हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अोली निवासमा प्रचण्ड र देवी ज्ञवालीको भेटघाट

काठमाडौं । देवी ज्ञवालीको हसमुख स्वभाव मन नपराउने कमै होलान्। बोल्दा उनी सधै मुहार हसिलो पार्छन्। यिनै हसिला ज्ञवालीका लागि गएको स्थानीय चुनाव पीडाको भकारी बन्यो।

चुनावी परिणाम आउने क्रममा भएको झेल्ली सहन नसकेर ज्ञवाली बेलाबखत निकै आक्रोशमा हुन्थे। तर सन्तुलित शब्द चयन गर्दै मुहार उज्यालो पारेरै ज्ञवालीले मिडियामा अभिव्यक्ति दिन्थे। ज्ञवालीले आफूमा भएको सहन क्षमता उतिबेलै प्रदर्शन गरेका हुन्।

भरतपुर महानगर मेयरमा एमाले उम्मेद्वार बनेका ज्ञवाली स्थानीय तह चुनावमा सर्वाधिक चर्चामा रहे।

ज्ञवालीले स्थानीय तह निर्वाचनमा पाएको चर्चा प्रचण्डपुत्री रेणु दाहालसँगको प्रतिस्पर्धाकाकारण थियो। उनै ज्ञवालीको चर्चा फेरि सुरु भएको छ। चर्चाको तार फेरि पनि दाहालसँगै जोडिएको छ।

छोरी रेणुसँगको ज्ञवालीको तिक्ततापूर्ण संघर्ष बदलिएर बुबा प्रचण्डसँग हार्दिकतामा परिणत भएको छ। प्रतिनिधि र प्रदेश सभा चुनावसम्म आइपुग्दा स्थानीय चुनावको आपसी घर्षण सहकार्यमा रुपान्तरित भएको छ।

वाम एकताले एमाले र माओवादी पार्टी परिवारलाई मात्रै मिलाएको छैन। दुई पार्टीबीचको तिक्तता बिर्सेर भएको मिलनमा थुप्रै व्यक्ति र परिवारका खस्रा सम्बन्ध पिसिएर मसिना भएका छन्। त्यसको सबैभन्दा गाढा प्रमाण हो ज्ञवाली र दहाल परिवार।


वाम एकता पछि पार्टीका दुई अध्यक्ष ओली र दाहालबीचको पानी बाराबारको स्थिति तोडिएर अचेल आपसका घरमा पाहुना हुने, भेट्ने र सँगै चुनावी रणनीति तय गर्ने तहमा विकसित भएको छ।

बिहीबार माओवादी पार्टी अध्यक्ष दाहाल एमाले पार्टी अध्यक्ष केपी ओली निवास बालकोट पुगे। ओली निवासमा दाहालको भ्रमण अचेल सामान्य बनेको छ। तर बुधबारको यो ओली निवास भ्रमणका क्रममा देवी ज्ञवालीसँग ओलीसहित प्रचण्ड र उनका पुत्र प्रकाशको तस्बिर सार्वजनिक भएपछि धेरैका आँखा तिल्मिलाए। फेरिएको राजनीतिले खिचेको यो तस्बिरले धेरै कुरा एकै पटकमा बोलेको छ। तस्बिर हेर्नेलाई तस्बिरका सबै भाव र भाका बुझ्न हम्मेहम्मे पर्छ।

गमक्क परेर बाक्ला गाला फैलाएका प्रशन्न मुद्राका प्रचण्ड र सदावहार हसमुख ज्ञवालीको तस्बिर मिडिया र समाजिक सञ्जालका लागि बुधबारे मुख्य खुराक बनेको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution