हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

एनआरएनका ‘इलिट’ हरूका नाममा

दीपकराज जोशी

यसबेला गैरआवसीय नेपालीहरूको अधिवेशनका लागि तपाईंहरूमध्ये केही नेपाल आउनुभएको छ । अरू कतिपय आउन पाउनुभएको छैन । नेपालबाहिर बसे पनि तपाईंहरू नेपालको बारेमा सोच्नुहुन्छ, नेपालको राम्रो भएको देख्न चाहनुहुन्छ र नेपालको बारेमा राम्रो सुन्न चाहनुहुन्छ । तर, एनआरएनमा केही ‘इलिट’हरू पनि छन् जो फेसबुकमा ‘राष्ट्रवाद’ प्रदर्शन गर्छन्, अर्ती उपदेश दिन्छन्, नेपालका नेता र पद्धतिलाई सत्तोसराप गर्छन् तर आवश्यक पर्दा ढलेको सिन्को पनि उठाउँदैनन् । मेरो यो खुलापत्र त्यस्तै द्वैध चरित्रका एनआरएनका ‘इलिट’हरूप्रति लक्षित छ । बहुसंख्यक  आफ्नो काम गरेर जीवन निर्वाह गर्ने गैरआवसीय नेपालीलाई छोडेर द्वैध चरित्रधारी ठालु एनआरएनलाई लक्षित गरी यस्तो पत्र लेख्नु पर्दा दुःख लागेको छ ।

मेरा अभिव्यक्ति उनीहरूलाई  मन नपर्न सक्छ  । द्वैध चरित्रधारीहरू  आफ्नो विचार र विश्वासमा कति अडिग हुन्छन् भने यिनीहरू सजिलै आफ्नो विचार फेर्न सक्तैनन् । इमानदारी, स्वस्थ र रचनात्मक व्यवहारले व्यक्तिहरूबीचको सम्बन्धलाई असल र सफल बनाउँछ, द्वैधचरित्रले सक्तैन ।

केही नेपाली विदेश बसाइ त्यागेर नेपाल फर्किएका छन् । तिनीहरू नेपालमा अझ ’राम्रो जीवन’ सम्भव होला भनेर आएका छैनन् । उनीहरू  आफ्नो सानै हैसियतबाट केही  गर्न  सकिन्छ कि भनेर  आएका  हुन् ।  अरू विदेश बस्ने  नेपाली मूलका व्यक्ति पनि  नेपाल फर्कनै  पर्छ  भन्ने   छैन । नेपालमा फर्केर सानो समूहलाई सहयोग गर्नेहरू धरै छन् ।  यो राष्ट्र निर्माण गर्न यस्ता धेरै साना समूहलाई सहयोग गर्नु जरुरी छ । सपना आयात गर्न सकिँदैन, यहीँ देख्न सक्नुपर्छ । तपाईंलाई इच्छा छैन भने कसैले कर लगाएर हुँदैन । यस्तै दृढनिश्चयी हुनुहुन्छ भने तपाईंलाई कसैले रोक्न सक्तैन ।

योगदान गर्न चाहने मानिसहरू पनि छन् तर तिनीहरूमध्ये कतिपय जोखिम उठाउन डराउँछन् । तपाईंहरूमध्ये कतिले जोखिम उठाउनुभएको छ र सफलतापूर्वक परिस्थितिसँग जुधिरहनु भएको छ ? पद्धति कम खतरनाक हुन्थ्यो भने तुलनात्मक रूपमा धेरै मानिस आफ्नो मनमा लागेको कुरा गर्न अगाडि सर्थे । तपाईंले किन यो पद्धतिका गल्तीहरू औँल्याउँदै तिनका समाधानमा नलाग्ने ? चीन र केही हदसम्म भारत पनि यसका राम्रा उदाहरण हुन् । ती मुलुकले विदेशमा भएमा जनशक्तिलाई पुँजीकृत गरिरहेका छन् । ती मुलुकहरू आफ्नो समाजको फाइदाका लागि विदेशमा भएका आफ्ना नागरिकहरूलाई मुलुकमै आकर्षित गर्ने ध्याउन्नमा छन् । मेरो यो पत्र नेपालका समस्याहरूका वास्तविक समाधान दिन सक्ने थोरै गैरआवसीय नेपाली बौद्धिकहरूप्रति भने लक्षित छैन ।

एडमन्ड हिलारी  नेपालमा जन्मिएका थिएनन् तर उनले आफ्नो जीवन नेपाली समुदायको भलाइमा समर्पण गरे । तेन्जिङ नोर्गे शेर्पा नेपालमा जन्मिएका भए पनि पछि उनी बसाईं सरेर भारत गए । मुख्य कुरा पहिचान होइन, काम हो । कामले तपाईंको पहिचान बनाउँछ ।

नेपालमा पनि आफ्नो क्षमताले भ्याएसम्मको काम गर्नेको कमी  छैन । तीमध्ये कतिपय चर्चामा नआएका होलान् । नेपालमा असल नियतले काम गर्दा नसकेर दिक्क भई विदेश पलायन हुने पनि छन् । यहाँ थोरै मानिस केही सकारात्मक परिवर्तन ल्याउन कम्मर कसेर लाग्नेहरू पनि छन् । तिनले हार मानेका छैनन् । कमसेकम  तिनको आशावादी व्यवहार र ऊर्जालाई त कदर गर्नुस् ।

कृपया गुनासोमात्रै गर्न चाहिँ छोड्नुहोस् । के तपाईंहरूमध्ये कोही नेपालमा शिक्षकका रूपमा काम गर्न चाहनुहुन्छ ? तपाईं महिनाको सरदर  ३० हजार रुपियाँ जति (वा त्यसभन्दा कम) कमाउन सक्नुहुन्छ । मलाई थाहा छ द्वैधचरित्र भएका ‘इलिट’ यस्तो काम गर्न नेपाल आउँदैनन् । बहुसंख्यक नेपालीले आधारभूत आवश्यकता बल्लतल्ल पूरा गरेको वा गर्न नसकेको जस्तो शैलीमा तपाईं गुजारा गर्न सक्नुहुन्न । द्वैधचरित्रवालाहरू चर्का स्वरमा ठूला कुरा गर्छन् तर काम भने केही गर्दैनन् ।

कुनै पनि प्रणालीमा खोट देखाउन सजिलो छ । मूर्खले पनि यस्तो काम सहजै गर्न सक्छ । यस्ता समस्याबाट मुलुकलाई मुक्ति दिलाउन तपाईंसँग समाधान र सुधारका उपायहरू छन् त ? राष्ट्रनिर्माणका खातिर नेपाल फर्किएर अप्ठेरो सहन तपाईं तयार हुनुहुन्छ त ? सम्भवतः तपाईं तयार हुनुहुन्न ।

बौद्धिकहरूको नेपाल र यहाँको विकासप्रति सकारात्मक धारणा छ भन्ने म ठान्थेँ तर म गलत रहेछुजस्तो लाग्न थालेका छ । जहाँसुकै र जस्तोसुकै हैसियतमा बसेका भए पनि म गैरआवासीय नेपालीको विरोधी चाहिँ होइन । गुनासा गरिरहने तर सकारात्मक परिवर्तन गर्न ढलेको सिन्को पनि  भाँच्न नतम्सिनेहरूको मात्रै विरोध गरेको  हुँ । फेसबुकमा फोटाहरू हाल्नुले मात्रै तपाईंलाई देशभक्त बनाउँदैन ।

हामीलाई यस्तो देखाउने देशभक्ति चाहिँदैन । यस्तो प्रवृत्ति त नेपालको कुनाकुनामा र विदेशमा रहेका धेरै नेपालीमा पाइन्छ । यहा कामको आवश्यकता छ । हामीलाई भोकालाई खानेकुरा, घर नभएकालाई छानो र आवाज  नभएकालाई आवाज दिनेको जरुरत छ । तपाईं संविधानको बारेमा आफ्नो फेसबुकको वालमा लेख्नुहुन्छ तर तपाईं आफैँले चाहिँ हाम्रो संविधान कहिल्यै पढ्नुभएको छ ? कुरै नबुझी आलोचना गर्नु कत्तिको उपयुक्त हो ? आलोचना गर्न सजिलो छ तर काम गर्नसक्ने समाधान खोज्न त्यति सजिलो छैन ।

मैले अमेरिका, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकका चर्चित विश्वविद्यालयमा काम गर्ने तर नेपाललाई बौद्धिक र आर्थिकरूपमा पनि ठूलो योगदान दिएका नेपालीलाई  पनि चिनेको छु । राष्ट्रलाई तिनले दिएको असाधारण योगदानका लागि म सलाम गर्छु ।

देशभित्र बस्ने हुन् या बाहिर, नेपाली इलिटहरूको प्रवृत्ति अचम्म लाग्दो छ । यिनीहरू सार्वजनिक सवारी साधन प्रयोग गर्न रुचाउँदैनन् । आफू ठूला र महँगा कार किन्न चाहन्छन् तर नेपालमा सार्वजनिक यातायातको बारेमा गुनासो भने गरिरहन्छन् । यी इलिटहरू तीन हजार डलर पर्ने डीएसएलआर क्यामेराबाट नांगा सडक बालबालिका, बुढी महिला, साधुहरू, स्थानीय चिया पसल र भद्रगोल सवारी व्यवस्थापनको फोटो खिच्छन् र आफैंँलाई सामाजिक अभियन्ता ठान्छन् । अब तिनीहरू दौरा सुरुवाल र ढाका टोपीप्रति आकर्षित हुन थालेका छन् जुन उनीहरू धनी हुनुअगाडि वा विदेश जानुअगाडि कल्पनासम्म पनि गर्न सक्तैनथे ।

यस्ता बौद्धिकहरू आफूलाई सर्वसाधारण नागरिकहरूभन्दा बढी शिक्षित र धेरै जानेको सोचाइ पालेर बसेका छन् । यिनीहरू आफूले धेरै किताब पढेकाले, धेरै सभा समारोहमा भाग लिएकाले वा केही पुरस्कार थापेकाले आफूलाई सुसंस्कृत व्यक्ति ठान्छन् । अर्थात्, यिनीहरू आफूलाई अरूभन्दा बढी चतुर र होसियार ठान्छन् ।

विदेशका महागा विश्वविद्यालयबाट डिग्री लिन नसकेका र फरक ढंगले सोच्ने मानिस पनि छन् । त्यस्तो डिग्री लिन नसक्तैमा तिनीहरू मूर्ख त भइहाल्दैनन् नि ।

म सबै उस्तै हुन् भन्दिन । मसँग सहमत र असहमत हुन तपाईं स्वतन्त्र हुनुहुन्छ र तपाईंको असहमत हुन पाउने अधिकारका बारेमा विवाद गर्नुपर्दैन । यो समाज र मुलुकलाई वास्तवमै योगदान गर्न चाहनेहरूको भने खाँचो छ । त्यस्ता मानिस अब नेपाल फर्कनु पर्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution