हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

इजरायलमा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता सम्पन्न

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा शुभ-दीपावलीको अवसरमा आयोजित बलिहाङ तङनाम २०७४  कप फुटबल प्रतियोगिता २० अक्टोबर २०१७ (शुक्रबार) सम्पन्न भएको छ |

प्रतियोगिताको उद्घाटन  प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलका महामहिम राजदूत निरन्जन कुमार थापाले गर्नु भएको थियो |

बलिहाङ कप २०७४ मा संसर युथ क्लव, दार्जेलिङ  युनाइटेड, ईष्ट इष्पोटी क्लव र आयोजक टिम kyc footbal team गरी जम्मा चार टिम बिच प्रतिस्पर्धात्मक  खेल भएको थियो ।

पोल ‘ए’बाट संसरा युथ क्लव र दार्जेलिङ  युनाइटेड  बिच भएको खेलमा संसरा युथ क्लवले दार्जेलिङ युनाइटेडलाई ५-४ गोलकोअन्तरले जित हासिल गरेका थिए | यस खेलमा  मेन अफ द म्याच संसरा युथ क्लवका प्रकाश केसी भएका थिए |

बि पोलबाट ईष्ट इस्पेटिङ क्लव र kyc israel बिच भएको खेलमा kyc israel ले ईष्ट इष्पोटिङ क्लवलाई ५-२ गोलको अन्तरले  जित  हासिल गरेका थिए |यस खेलको मेन अफ द म्याच kyc israel का पिके राजबंशी भएका थिए |

फाइनलमा  संसरा युथ क्लव र ‘बि’ पोलका बिजेता टिम kyc israel बिच भएकोमा kyc israel संसरा युथ क्लवलाई ४-१ गोलको अन्तरले हराउदै बलिहाङ तङनाम २०७४  कप जितेको थियो | फाइनल  खेलको मेन अफ द म्याच kyc israel का प्रबिन आङबुङ बनेका थिए ।

बलिहाङ कप २०७४ बिजेता टिम kyc israel ले  ५००० सेकेल नगद  र मेडलहरू प्रदान गरेका थिए  भने दोस्रो हुने टिम संसरा युथ क्लवले ३००० सेकेल नगद  र मेडलहरू दिएका थिए |

खेल मुल्याङ्कन कर्ता सगुन राईका अनुसार बेस्ट डिफेन्समा संसरा युथ क्लवका अरुण लामा, बेस्ट किपरमा kyc israel का सन्तोष लिबाङ र सबै खेलहरूमा उत्कृष्ट खेल प्रदर्शन र धेरै गोल गर्न सफल kyc israel का सुन्दर नेपाललाई उत्कृष्ट खेलाडी साथै हाई स्कोररको उपादी आयोजले प्रदान गरेका थिए |

बलिहाङ कप २०७४ संयोजक जीबन थक्लुङ, आईन्द्र योङ्या , प्रताप मादेन, नुमा बोखीम मादेनले सामुहिक रूपमा बलिहाङ कप २०७४ मा सहयोग गर्नुहुने खेलाडी दर्शकहरुलाई  धन्यवाद ब्यक्त गरेका थिए |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution