माओवादी केन्द्र सरकारबाट बाहिरियो

काठमाडौं । अन्ततः नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेपछि माओवादी केन्द्रमाथि सरकारबाट बाहिरिन चर्काे दबाब परेको थियो ।
सरकार छाड्नुअघि अहिले २ बजे गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमै पत्रकार सम्मेलन गर्दैछन् ।
माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेपनि सरकार नछाड्ने मनस्थितिमा थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि उसले सरकार छाड्न लागेको हो । देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेका थिए ।