हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

सयपत्रीबाट मनग्गे अान्दानी गर्दै पाख्रिन (तामाङ) परिवार

इलाम – तिहार भन्नेबित्तिकै फूलैफूल र बत्तीको झिलिमिली हुने पर्व सम्झन्छौं हामी । हुनपनि, मौसमअनुसारका मखमली, सयपत्रीलगायत दर्जनौंखाले फूल ढकमक्क फुल्छन् यो बेला । तर, तिहारमा विशेषतः प्रयोग हुने दुई मुख्य फूल हुन्–सयपत्री र मखमली ।

तिहारको पहिलो दिन कागलाई खाना खुवाउन होस् या अन्तिम दिन भाइटीका लगाउन, सयपत्री फूल विशेष महत्वको मानिन्छ । कुकुर पूजा, गाई, गोवद्र्धन पूजा र भाइटीकामा विशेष महत्व हुन्छ सयपत्री फूलको । घरमा लक्ष्मी भित्रयाउने दिन त फूलले घरै सिँगारेर चिटिक्क पार्ने परम्परा पनि छ । यो परम्परा गाउँमा मात्र होइन, सहरमा पनि उस्तै छ । तर, केही वर्षयता घर–गाउँमा सयपत्री फुलेको कमै देखिन थालेको छ । विदेशबाट भित्रिने प्लास्टिकका जस्तो भन्यो त्यस्तै फूल पाउन थालेपछि सयपत्री र मखमलीको प्रयोग कम हुँदैछ ।

तर, जिल्लाका केही स्थानमा भने अहिले पनि किसानले सयपत्री ढकमक्क बनाएका छन् । घरको फूलबारीमा मात्र सीमित सयपत्रीलाई इलाम नगरपालिका–१० गोदकका किसानले भने व्यावसायिक नै बनाएका छन् । स्थानीय रमला गुरुङ (पाख्रिन) र उनका पति धनबहादुर पाख्रिन अहिले बारीमा लगाएको सयपत्री धमाधम बेचिरहेका छन् । उनीहरूको घर वरिपरि करिब २ रोपनीमा सयपत्री ढकमक्क छ ।

फूलबारीमै मेची राजमार्ग परेकाले सयपत्री बेच्न समस्या छैन उनीहरूलाई । ‘आज राँकेबाट मात्रै ५ हजार रुपैयाँको फूल पठाइदिन अर्डर आएको छ,’ मंगलबार बिहान उनको फूलबारीमा पुग्दा रमला भन्दैथिइन्, ‘आज, भोलि, पर्सि र त्यसको भोलिपल्ट पनि धेरै नै फूल बिक्री हुन्छ ।’ रमलामात्र होइन, धनबहादुर र उनकी आमा विममाया पाख्रिन पनि मंगलबारदेखि धमाधम फूल टिप्दै बेचिरहेका देखिए । रमलाले दिउँसो मेची राजमार्गमा फूल बेच्न निकाल्दा किन्नेको हारालुछ नै भयो । ‘सडकमा गुडिरहेका प्रत्येकजसो गाडीले फूल किनिरहेका छन्,’ उनले सुनाइन्, ‘३०–३५ थुँगा भएको एउटा मुठो सय रुपैयाँमा बिक्री हुँदैछ ।’

धनबहादुर र रमलाले यो वर्ष २० हजार रुपैयाँ लगानी गरेर सयपत्री लगाएका हुन् । अफ्रिकी जातको यो सयपत्रीबाट यही वर्ष करिब लाख रुपैयाँ आम्दानी हुने अनुमान छ उनीहरूलाई । ‘हिजो (सोमबार) एक व्यापारीले ६५ हजार रुपैयाँमा सबै फूल दिन माग्दा पनि दिएनौं,’ धनबहादुरले भने, ‘कम्तीमा लाख, त्योभन्दा बढी १ लाख २० हजार रुपैयाँसम्म भेला गर्छ यो फूलले ।’ इलाम बजारमा भने करिब ३ वर्षयता भारतबाट सयपत्री फूल ल्याएर बेच्ने गरेको देखिन्छ । गाउँमै सयपत्री लगाउन सके यसबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेको छ पाख्रिन परिवार ।@नागरिकदैनिक |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution