इजरायल:ज्योति मगरको गुनासो,मलाई गुन्युचोलीमा देख्न चाहनेहरु तिग्रा देखाएर आए

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल द्वारा शुभ दिपावली २०७४ को पावन अवसरमा आयोजित तिहार सांगेतिक साँझ २०७४ गत शुक्रबार २० अक्टोबर २०१७ (शुक्रबार) तेलअविव इजरायलमा सम्पन्न गरेको छ ।
कार्यक्रमको सभापति मंचकी अध्यक्ष सीता घिसिङ रहेकी थिईन भने प्रमुख अतिथि नेपाली राजदुतावासका महामहिम राजदुत निरन्जन कुमार थापा रहेका थिए |
कार्यक्रममा स्वागत मन्तव्य मंचकी प्रथम उपाध्यक्ष दाना कादम्बरी श्रेष्ठ राख्नु भएकी थिईन भने शुभकामना मन्तव्य मंचको वरिष्ठ उपाध्यक्ष पेमा लामा पाख्रिनले व्यक्त गरेकी थिईन |
मंचका कलाकारहरु प्रीनिषा कन्दङ्वा,सोनी योन्जन तामाङ,स्वास्तिका श्रेष्ठ र शान्ति लिम्बु र काब्या क्षेत्रीले तिहारको गीतमा नित्य प्रस्तुति गरेकी थिईन |
नेपालबाट आमन्त्रित कलाकार मोडल /गायिका ज्योति मगर ,गायक नबराज बस्नेत र इजरायलवासी नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो |
ज्योति मगर पहिलोपटक स्टेजमा मगर भेषभुषामा उपस्थित भएका थिए , उनले शुरुदेखि अन्तिम सम्म स्टेज तताएकी थिईन् | उनको स्वरमा मिठास र हाउभाउमा जोशिलोपन देखिएको थियो |
दर्शक र आयोजक तर्फ इंकित गर्दै ज्योति मगर स्टेजमा नेपाली भेषभुषामा उपस्थित हुनुपर्ने ,मलाई बोलाउने आयोजक/दर्शकहरुले नेपाली भेषभुषामा उपस्थित हुनु नपर्ने ? सबै जना दिदीबहिनीहरु र आयोजकहरु म भन्दा हट हट सेक्सी देखेको छु | कलाकारले आ-आफ्नो शैलीमा गीत संगै हाउभाउ प्रस्तुति गर्ने हो , भल्गर भनेको के हो ? आ-आफ्नो सोचमा भरपर्ने कुरा हो , गीत गाउँदा गाउँदै उनले बीच बिचमा समय लिएर यति भन्न भ्याई सकेकी थिइन् |
दोश्रोपटकको बिदेश यात्रा भएको बताउदै नबराज बस्नेतले कलाकारलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए |
नेपालबाट आउनु भएका आमन्त्रित कलाकार ज्योति मगर र नबराज बस्नेतलाई अन्तरष्ट्रिय कलाकार मंच इजरायल र नेपाल मगर समाज इजरायलले सम्मान पत्र सहित सम्मानित गरेका थिए |
कार्यक्रमका प्रमुख अतिथि निरन्जन कुमार थापाले तिहार पर्वको अबसरमा कार्यक्रम आयोजन गरिएकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्दै तिहारको शुभकामना दिएका थिए |
सभापति एवं मंचका अध्यक्ष सीता घिसिङले कार्यक्रममा सफल बनाउन नेपालबाट आउनु भएका कलाकार द्वय ,अन्तराष्ट्रिय कलाकार मंचका कलाकारहरु ,सम्पूर्ण अतिथि र दर्शकमहानुभावहरु लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद ब्यक्त गरेकी थिईन |
कार्यक्रम मंचका महासचिव कुमार आङदेम्बे अबि, सचिव युनिका गुरुङ र सहसचिब पदमा गुरुङले कुशलतापुर्वक संचालन गरेका थिए |