दुई जलविद्युत् कम्पनीले ५३ करोड रुपैयाँको सेयर जारी गर्ने

६ कात्तिक, काठमाडौं। दुई जलविद्युत् कम्पनीले साधारण सेयर निष्कासन गर्ने भएका छन् ।
घलेम्दी हाइड्रोपावरले स्थानीय जनताका लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीले असोज २५ गते धितोपत्र बोर्डमा आवेदन दर्ता गरेको हो ।
कम्पनीले सर्वसाधारणको लागि करिब ११ करोड रुपैयाँको सेयर जारी गर्नेछ । स्थानीयको लागि चुक्ता पूँजीको १० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा भिवोर क्यापिटल रहेको छ । माउन्टेन हाइड्रोले पनि स्थानीय बासिन्दाको लागि १२ करोड ५० लाख रुपैयाँको सेयर जारी गर्ने भएको छ । स्थानीयको लागि १० प्रतिशत सेयर जारी गर्न लागेको कम्पनीले सर्वसाधारणको लागि २५ करोड रुपैयाँको सेयर जारी गर्ने सम्भावना छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।