हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

माओवादीका १७ मन्त्री विना विभागीय,उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार पनि थपिए

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने १७ मन्त्रीलाई विना विभागीय बनाएका छन्।

गत जेठ २४ गते माओवादी केन्द्रसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका कांग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी एक उपप्रधानमन्त्री, आठ मन्त्री र आठ राज्यमन्त्रीलाई विभागीय मन्त्रालयबाट हटाएर विना विभागीय बनाएका हुन्।

प्रधानमन्त्री देउवाले माओवादीको तर्फबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, शहरी विकासमन्त्री प्रभु साह, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, आपूर्तिमन्त्री शिवकुमार मण्डल, ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, महिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला र पशुपंक्षी विकासमन्त्री सन्तकुमार थारूलाई मन्त्रालयको जिम्मेवारीबाट अलग गरी विना विभागीय बनाएका हुन्।

त्यस्तै, माओवादीका तर्फबाट सरकारमा रहेका राज्यमन्त्रीहरू मोहम्मद जाकिर हुसैन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, शम्भुलाल श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पालाई पनि मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरेका छन्।

राप्रपाका मन्त्री र राज्यमन्त्रीलाई विभागीय जिम्मेवारी प्रधानमन्त्री देउवाले शुक्रबार सरकारमा सहमागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापासहित आठ जनालाई विभागीय जिम्मेवारी दिएका छन्। मन्त्रिपरिषदमा प्रधानमन्त्री र उपप्रधानमन्त्री विजयकुमार गच्छदारपछिको तेस्रो बरियतामा रहेका थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ। राप्रपाबाट मन्त्री भएका जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास, विक्रमबहादुर थापालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, राज्यमन्त्री कुन्तीकुमारी शाहीलाई शहरी विकास, भाष्कर भद्रालाई ऊर्जा, कान्ता भट्टराईलाई महिला बालबालिका तथा समाकल्याण र सुशीलकुमार श्रेष्ठलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

राप्रपा (प्रजातान्त्रिक)बाट सरकारमा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका दीपक बोहोरालाई स्वाथ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्रीसँग ६ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले ६ वटा मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन्। उनले शान्ति तथा पुनर्निर्माण मन्त्रालय पहिलेदेखि नै आफैँसँग राखेका थिए भने विज्ञान तथा प्रविधि मन्त्रालय दीपक बोहोराबाट लिएका छन्। बोहोरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। देउवाले माओवादी मन्त्रीहरूलाई विना विभागीय बनाएपछि उनीहरूले सम्हाल्दै आएको गृह, परराष्ट्र, सामान्य प्रसाशन र पशुपंक्षी विकास मन्त्रालय आफैँले राखेका छन्।

माओवादी केन्द्रले गत असोज १७ गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पार्टी एकता गर्ने घोषणासँगै सत्तारुढ गठबन्धन कांग्रेस र माओवादीबीचको सम्बन्ध चिसिएको थियो। प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार भेटघाट गरेपछि सरकारबाट अलग्गिने निर्णय गरेका थिए। सरकारबाट माओवादीका मन्त्रीहरू बाहिरिने विषयमा जानकारी दिन गृहमन्त्री जनार्दन शर्माले गृहमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारबाट बाहिरिने निर्णय स्थगित भएको जानकारी दिइएको थियो। ‘प्रधानमन्त्रीलाई लिखित जानकारी दिने पत्रमा हस्ताक्षर गर्नै लाग्दा सरकारले निर्वाचन नगर्ने षड्यन्त्र गरेकाले तत्काल सरकार नछाड्ने निर्णय भयो’, दिउँसो गृहमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलनमा भनेका थिए।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution