हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

वीरगन्जमा पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिको स्वागत

वीरगन्ज : पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको स्वागतमा आइतबार वीरगन्जमा राजतन्त्रवादीले र्‍याली गरेका छन्। भाइटीकाको अवसरमा शनिबर शुभकामना सन्देश दिदै पूर्वराजा ज्ञानेन्द्रले जनताको इच्छा र सहयोग भए मुलुकको नेतृत्व लिन आफू तयार रहेको अभिव्यक्ति दिएपछि त्यसैको स्वागतमा उनका समर्थकले आइतबार वीरगन्जमा र्‍याली निकालेका हुन्।

शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका थिए, ‘दुवोको माला, मखमली र गोदावरी फूलको मालाको महत्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने परिस्थितीमा हामी हिडिरहेका छौं, मुलुकमा नेतृत्व नभएको जस्तो देखिएको छ, त्यसैले अब समय आएजस्तो लाग्छ, जिम्मेवारी दिन र नेतृत्व लिन तयार छु ।’

वीरगन्जको घण्टाघर चोकबाट नेपाल राष्ट्रवाद संघले निकालेको र्‍याली माइस्थान , आदर्शनगर , घडीअर्वा हुँदै पुन घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालार्इ सम्बोधन गर्दै नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले मुलुकको नेतृत्व सम्हाल्न तयार रहेको भनी पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले सम्पूर्ण नेपाली जनता उत्साहित र खुशी भएको बताए।

राजनीतिक दलका नेताहरुका कारण नै देश अहिलेको दूरावस्थामा पुगेको र जनताले पनि सास्ती खेपिरहेको भन्दै अध्यक्ष साहले अब मुलुकको नेतृत्व ज्ञानेन्द्र शाहले हाक्नु पर्ने बेला आइसकेको बताए।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दलका नेताहरुले पैसा , रक्सी र मासुको बलमा चुनाव जितेको आरोप लगाउदै अध्यक्ष साहले अब आइरहेको प्रतिनिधी र प्रदेशसभाको निर्वाचनमा पनि फेरि नेताहरुले पैसा , रक्सी र मासुमा किन्ने प्रयत्न गर्ने भएकाले त्यसबाट जनतालाइ सजग बनाउनका लागि नै ज्ञानेन्द्र साहले मुलुकको नतृत्व सम्हाल्न इच्छा देखाएको र त्यसमा सबै जनताले साथ दिने बताए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution