्ति हुन। उनले राजनितिक दलका प्राय नेताहरुका भित्रि हैसियत बुझेका छन् ।
त्यस्तै नायिका रेखा थापा चलचित्रकी नम्बर वान पात्र हुन । उनको सवल पक्ष चलचित्रमा नारीका विषय उठाउने र नारीहरुले गर्न सक्छन्, आँटिली छन्, हिम्मतवाली हुन्छन् भनेर नारीलाई प्रमाणित गर्ने उद्देश्यले उनि राजनीतिक कोर्षमा पुगेको देखिन्छ ।

हालको राजनीति फोहोर छैन, फोहोर बनाईएको हो । पार्टी गलत छैनन्, व्यक्ति गलत छन्, जनताले आफ्नो औकात अनुसारको नेता छान्ने हुँदा देशको भविष्य पनि त्यहि अनुसारको हुन्छ । निर्वाचनमा भाग लिएर राजनीतिक भविष्य सुन्दर बनाउन सके भने चर्चित तिन जना पात्रको असलि क्षमता पुष्टि हुनेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution