हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

एमाले उम्मेदवारद्वारा नाम फिर्ता, स्वतन्त्र उम्मेदवार दीपक मनाङेलाई समर्थन

स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई समर्थन गर्दै एमाले उम्मेदवार खाण्डा लामा गुरुङले मनाङ प्रदेश (ख) बाट उम्मेदवारी फिर्ता लिएकी छन् । उनले आफ्नो समर्थन स्वतन्त्र उम्मेदवार राजीव गुरुङलाई नै रहेको बताएकी छन् । मनाङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दीपक ढकालले एमाले उम्मेदवार लामाले उमेद्वारी फिर्ता लिएको पुष्टि गरिन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर बुधबार दिउँसो पौने १ बजे उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन् । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम काटेको थियो । तर, मनाङे नागरिकले आफूलाई जिताउने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उम्मेदवार राजीव गुरुङले पार्टीका आधिकारिक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि उनी समर्थकले आफूलाई सघाउने र जित सुनिश्चित भएको दाबी गरे । ‘मेरो पारिवारिक भोट यसै छ । पार्टीका सबै तहतप्काले भोट दिएपछि मेरो जित सुनिश्चित छ’उनले भने । दुवैजना उठ्दा भोट बाँडिने भएकाले जित्न पनि आफू उठेको बताइन् । ‘सहरले सोंचेजस्तो यहाँ छैन । पार्टीले महिलालाई उठाए पनि भौगोलिक हिसाबले निकै गाह्रो छ । त्यसैले दिदीले फिर्ता लिनुभो’ उनले भने, ‘हामी सबै एउटै हौं । सबै मिलेर अघि बढ्ने हो ।’राजीव गुरुङ र खाण्डा लामा गुरुङको नाता दिदीभाइ पर्छ । उनका अनुसार माथिल्लो मनाङमा पार्टी नै भनेर लाग्ने मान्छे कम छन् । नातेदार बढी हुनेले नै चुनाव जित्छन् ।

खाण्डा लामा गुरुङले फिर्ता लिएसँगै अब मनाङ प्रदेश (ख) मा स्वतन्त्र उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार कर्मा गुरुङको प्रतिस्पर्धा हुनेछ । केही साताअघि मात्रै राप्रपाका सबै सदस्यसहित एमाले प्रवेश गरेका उनले हिजोका राप्रपा, एमाले र परिवार सबैले सहयोग गर्ने भएकाले आफ्नो जितको विकल्प नभएको दाबी गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution