हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

‘तामाङ’ शब्दको उत्पति कसरी भयो ?

तामाङ शब्दको ईतिहास र प्रयोग: तामाङ शब्द मुख्यतया नेपालको राजाधानी वरीपरी घेरिएर घनाबस्ती बनेको नेपालमा प्रथम आवाद गर्ने मङगोलियन मोलको मानवजाती वा समुदायलाई बुझाउंदछ। तामाङहरुले आफ्नो समाज व समुदाय माझ आफ्नो परिचय ‘तामाङ’ भनेरै चिनाएको पाईन्छ। ‘तामाङ’ शब्दको प्रयोग कहिले देखी भनेको रहेछ हेरौँ।

विदेशी विद्धान म्यक्डोनाल्ड अनुसार हालको मुस्ताङ जिल्लाको गन्थाङ जो पुराङ राज्यको एक भाग थियो, त्यहाँका राजा बुम देंगोन जसले सन १२५३ देखी १२८० सम्म राज्य गरेका थिए। उनको वंशावलिमा तल्लो मुस्ताङमा रहेका से मोन शेरिव अधिराज्यका तामाङहरुलाई दबाउन मुक्तिनाथमा किल्ला बनाउन लगाएको व्रुत्तान्त उल्लिखित छ। सो व्रित्तान्तले ‘तामाङ’ शब्दलाई जातीवाचक शब्दको रुपमा प्रयोग भएको तथ्य उजागर गरेको छ। यस तथ्यले तामाङ भन्नुमा गर्व गर्ने तामाङहरुलाई साँच्चिकै गौरवान्वित बनाएको छ। यो नै नेपालमा भेटिएको तामाङ जातिलाई बुझाउन किटेर ‘टामाङ’ शब्दको प्रयोग भएको एकमात्र सबैभन्दा पुरानो अभिलेख हो। यो कुरालाई सन १०११, १०३९ सालपछिका एवं काठमान्डौका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल सम्मका शिलालेख तथा अभिलेखहरुमा तामाङ भाषाको शब्द याम्बु (काठमान्डौ नेपाललाई बुझाउने) श्री याम्बु, श्री महानगर याम्बु भूमो, याम्बुक्रमाया, आदी उल्लेख भकेको पाइनुले पनि त्यो समयमा तामाङ्हरुको अस्तित्व प्रबल र ब्यापक रहेको पुष्टि हुन्छ।

मल्लहरुको अन्त र गोर्खा राज्यको सामन्तवादी बिस्तारले स्वतन्त्र तामाङ राज्यहरु गोर्खा राज्यको मातहतमा पुगेपछि तामाङ जातिको ईतिहास , भाषा , संस्कृतिको पक्षमा कुनै सकारात्मक उन्नती भएको पाइंदैन। तामाङ जातिको श्रम तथा भूमिमाथिको अधिपत्य खोस्दै तत्कालिन राजाले तामाङ गाउँका धर्मको विरुद्ध विभिन्न हिन्दू मन्दिरका गुठीहरुलाई वितरण गरिएको थियो। त्यत्तिले मात्र नपुगेर राज्यले सरकारी दफ्तरखानाको लागि चाहिने कागज बनाउने , कागजी रकम सरकारी मजदुरको रुपमा हुलाकी रकम , खानि रकम , बारुद बनाउने मजदुरी, नुन बोक्ने मजदुरी आदिको रुपमा तामाङहरुबाट थुप्रै श्रम शोषन गरेको थियो। तामाङहरुसँग श्रम लिंदाको त्यो सरकारी पत्राचारको रुपमा रहेको सनद, सुचना, स्तिहारहरुमा तामाङ जातिलाई हेय भावनाले ‘लामाभोटे, भोटे, घलेभोटे, लामा आदी भनेर विदेशी(तिब्बती) को रुपमा व्यवहार गरेको कुरा गोर्खा राजाले सन १८२४ देखी १९५० सम्मका सरकारी लिखतमा पाइएको छ।

यसरी यहाँ भुमिको मालिक आदिवासी तामाङ जातिलाई राज्यले नै विदेशिको संज्ञा दिएर अपहेलित र रुखो व्यवहाँर गरिएको प्रमाणित भएको छ । यदी तामाङ साँच्चै नि तिब्बतको भोटे जाती (तत्कालिन नेपालको विदेशी नागरिक आप्रवासी) नै भएको भए किन तामाङ भाषामा तिब्बतिलाई ‘बोद’ वा ‘बोत’ भन्थ्यो र ? बरु गोर्खा उर्फ खस नेपाली भाषामा तामाङ भाषाको तिब्बत र तिब्बतिलाई बुझाउने बोत(बोद) शब्दबाट नै भोट् शब्दको निर्माण भएको हो। अर्थात ‘भोट’ भन्ने शब्द तामाङ भाषामा बोत भन्नुले नै देखाउंछ। मल्लकाल पछि पृथ्वी नारायण शाहले सुरु गरेको अन्य धर्म संस्कृतिका अहिन्दूहरुलाई हिन्दू बनाउने कुटिल चाल, कथीत ‘चार जात ३६ वर्णको साझा फुलबारी’ भन्ने कलुषित जातिय राज्य निती राणा शासनसंगै मलिन भएपश्चात मात्रा थोरै भए पनि निर्भिकताका साथ यहाँँका तामाहरुले आफु ‘भोटे’ होइन (बोद होइन) तामाङ हो भन्ने गौरवभाव मुखरित गर्न पाएका छन । तर तामाङ्हरुले भने पहिलेदेखी नै आफ्नो गाउं, बस्तिहरुमा आफुलाई तामाङकै रुपमा चिनाउँदै आफ्नो गाउँ, बस्ती , हिमश्रिङ्गखला, डाँडा, खोला, खोल्ची, नदी नाला, वनपाखा, रुखपातहरुको नाम समेत तामाङ बाषामै भाषित गर्दै आएको थियो। यहाँका तामाङलाई सरकारले सरकारी कागजातमा लामाभोटे लेखिदिए पनि आँफैले कहिल्यै लामाभोटे भनेनन् उनिहरु गर्वका साथ आफुलाई ‘तामाङ’ भन्न रुचाउंछन र त्यो समयमा पनि हामी बाह्र तामाङ भन्नुमा नै गर्व गर्दछन्।

त्यस्तै थकाली लालचन, भट्टचन , शेरचन लेखाए पनि अझै उनिहरु आफ्नो भाषामा भन्नु पर्दा ‘तमन’ मै गर्व गर्छन्, अनि गुरुङ्हरु आजभोलि ‘गुरुङ’ भन्नुमा भन्दा बेसी ‘तमु’ भन्न् रुचाउंछन किनभने तामाङ/तमु भनेको आत्मादेखिको भावनात्मक रुपमा गौरवपूर्ण मौलिक जातिय पहिचान हो। यस्तो आफ्नो सदियौँदेखिको वास्तविक पहिचान तामाङलाई ‘भोटे’ भनेर गरिने हेय र अपमान सहन नसकेर नै राणाकालमा आएका तत्कालिन ब्रिटिश सरकारका ठुला कमाण्डरको अङगरक्षक तथा सेवक तामाङ सरदार जंगबिरले आफुहरु पहिलेदेखी नै ‘तामाङ’ भनेर चिनिने आशयको ‘हामी बाह्र तामाङ्हरु’ भन्ने दाबिका साथ बाह्र तामाङलाई ‘लामाभोटे’ नभनी आफ्नो थर लेख्दा ‘तामाङ’ नै लेख्न पाउँ भनी निवेदन लेखे। उनको यो निवेदनको सुनुवाई स्वरुप सम्वत १९८९ भाद्र ६ का दिन तामाङ्लाई ‘लामाभोटी’ नभनी तामाङ नै भनी बोलाउन र लेख्न स्विक्रिती पत्रमा ‘हामी बाह्र तामाङ्लाई’ भनी उनले दावी गरेको स्पष्ट देखिन्छ। बहादुर जंगवीरको यो दाविले शासकहरुले लामभोटे भनेर सम्बोधन गर्ने गरेतापनी आफुभित्र पहिलेदेखी नै तामाङ भन्ने पहिचन रहेको कुराक पुषती हुन्छ। शायद बहादुर जंगवीर तत्कालिन ब्रिटिश सेनाको एस्डी नभएको भए उनको निवेदन उपर दमन हुन सक्थ्यो अत सरकारी प्रथामा चलेको चलनको विरुद्ध आवाज उठाउनेको शिर छेदन हुने थियो। यही त्रासले यो भन्दा पहिले तामाङ्हरुले आफुलाई तामाङ भन्न पाउँ भनी निवेदन दिन सकिरहेका थिएनन्।

तसर्थ विभिन्न समयमा विभिन्न तामाङ जातिलाई बुझाउन थुप्रै शब्दहरुको प्रयोग भएको भेटिन्छ। तामाङ शब्द बाहेक मुर्मी, मुल्मी, भोटे, लामाभोटे, सें, एसांङ, सेमोन, शेर्पा, शेर्पा लामा, कथाभोटिया, भोटिया,बोन्पो, रोङ्पा, ल्होवा, कागते, कागते ह्योल्मो, ह्योल्मो, घले, घलेभोटे, जाड, जाडे, पनि प्रयोग भएको पाईन्छ। समय, काल , परिस्थिती अनुसार जेसुकै रुअप्मा चिनिए तापनी यो मानव समुदायलाई तामाङ जाती भनेर गर्व गर्ने उसलाई चिनाउने मौलिक तामाङ भाषा, लिपी , भेषभुषा, धर्म, संस्क्रिती,परम्परा, आफ्नो छुट्टै सिमा उत्पत्ती ईतिहास जस्ता मौलिक तामाङ नितिहरु रहेका छन्।

तामाङ जाती बहुसंख्यक र व्यापक भएको कारण अझै आशेषको रुपमा भए पनि उपरोक्त तामाङ जातिको चिनारीहरु बाँची रहेका छन। यिनै तामाङ जातिको महानतम् नितिहरुलाई गहन अध्ययन मान्दा त्यहाँ विश्लेषण गरी निकटबाट बुझ्ने प्रयास नै नगरि तामाङ जातिको करुणमयी चरित्रभन्दा बेग्ला अर्थहरु समेत आजभोलि तामाङ शब्दको बारेमा विभिन्न लेखकहरुले अर्थ्याउने र प्रयोग गर्ने गरेको पाईन्छ। यसरी गरिमामयी तामाङ पहिचानलाई खिसी र हेयका तर्कहरुले भ्रमका झङ्हरु फाँडेर यथार्थ तामाङ भावनामा आधाररित तामाङ शब्दको अर्थ र प्रयोगका बारेमा देहाय अनुसार बुंदागत चर्चा गरिएकोछ।

तामागबाट तामाङ शब्द बनेको होइन माथि नै चर्चा भाईसकेको ‘तामग’ शब्दको ‘मग’ बाट ‘मा’ हुने कुनै आधार देखिंदैन । ‘माग’ बाट ‘माङ’ नबनिकन शब्द निर्माण प्रकृया अनुसार ‘तामग’ बाट तामाङ हुने सम्भावना छैन। किन भने अपभ्रंश व समास भएर बन्ने शब्दहरुको एक अर्कोमा सम्बन्ध रहेको हुन्छ। तामाङ र तिब्बती भाषामा ‘ग’ ध्वनिबाट ‘ङ’ ध्वनिमा परिवर्तन भएको अन्य रुपहरु पाइंदैन। बरु’ग’ ध्नी ‘क बा ‘ख’ ध्वनिमा रु बादलएको पाईन्छ। त्यस्तै तमाङ भाषाको ‘ग’ नेपाली वा संस्क्रितमा ‘घ’ भएको पाईन्छ। जस्ताइ नाकि=नागी, गाङ ल घाङ उच्चारण भएको पाईन्छ। त्यसतै ‘ङ’ ध्वनी ‘न’ भएका पाईन्छ जस्ताइ ङ्यान्बा को न्यान्बा , ङिस को निस तर ‘ग’ बाट ‘ङ’ भएको पाइँदैन । त्यसैले ‘तामग’ बाट तमाङ बन्न कठिन छ। तामाङ र तिब्बती संस्कृतिमा भिनाता: तामाङ र तिब्बती भाषा एउटै परिवारभित्र पनेर भाषा भएकोले छिमेकको सामिप्यता लिपिमा समानता बाहेक अन्य कुरा भाषाको व्याकरणिय संरचना र चरित्रमा भिन्नता छ।

बांकी मौलिक भेषभुषा संस्कार संस्क्रिती (चारदाम , थुन्दा सोर्सी जस्ता रिमठिमहरु) सँग कुनै पनि छेउ मिल्दैन। उदाहरणको लागि तामाङ हरुको महान चाड ल्होछर र तिब्बती ल्होछार बुद्ध जयन्ती पर्वको तिथी मितीमा भिन्नता छ। तिब्बतिहरुको ज्योतिष परम्पराको अध्ययन गर्ने हो भने उनिहरुमा प्रचलित ल्होछार परम्परा पाँचौ दलाई लामाको उदयपछी मात्र राज्य स्तरबाट मनाउन थालिएको हो । तर तामाङहरुले मानि आएको परम्परा झन्डै ५००० वर्ष पुरानो हो । त्यसकारण तामाङ ल्होछार तथा बुद्ध जयन्ती तिब्बती भन्दा भिन्नै तिथी मितीमा हुन्छ । तामाङ जातिमा भएको ताम्बा प्रथा तामाङले घर मै बुन्ने ऊनको घरबुना लुगाहरु सुरकाइ , घलेक (ग्या/गातो) लगाउने प्रथा जो पुर्वका भुटान देखी नेपालको पश्चिम हुम्ला , कर्णाली सम्म पाईन्छ। तर तिब्बतीहरुमा पाइदैन। त्यसैले तामाङहरु सोङ्चेन गाम्पोको सेना या रैती भएको तथा तिब्बतीहरु नै हुन भन्ने यस्तो कुनै गन्ध तामाङ समाजको संस्कार, संस्क्रिती र परम्परामा पाइंदैन । तसर्थ तिब्बती घोडाचडी सैन्य ‘तामाग’ बाट तामाङ भएको होइन भन्ने बुझ्न तिब्बती संस्क्रिती र तामाङ सँकृतिलाई नजिकबाट चिन्नेको लागि त्यती गाह्रो पर्दैन।

– (छार गोङमा मासिकबाट साभार )






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution