एमाले–माओवादीले ३२ जिल्लाको प्रदेश बाँडफाँट टुंग्याए (सूचीसहित)

काठमाडौं । एमाले– माओवादी केन्द्रले प्रदेशसभाको लागि निर्वाचन क्षेत्र बाँडफाँट टुंग्याएका छन् । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको अन्तिम टुंगो लगाएका हुन् ।
दुई दलबीचको समझदारी मुताविक माओवादी केन्द्रले ताप्लेजुङ (ख), पाँचथर (ख), संखुवासभा (क), ओखलढुंगा (ख), खोटाङ (ख), दोलखा (ख), रसुवा (ख), सिन्धुपाल्चोक– १ (क), २ (क), नुवाकोट–१ (क), धादिङ–१ (ख), गोरखा–१ (क), गोरखा–२ (क) र (ख), बाग्लुङ–१ (ख), बाग्लुङ– २ (ख), म्याग्दी (क), रोल्पा (क र ख), रुकुम पूर्व (क र ख), जुम्ला (क), कालिकोट (ख) हुम्ला (क र ख), रुकुम पश्चिम (क र ख), डोल्पा (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला (ख) पाएको छ ।
त्यस्तै एमालेले ताप्लेजुङ (क), पाँचथर (क), संखुवासभा (ख), भोजपुर (क र ख), सोलुखुम्बु (क र ख), ओखलढुंगा (क), खोटाङ (क), दोलखा (ख), रामेछाप (क र ख) रसुवा (क), सिन्धुपाल्चोक–१ (ख), सिन्धुपाल्चोक–२ (ख), नुवाकोट–२ (क), लम्जुङ (क र ख), धादिङ–१ (क), धादिङ–२ (क), मनाङ (क र ख), म्याग्दी (ख), गोरखा–१ (ख) बाग्लुङ–१ (ख), बाग्लुङ–२ (ख), डोल्पा (क), जुम्ला (ख), कालिकोट (क), जाजरकोट (क र ख) बझाङ (क), बाजुरा (क र ख), बैतडी (ख) र दार्चुला (क) मा उमेदवारी दिनेछ ।