हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

ऋचाको रहस्यमय आत्महत्या : कल लग सबै डिलिट ?

काठमाडौं : प्लस टु को अध्ययन सकेर बसेकी झापा विर्तामोडकी २० वर्षीया ऋचा सेढाइँ आइतबार दिउँसो मृत अवस्था फेला परिन्। ऋचा आफ्नै घरको कोठामा झुन्डिएको अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ।

सामाजिक सञ्जालमा निकै सक्रिय ऋचाको मृत्युलाई लिएर यतिखेर सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा चलेको छ। उनको फेसबुक वालमै धेरैले उनलाई ट्याग गरेर धेरैले किन आत्महत्या गरेको भन्दै प्रश्न गरिरहेका छन्।

आइतबार दिउँसो करिब ३ बजेदेखि ४ बजेको भित्रमा उनको मृत्यु भएको बिर्तामोड प्रहरी कार्यालयका डिएसपी राजकुमार सिलवालले बताए।

डिएसपी सिलवालले भने ‘हामीलाई ५ बजेतिर खबर आयो। हामी घटनास्थल पुग्दा शरीरको रगत आलै थियो। त्यसैले करिब १ देखि २ घन्टा अगाडि उनको मृत्यु भएको हुनुपर्छ।’

बुबा र आमा बजार गएको बेला ऋचा घरमा एक्लै थिइन्। यही समयमा उनको मृत्यु भएको उनले बताए। उनी भन्छन् ‘अहिलेसम्म हाम्रो अनुसन्धानमा उनले किन आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन।’

केही समयदेखि सामाजिक सञ्जालमा निराशावादी कुरा लेखेपनि उनी दुःखी र निराश नदेखिएको ऋचाका बुवाले प्रहरीको बयानमा बताएका छन्। मृत्यु हुने दिन पनि ऋचाले राम्रो कपडा र ऋंगार गरेर बसेकी थिइन्।

ऋचाकी दिदी भने केही समय अगाडि विवाह भएर भारतको बङ्गलौरमा बस्दै आएकी छिन्। ऋचाका एक भाइ र चार जना दिदीबहिनी छन्। ऋचा आजभोलि नै दिदीकोमा जाने तयारीमा थिइन्।

‘बङ्गलौर जाने टिकटसमेत भइसकेको रहेछ’, डिएसपी सिलवालले भने, ‘केही समय उतै बस्ने, जागिर पाए उतै काम गर्ने घरपरिवारमा सल्लाह भएको रहेछ।’

घटनास्थलमा प्रहरीले सुसाइड नोट फेला पारेको छैन। ऋचाको मोबाइलमा उनले सम्पर्क गरेको फोन र आएको फोनको लग डिटेल भने डिलिट गरेको अवस्थामा पाइएको छ। उनलाई अन्तिम पटक कसले फोन गर्योक भन्ने खुले अनुसन्धानमा सहयोग हुने डिएसपी सिलवालले बताए।

उनले भने, ‘मोबाइल कल लग डिलिट गरेको पाइयो, कल डिटेल निकालेर अनुसन्धान अगाडि बढाएका छौं।‘

ऋचाका बुवा सामान्य होटेल व्यवसायी हुन्। ऋचा यसपछिको पढाइ एमबिबिएस गर्न चाहन्थिन्। धेरैले एमबिबिएस पढ्ने पैसा नभएर सुसाइड गरेको अड्कलबाजी गरे पनि प्रहरी भने मृत्युको कारण यही मात्र नहुने दावी गरिरहेको छ।@पहिलोपोस्ट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution