तामाङ समुदायको मौलिक बाजा “डम्फु” को कथा

तामाङ समुदायमा डम्फुको आविस्कारको बारे धेरै भनाई र कथाहरु छन् |यो तम्बाको(इतिहासविदको) एक किसिमको गहना जस्तै हो |तम्बाले(इतिहासबिदले) डम्फुको साथमा हाम्रो इतिहासको र रीतिको/विधिविधानको गीत गाउँछन् | ताम्बाको अनुसार कुनै समय पेंग दोर्जे नामको एक व्यक्ति जो सिकारी थिए उ जंगल गएर जनवारहरु मार्ने गर्थ्यो | साधा झै उ एक राम्रो दिन पारेर दिन सिकारको लागि गए र मृग मारे |
मृग को लाश देखेपश्चात उनको पत्नी धेरै दूखी भईन किनकि मृग अति सुन्दर थिई | त्यस दिन देखि उनी रोएको रोयै गरी | पेंग दोर्जे आफ्नो पत्नीको उदासीमा धेरै चिन्तित थिए |
उसले उनलाई धेरै खुशी बनाउन खोजे. उसले उनको मुहारमा खुशी ल्याउनको लागि धेरै चालहरु रचे तर उसले तेसो गर्न सकेन | उनको उदासीको कुनै सिमानै थिएन |पेंग दोर्जे सदैव आफ्नो पत्नी खुशी भएको देख्न चाहन्थे | जहाँ इच्छा त्यहाँ उपाय भनेझै उ एक दिन जंगलमा गएर ४ फीट लामो अम्बु सिङ्(डम्फु बनाउदा प्रयोग गर्ने एक किसिमको बिशेष काठ) भन्ने काठ लिएर आए |
त्यसपछि उसले त्यो काठलाई ४ इन्चको चौडा भएको गोलो चक्र बनाए | उसले बाँसको ३२ वटा स-साना लठ्ठी पनि बनाए | त्यसपछि उसले ३२ वटा स-साना बाँसको लठ्ठीको मद्दतले गोलो चक्रको एकातर्फ मृगको सुकेको छाला टांगे | गोलो चक्रले सुमधुर आवाज सृष्टि गरे – “तक-धिन”. उसले त्यस भर्खरै आविष्कार गरेको साधनको तालसंग आफ्नो पुर्खाहरु र देवताहरूक सम्झेर गाउनथाले। सुन्दरताका साथ सृष्टि गरिएको माधुर्य लय सुनेपछि सबै प्राणीहरू नाच्न थाले र आफ्नो पत्नी पनि नाच्न थाले | त्यसै बीच डाँफे नाम गरेको चरा पनि नाच्दै थिए |
त्यसैले पेंग दोर्जेले उक्त चक्रलाई डम्फू भनेर नामकरण गरे. त्यसपछि डम्फू तामाङ जातिहरुको संस्कृति र जीवन शैलीको एक अभिन्न अंग बने | तामाङ जातिहरु विभिन्न विवाह समारोह, अन्त्येष्टि समारोह, विशेष अवसरहरूमा, संस्कार र चाडहरूमा डम्फू प्रयोग गर्छन |
तामाङ जातिहरु डम्फूको साथमा आफ्नो सुख-दूख ब्यक्त गर्छन् | पुर्खाहरु सम्झेर गीतको माध्यमबाट आफ्नो इतिहास सुनाउछन् | डम्फू बुद्ध र बोधिसव्त्वको प्रतीक पनि हो | ३२ वटा लठ्ठीले बुद्धको ३२ वटा प्रतिक झलकॉउछ |