हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तामाङ जातिको न्वारनमा नामाकरण गर्ने आफ्नै मौलिक विधि

तामाङ जातिमा न्वारन गर्दा धार्मिक  विधि अनुसार नवजात शिशुको नामाकरण गर्ने काम गरिन्छ | यसलाई (मिन थान्बा) भनिन्छ | न्वारनको मुख्य पक्ष नामाकरण गर्ने काम हुन्छ | यसरी न्वारनमा बौद्ध धार्मिक विधिअनुसार लामा पुरोहितले पाढ़पूजा गरी सुत्केरीलाई शुद्ध गर्ने गरिन्छ | लामाहरुले नवजात शिशुको  नाम राख्दा प्राय: जन्मबारको आधारमा राख्ने गर्दछन् |

नवजात शिशु आईतवार जन्मेमा – ङ्हेमा, सोमबार -दावा, मंगलवार-मिङमार,  बुधवार-लाग्पा, बिहीवार-फुर्वा , शुक्रबार-पासाङ र शनिबार-पेमा राख्ने गरिन्छ |यसरी राखिएको नामको पछाडि नवजात शिशु छोरा भए (दोर्जे) र छोरी भए (डोल्मा) वा (छिरिङ) जोडेर नामाकरण गरिन्छ | यसको अतिरिक्त लामा गुरुहरुले पात्रो (चिही) हेरेर बौद्ध देबिदेबताका नामहरु राख्ने गर्दछन् | यती गरिसकेपछि  घर परिवारको मंगल दिर्घायु  र सम्वृद्धिका लागि लामाहरुले (टासि सेक्पा र साम्बा लुन्डु) छ्योइ (पुस्तक)  पढ्ने गर्द्छन् |

तामाङ समाजमा शिशुको उमेर बढ्दै गएपछि हिन्दू धर्मबाट प्रभावित  भएर  आफ्नो छोराछोरीको नामाकरण अर्थात्  फेरी पुनः नाम राख्ने प्रचलन ब्यापक रुपमा रहेको छ | अर्कोतिर धर्मिक जागरणका कारणले बौद्धा देवीदेवताको नामहरु राख्ने गरेको पाईन्छ | तर आफ्नो मात्रिभाषाका नाम राख्ने प्रचलन लोप हुँदै गईरहेको पाइन्छ  |  तामाङहरुले नामकरण गर्दा आफ्नो जातिय झल्कने गरी राख्नु उपयुक्त हुन्छ  |

रसुवाका  तामाङहरु लामा बोलाई न्वारन र नामाकरण गर्ने परम्परा लाई दाबेन भन्ने गर्द्छन्  भने  हुम्ला र मुगूका तामाङहरु यस न्वारन गर्ने  परम्परालाई छरतेर्जे भन्ने गर्दछन् |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution