प्रधानमन्त्रीद्वारा राप्रपाका मन्त्रीहरुलाई जिम्मेवारी, गृह र परारष्ट्र आफै राखे
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान एवम् उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् भने माओवादीबाट मन्त्री बनेकालाई जिम्वेवारी वाट हटाएर विना विभागीय मन्त्री वनाएका छन् ।
सरकार छोड्ने अन्तिम तयारीमा रहेको माओवादीले अन्तिम समयमा सरकारमै रहने भनैसँगै देउवाले उनीहरुलाई मन्त्रालयको जिम्वेवारी वाट हटाएका हुन् । जनार्दन शर्मा प्रभाकरको जिम्मामा रहेको गृह मन्त्रालय देउवाले आफ्नै पोल्टामा राखेका छन् । त्यस्तै परराष्ट्र, पशुपंक्षी विकास,बिज्ञान तथा प्रविधी लगायतका मन्त्रालय समेत आफैले हेर्ने भएका छन् ।