हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनाल लाई उज्वल तामाङको प्रश्नै प्रश्न ?

-जि.डि. तामाङ (उज्वल)

ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनाल लाई उज्वल तामाङको प्रश्नै प्रश्न ?

चर्चित डिअाइजी ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनाल मानौ नेपालकै दोस्रो सेलिब्रेटि,सक्षम र सफल पुलिस अफिसर भनेर चिनिने ट्राफिक प्रहरी प्रमुख हुनुहुन्छ। तर खाई सर्वसाधारण नेपाली जनताले न्याय पाक ?

वहाँकै मातहतका ट्राफिक प्रहरी दिनदहाडै सर्वसाधारण जनतालाई सिटबेल्ट लगायत बिना गल्ती नै पाँच सय देखी हजार माग्छन नदिए चिट काट्छु र थुन्छु समेत भनेर धम्की समेत दिन्छन। त्यही पनि सामान्य ट्राफिक सिपाहीले,आवस्यक्त परे हामी संग यहि मिति-२०७४/६/२६गते बिहिवार वहबरमहल भाटभाटिनी अगाडि डिउटिमा खटिएको ट्राफिक सिपाही चन्द्र कान्त अधिकारीले देखाएको गतिविधिको फोटो तथा भिडियो सुरक्षित छ। उनिहरु सिटबेल्टको नाममा ठग्ने लुट्ने अनावश्यक दु:ख दिने सिवाय केही गर्दैनन। काठमाडौं उपत्यका भित्र लगभग बिहान ८ बजे देखि बेलुका ८बजे सम्म गाडीको चलाकले दुई देखि तीन नम्बर गेयर हाल्नै पाउदैनन!!! डिअाइजी साप अनि सिटबेल्ट चाहिँ केको लागि र किन लाउनु पर्छ?

हामी पनि पन्ध्र बीस वटा देश घुमेको मान्छे तपाई पनि घुम्नु भएकै होला बिदेशमा ड्राइभर सिटमा बसेपछि सिटबेल्ट अनिवार्य लगाउनु पर्छ किनभने विकाशीत मुलुकहरूमा गाडी गुड्यो कि १०० भन्दा माथी स्पिडमा गुड्छ। यहाँ कतिमा गुडछ यहाँहरुलाई थाहा नभएकै हो त?कि लुट्न,ठग्ने र सिधासदा हरुलाई अनावश्यक दु:ख दिने उदेश्यले बनाएको नियम हो यो?यो त लाटो देशमा गाँठो तन्नेरी भने झै भएन र डिआइजी साप???? अनि तपाई लाई हामीले कसरी सफल,सक्षम र विद्वान प्रहरी नेतृत्व मान्ने?घन्टौं घन्टा जाममा पर्छ। अनि ट्राफिकले दाउ कुरेर बसेको थाहा पाउदा पाउदै पनि एकातिर गन्तव्यमा पुग्ने हतार अर्को जामको तनाव सिटबेल्ट लगाउन बिर्सिन्छ्न। अनि ट्राफिकलाई सर्वसाधारण ठग्ने र दु:ख दिने मौका नै हुन्छ, सिधै प्रश्न गर्छ रोक रोक भन्दै बाटो बीचमा उभिन्छ र रोक्न नपाउदै बेल्ट किन नलगाएको?कमसेकम रोक्नुस भन्न त सिकाइदिनुस न हजुर!!! यो कस्तो ट्राफिक अनुशासन हो?

चलाक ओहो बिर्सेछु। सच्ची यस्तो भिडभाड जाममा किन लगाउनु पर्यो र बेल्ट ?बेल्ट केको लागि लगाउछ?प्रश्न भुइँमा खस्न नपाउदै ट्राफिक गर्जिन्छ बढ्दा बोल्छस सिटबेल्ट सेफ्टिको लागि हो लाइसेन्स झिक ब्लुबुक झिक…….नत्र………. ए बेकुफ हो बेकारमा सर्वसाधारण लाई लुटिखाने बहाना किन बनाउछौ?नेपाल प्रहरीको पोशाकलाई किन कलंकित पर्छौ?यदि सच्चिकै सर्वसाधारण जनताको सुरक्षाको चिन्ता छ भने बाइकमा सवार दुबैजना लाई हेल्मेट अनिवार्य बनाउ। दैनिक सहि तरिकाले मपासे चेकजाँच गर। कोटेश्वर भक्तपुरको सडकमा कुन ट्र्याकमा कुन कुन सवारीसाधन कसरी हिड्ने सिकाउ।

यो विषयमा डिअाइजी सापको ध्यानाकर्षण गराउन चाहन्छु। ताकि भविस्यमा ट्राफिक प्रहरी बाट कोहि पनि सर्वसाधारण नागरिकले अनावश्यक दु:ख तथा झमेला खेप्नु नपरोस! र ठकिन बाध्य नहोस। डिअाइजी साप तपाइले फ्याउरो डनको संज्ञ दिनुभएको गुन्डा र तपाईको सिपाहीमा फरक के नै भयो र??? गुन्डाले अवैधानिक रूपमा लुट्छ भने तपाईको सिपाहीहरुले दिनदहाडै बैधानिक रुपमै लुट्छ्न।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution