हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

रुवी भ्यालीबाट फर्कियो चलचित्र ‘नीरफूल’ युनिट

काठमाडौं : चलचित्र नीरफूल अहिले छायांकनको क्रममा छ। भूकम्पका कारण बिछोडिएका एक परिवारका सदस्यहरूले पुनर्मिलनका लागि गरेको संघर्षमा आधारित चलचित्र युनिट धादिङको रुवी भ्यालीमा दुई साता छायांकन गरी राजधानी फर्केको छ। सो भ्यालीमा एक साताको छायांकन तालिका भए पनि खराब मौसमका कारण दुई साता लागेको निर्देशक फूलमान बलले जानकारी दिएका छन्। ‘रुवी भ्यालीको पाङसाङ पासमा भूकम्प जानुअघि र पछिको सेट निर्माण गरेका थियौं’, निर्देशक बलले भने।

समुद्री सतहबाट ३८ सय मिटरको उचाइमा रहेको पाङसाङ पासमुनिको हिउ“मा ६ महिनाअघि एक ताइवानी जोडी फसेको थियो। ४७ दिनपछि प्रेमिकाको निधन भइसकेको अवस्थामा प्रेमीको उद्धार भएको थियो। ‘मौसमका कारण हामीले निकै दुःख पायौं’, निर्देशक बलले भने, ‘बिहान ११ बजेसम्म मात्रै हिमाल र आकाश देखिन्थ्यो।’ बलका अनुसार चलचित्र रुवी भ्यालीकै एक परिवारको कथामा आधारित छ। रुवी भ्यालीको जीवनशैली, संस्कृति र विषयवस्तु पहिलोपटक चलचित्रमा उतार्न लागिएको हो।

निर्देशक बलका अनुसार भदौ अन्तिमपछि भेँडागोठको उधौली सुरु हुने भएकाले छायांकनका लागि रुवी भ्याली पुग्दा भेँडाहरू गाउ“तिर झरिसकेका थिए। गाउँ झरेका भेँडालाई छायांकनका लागि माथि ल्याउन निकै गाह्रो भएको थियो। नेपाल-म्यानमार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रिनतारा इन्टरटेनमेन्टसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘नीरफूल’मा दयाहाङ राई, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी घिसिङ, पुष्कर गुरुङ, सरोज अर्याल, सरिता गिरी, बुद्धि तामाङ, राजन खतिवडा, मानस राज, सुरेश चन्द, रोशन फ्युबालगायतको अभिनय रहेको छ। चलचित्रमा दयाहाङ राई भेँडा गोठालोको भूमिकामा छन्।

चलचित्रको कार्यकारी निर्माता डोमा सोनाम रहेकी छन् भने कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, जापानबाट उदय लामा, इजरायलबाट चन्द्रमाया तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर, नेपालबाट अशोक थापा निर्माता रहेका छन्। सचिन घिमिरे र निर्देशक बलकै पटकथा रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ। निर्देशक बलले यसअघि छोटो चलचित्र ‘सेलफोन’ निर्देशन गरेका थिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution