बोक्सीको आरोपमा राधा थिङ तामाङ माथि खुकुरी प्रहार

कार्तिक – २ , रसुवा | हिजो बेलुका ९ बजे तिरको समयमा रसुवा कालिका गाउँ पालिका खाल्चेत निबासी राधा थिङ तामाङलाई आफ्नै जेठाजु सन्त बहादुर ग्लान तामाङले बोक्सीको आरोपमा खुकुरी र कोदालोले हानी गंभिर घाइते बनाएको छ |
राधा थिङ तामाङलाई सुतिरहेको अबस्थामा श्रीमान कृष्ण ब ग्लान तामाङ घर बाहिरा गएको मौका छोपी आक्रमण गरेका थिए | निज घाइतेलाई काठमाडौ सामाखुसी स्थित Green City अस्पतालको सघन कक्षमा राखी उपचार गरिदै छ ।
सन्त बहादुर ग्लान तामाङ संगै निजको छोराको पनि संग्लग्न रहेकोले छोरालाई प्रहरीले पक्राउ गरिसकेका छन् भने बुबा सन्त बहादुर ग्लान तामाङ फरार भएका छन् |