ताम्बा काईतेन जम्याङ लामा तामाङ कसरी ओझेलमा परे ?

-कुमार गोले तामाङ
तामाङहरुकाे ईतिहास ताम्बा काईतेन हाे। ताम्बा काईतेनभित्र पल्टाएर हेरेमा तामाङहरुकाे मात्र नभएर पृथ्वीकै उत्पति देखि लिएर मानव जतिको उत्पति लगाएत विभिन्न स्थानमा विभिन्न तिर्थस्थलहरुकाे उत्पतिकाे बारेमा जानकारीहरु सँग्रहित छन्।
तामाङहरुकाे थर र स्वागेभाईहरु लगाएत ताम्बाले बाेल्ने कुराहरु, बिबाह संस्कार , मृत्यू संस्कार अादि। तर बिडम्बनाकाे कुरा- ताम्बा काईतेनकाे लेखक कर्नेल सन्तबिर तामाङ र जम्याङ लामा |
यी दुई जनाले ताम्बा काईतेन फरक फरक समयमा अाफ्नै अाफ्नै नाम राखेर प्रकासन गर्नुभयाे। एउटै ईतिहासकाे दुईजना लेखक कसरी हुन सक्छ बिना एकजनाकाे अनुमति ? अहिले तामाङ समाजमा तामाङ स्रस्टाहरुले ताम्बा काईतेनकाे लेखककाे नाम लिनुपर्दा एकजनाकाे मात्र नाम लिने गर्छ, कस्काे हाेला ? अन्दाज गराै।।।।
पक्कै पनि कर्नेल सन्तबिर तामाङकाे नाम लिन्छ। किनाकि सन्तबिर तामाङले सर्बप्रथम ताम्बा काईतेकाे प्रकाशन गर्नुभएकाे थियाे।
अाज पनि तामाङ बिद्वानहरु धेरै छन, उहाहरुलाई मेराे प्रश्न छ कि एउटा ईतिहासकाे दुईजना लेखक कसरी भयाे ? सन्तबिर तामाङले सबैभन्दा पहिले ताम्बा काईतेन प्रकाशन गर्नुभयाे, दाेस्राे पटक ज्याम्याङ लामाले प्रकाशन गर्नुभयाे। यदि ताम्बा काईतेन सन्तबिर तामाङ द्वारा रचित हाे र उहाद्वारा प्रकाशन गर्नुभएकाे हाे भने सन्तबिर लामाकाे अनुमतिबिना ज्याम्याङ लामाले त्यही ताम्बा काईतेन प्रकाशन गर्दा कपिराईटकाे अाधारमा सन्तबिर तामाङले ज्याम्याङ लामालाई किन कारबाहि गरेन र गर्न सकेन ? जबकि सन्तबिर तामाङ कर्नेल जस्तो गरिमामय पदमा अासिन हुनुहुन्थ्याे भने ज्याम्याङ लामा कुनै सरकारी पदमा थिएन र वहाँहरु दुईजना एकअर्कालाई नजिकबाट चिनजान पनि थियाे।
याे बिषयमा तामाङ बिद्वानहरुले गहिराे अनुसन्धान गर्नु जरुरि छ कि काे सच्चा लेखक हाे र काे नक्कलि लेखक हाे ? अाज पनि ज्याम्याङ लामाकाे नाममा ज्याम्याङ लामा प्रतिष्ठान सन्चालनमा रहेकाे छ र यदि त्याे प्रतिष्ठानकाे काेहि सदस्यले मेराे याे लेख पढ्नुभईरहेकाे छ भने त्याे प्रतिष्ठानले पनि याे बिषयमा गम्भिर भएर अनुसन्धान गराेस, चिन्तन मनन गराेस र सत्य तथ्य के हाे पत्ता लगाअाेस भन्ने मेराे विनम्र अनुराेध छ।
जहासम्म मेराे भनाई छ कि कर्नेल सन्तबिर तामाङ र ज्याम्याङ लामा बिच नजिकबाट चिनजान थियाे र कर्नेल सन्तबिर तामाङले अाफ्नाे मात्र नाम कमाउने उदेश्यले ज्याम्याङ लामाले रफ कपिमा लेखेकाे ताम्बा काईतेनलाई छलपूर्बक प्रकाशनमा ल्याएकाे थियाे, बास्तबमा कर्नेल न कुनै ईतिहासकाे बिख्याता थियाे न त कुनै ताम्बाकाे जानकार नै थियाे। कर्नेल एउटा सरकारी नाेकर मात्र थियाे। तर ज्याम्याङ लामा ईतिहासकार, गितकार , ताम्बामा पनि उतिकै निपुण नै थिए भने बाैद्ध धर्मगुरु पनि थिए। २०१३ सालमा रेडियाे नेपालबाट पहिलाे तामाङ गीत गाउने कलाकार पनि ज्यम्याङ लामा नै थियाे। कर्नेल सन्तबिरकाे त्यस्तो के बिशेष्ताहरु छन जस्ले उ साचै नै ताम्बा काईतेनकाे लेखक ठहरियाेस् |
-कुमार गोले तामाङ ,उहाँ ताम्बा काईतेनका लेखक स्वर्गीय ज्याम्याङ लामा गोलेको नाति हुनुहुन्छ।