हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

राजपालाई काँग्रेससँग तालमेल गर्न भारतीय राजदूतको दवाब

काठमाडौं— भारतीय संस्थापन पक्ष र भारतीय राजदुत मञ्जिब सिंह पुरीले प्रदेश नम्बर २ लगायतका स्थानमा सत्तारुढ नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब बढाएका छन्।

लैनचौरस्थित दुतावासमा बोलाएर तथा टेलिफोनमार्फत निरन्तर दबाब बढाए पनि राजपाका शीर्ष नेताले भारतीय संस्थापन पक्षको दबाबलाई भने अस्वीकार गरेका छन्। प्रदेश नम्बर २ को राजमार्ग क्षेत्र र अन्य प्रदेशमा सहकार्य÷तालमेल गर्न सकिने विकल्प भने राजपा नेताले खुल्ला राखेका छन्।

गत सोमवार बिहान लैनचौरमा बोलाएर दवाब बढाए पनि राजपाका शीर्ष नेताले भने त्यसलाई तत्काल अस्वीकार गरेको एक अध्यक्षले बताए। ‘प्रदेश नम्बर २ मा काँग्रेसलाई केही स्थान छाड्नलाई राजदुतज्यूको दवाब थियो तर राजपाले सिधै अस्विकार ग¥यो | ‘बरु, प्रदेश नम्बर २ को राजमार्ग क्षेत्र र प्रदेश नम्बर १ र ५ मा तालमेल हुन सक्छ, कोर मधेस क्षेत्रमा गर्न सकिएन भन्यौं।’

राजमार्ग क्षेत्रमा पर्ने सबै जसो निर्वाचन क्षेत्रमा कांग्रेसलाई सघाउन सकिने जवाफ दिइएको छ। भारतीय संस्थापन पक्ष र राजदूत पुरीले बिमलेन्द्र निधि, अमरेशकुमार सिंह, किरणकुमारी यादव, पदमनारायण चौधरीको निर्वाचन क्षेत्रलाई राजपाले छाडिदिनु पर्ने भन्दै दवाब बढाएका छन्।

‘राजदुतज्यूले नामै किटेर निधिजी, अमेरशजी, किरणजी र पदमनारायण चौधरीलाई सहज हुने गरी चुनावी तालमेल गर्न दवाब दिनुभयो तर राजपाले मानेको छैन, कुराकानी हुँदैछ,’ ती अध्यक्षले अगाडि भने,‘भारतीयहरुले जुन क्षेत्र छाड्न दवाब दिएका छन, त्यही नै राजपाका शीर्ष नेता उठदैछन्।’

उनका अनुसार भारतीय पक्षले निधिको नाम सिफारिस भएको धनुषा–३ मा राजपा अध्यक्ष राजेन्द्र महतो उठ्न लड्दैछन्। काँग्रेसका निधि, एमालेका रघुवीर महासेठसहित राजपाका महतो सो क्षेत्रबाट सिफारिस भएका छन्। गृह जिल्लामा असहज महशुश गरेका अध्यक्ष महतोलाई राजपाले धनुषा–३ बाट उठाउने अन्तिम तयारी छ। त्यसैगरी किरणकुमारी यादवलाई छाडन भनिएको महोत्तरी–२ बाट भने राजपाका अर्का अध्यक्ष शरदसिंह भण्डारी उठ्दैछन्। भण्डारीले सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गर्ने भनेर पूर्ण तयारीमा पुगिसकेका छन्।

अमरेश सिंह लड्ने भनिएको सर्लाही–४ मा भने राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई भारतीय संस्थापन पक्षको सुझावमा समानुपातिक सुचीमा यसअघि नै समावेश गराई सकिएको छ। सिंहसँग पराजित भएका ठाकुरले प्रत्यक्षतर्फ लड्नु पर्ने भन्दै आवाज उठे पनि भारतीय पक्षले सो क्षेत्र छाडेर महोत्तरी–३ जानका लागि सुझाव दिएका छन्। समानुपातिक सुचीको पहिलो नम्बरमा भए पनि अन्तिममा प्रत्यक्षतर्फ निर्वाचन लडने सम्भावना उत्तिकै भएको राजपाका नेताहरु बताउँछन्।

पर्सा–४ मा रमेश रिजालका लागि छाडिदिनु पर्ने तर्क भारतीय संस्थापन पक्षको रहेको छ। तर सो क्षेत्रवाट राजपाका लक्ष्मणलाल कर्ण उठने पक्का भएको छ। सुरुमा संघीय फोरमले लिने भनिएको उक्त क्षेत्रबाट कर्ण उठेमा सघाउने प्रतिवद्धता उपेन्द्र यादवले दिइसकेका छन्। सोको जानकारी पनि भारतीय संस्थापन पक्षलाई दिइएको छ।

त्यसो त पदमनारायण चौधरी लड्ने भनिएको सिरहा–१ मा उपेन्द्र यादवको संघीय समावादी फोरम नेपालको भागमा परेको छ। राजपाबाट उम्मेदवारी नजाने भए पनि गठबन्धन गरेपछि अनिवार्य रुपमा संघीय फोरमलाई सहयोग गर्नै पर्ने तर्क शीर्ष नेताले राखेर फर्किएका छन्। राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले काँग्रेसका केही नेता उम्मेदवार हुने क्षेत्रमा चुनाब नलड्न अाग्रह गरेको बताए। ‘काँग्रेसका साथीहरुले केही हेविभेटका क्षेत्रमा चुनाव नलडिदिनु भन्ने आग्रह थियो, छलफल हुदैँछ’, उनले भने।

राजपा र संघीय फोरमले कांग्रेसका लागि कति सिट छुटाउने भन्नेमा छलफल गरेर निष्कर्ष निकालिने उले बताए। प्रदेश १ र ५ मा सर्वेन्द्रनाथ शुक्लबाहेक अरुको क्षेत्रमा काँग्रेसलाई सघाएर जान सकिने उनले बताए।
@ नागरिकन्युज






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution