इजरायलमा नेपाल सम्बत ११३८ तथा म्ह: पुजा भव्यताको साथ सम्पन्न

तेलअविव – नेवा खल इजरायलले बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि नेवा: समुदाएले नेपाल सम्वत् ११३८ को अवसरमा इजरायलमा न्हू दँया भिंतुना (नयाँ वर्षको शुभकामना) आदनप्रदान गर्दै म्ह: पुजा कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ ।
नेवा: खल इजरायलका अध्यक्ष आरोह श्रेष्ठको सभापतित्वमा गत शुक्रबार भएको कार्यक्रममा प्रमुख एनआरएन इजरायलका कार्यवाहक अध्यक्ष उमा गुरुङ रहनु भएको थियो भने विशिष्ठ अतिथिमा नेपाल राजदूतावास इजरायलका सहचारी कमल कोइराला, विशेष अतिथिमा नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष नयन इम्सोंग लिम्बु रहनु भएको थियो | अतिथिहरुमा इजरायलमा अवस्थित विभिन्न राजनीति दलका संगठन, सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिती र मिडियाकर्मीहरु रहेका थिए |
नेवा: खल इजरायल ७ वर्ष पुरा गरी ८ औ वर्ष प्रवेश गरेको उपलक्ष्यमा कार्यक्रमका सभापति, पुर्वअध्यक्ष नरेश सैजु र संस्थापक महासचिव तथा वर्तमान सल्लाहकार पुष्प श्रेष्ठले बार्षिकोत्सवको केक काटेका थिए |
कार्यक्रममा स्वागत मन्तब्य नेवा: खल इजरायलकी उपाध्यक्ष सुनिता श्रेष्ठले राखेकी थिईन् | प्रमुख अतिथि, विशिष्ठ अतिथि, बिशेष अतिथि, र कार्यक्रम संयोजक नेवा: खल इजरायलका सल्लाहकार नरेश श्रेष्ठ लगायतहरुबाट शुभकामना मन्तब्य राख्नु भएको थियो |
कार्यक्रमलाई मनोरञ्जन पूर्ण बनाउनलाई स्थानीय नेपाली कलाकारहरुले बीच बीचमा बिभिन्न नित्य तथा गीतहरु प्रस्तुत गरेका थिए |
कार्यक्रमको दोश्रो चरण अन्तर्गत नेवा: खल इजरायलले आयोजना गरेको नेवा: राष्ट्रिय महिला ड्रेस २०१७ प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरेको छ | सामाजिक संजाल फेसबुक मार्फत संचालन गरेको उक्त प्रतियोगितामा सहभागी भएका २८ जना प्रतियोगीहरु मध्येबाट सबैभन्दा बढी पेज लाइक र फोटो लाइक पाउने ३ जना, १० हजार भन्दा बढी पोस्ट लाइक पाएका २ जना र सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाण पत्र र बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो |उक्त प्रतियोगितामा पहिलो रेखा श्रेष्ठ, दोश्रो गोमा श्रेष्ठ र तेश्रोमा बिन्दिया महर्जन भएकी थिईन भने १० हजार भन्दा बढी पोस्ट लाइक पाएका चन्द्रा उप्रेती र मिकिसा माथेमाले पाएका थिए | सम्पूर्ण बिजेतालाई ताज, पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो |
नेवारहरुको पर्व म्ह: पुजाको अवसरमा सामुहिक रुपमा म्ह: पुजा १०० भन्दा बढी सहभागीले गरेका थिए । म्ह: पुजालाई आत्मा पुजा पनि भन्ने चलन छ भने ऐला, छैला, चटामरी जस्ता बिभिन्न नेवारी परिकारले कार्यक्रमलाई अझ रमाइलो र रोचक बनाएको थियो ।
कार्यक्रमको अन्त्यमा सभापति आरोह श्रेष्ठले कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने र उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै औपचारिक कार्यक्रम समापन पर्नु भएको थियो |
कार्यक्रमलाई कौशलता पुर्वक पहिलो चरणको कार्यक्रम नेवा:खल इजरायलकी महासचिब रेखा श्रेष्ठ र दोश्रो चरणको कार्यक्रम सदस्य मनु श्रेष्ठले कुशलात्पुर्वक संचालन गरेकी थिईन |
फोटो: bbceonlinenews मार्फत |