इजरायलमा बौद्धधर्मालम्वीहरुले सामुहिक रुपमा बिश्वशान्ति / मणिपूजा सम्पन्न

तेलअविव – प्रवासी भुमि इजरायलमा नेपाल तामाङ घेदुङ इजरायल , ह्योल्मो समाज इजरायल , शेर्पा संघ इजरायल र नेपाल मगर संघ इजरायलको सयुक्त आयोजनमा २१ अक्टोबर शनिबारको बिहान सामुहिक रुपमा बिश्वशान्ति / मणिपूजा कार्यक्रम सम्पन्न गरेको छ |
बौद्ध धर्मगुरु लामा थुप्तेन योन्जन तामाङ र लोप्साङ एवा ह्योल्मोले बौद्धधर्मविधि अनुसार पाठपूजा गर्नु हुदै सम्पूर्ण प्राणी जगतको भलोको साथै विश्वभरी जति पनि पशु-प्राणीको काटमार , हत्या-हिंसा र अकालमा मृत्यु भएकोछ , ती सम्पूर्ण मृत आत्मालाई सम्झेर मृति आत्माको शान्ति तथा सुखवाती लोकमा पुनः जन्म होस् , विश्वमा शान्ति फैलियोस भन्ने कामना सहित मणि पूजाको सम्पन्न गरेको हो |
बौद्ध धर्मगुरु लामा थुप्तेन योन्जनले छोटो प्रवचन दिनु हुदै हामीले आफ्नो निम्ति मात्र पुजा अर्चना गर्ने हैन कि जगतका सम्पूर्ण प्राणीहरुको निम्ति पनि कल्याण शान्ति र सबैको राम्रो होस् भन्ने कामना गर्नुपर्छ | मनमा आत्मादेखि नै भक्ति राख्नुपर्छ | मानव लोकमा जन्म पाउनुको निम्ति हामीले धेरै सु-कर्म गर्नुपर्छ र हामीले धेरै राम्रो सोच भावना राख्दै धर्म -कर्म गर्दै, मानव धर्मको पालना गर्दै, बौद्ध धर्मको उपदेशलाइ मनन गर्दै , जीवनलाई सुमार्गमा दिशा बोध गराउनु सक्नुपर्छ अनि मात्र यो मानव जीवन सफल र सार्थक हुन्छ भन्नु भयो |
सामुहिक रुपमा दशहजार भन्दा बेसी मणिजप गरेका थिए | मणि पूजामा आयोजक संस्था नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष माया तामाङ(दिप्मा) ह्योल्मो समाज इजरायल अध्यक्ष पेम्बा डोल्मा ह्याल्मो , शेर्पा संघ इजरायल अध्यक्ष छिरिंग डोल्मा शेर्पा र नेपाल मगर संघ इजरायलक अध्यक्ष बिष्णु पुनः मगर लगायत उल्लेखित रुपमा भक्तजनहरुको सहभागीता रहेको थियो |
कार्यक्रम समापनपछि प्रशाद र जुसपानी वितरण गरिएको थियो |