हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

एनआरएनए: अध्यक्षमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा, अरु को को छन् उम्मेदवार ?

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको आज नयाँ नेतृत्व छान्ने निर्वाचन हुँदैछ। अ ढिला गरी सार्वजनिक गरिएको उम्मेदवारको सूचीअनुसार अध्यक्षमा भवन भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा हुँदैछ।

दुई उपाध्यक्ष पदका लागि सात जनाबीच प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्षमै निरन्तरता दिन चाहेका वर्तमान उपाध्यक्ष कुमार पन्त तथा कुल आचार्य, सोनाम लामा, चिरन्जीवि थापा, रविना थापा, खगेन्द्र जीसी उपाध्यक्षको दौडमा छन्।

महिला उपाध्यक्षमा सपिला राज भण्डारी र रन्जु थापाबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षपछिको सबैभन्दा महत्वपूर्ण मानिएको महासचिव पदमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। महासचिव पदमै निरन्तरता दिन चाहेका वर्तमान महासचिव डा.बद्री केसी , त्रिलोक गुरुड, अर्जुन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ।

सचिव पदमा ऋषिराम कँडेल, डम्बर क्षेत्री, देवबहादुर बस्नेत, सन्तोष कुमार भट्टराई, जानकी गुरुड र गणेश केसीबीच प्रतिस्पर्धा हुनेछ।

कोषाध्यक्ष पदमै निरन्तरता दिन चाहेका वर्तमान कोषाध्यक्ष हिक्मत थापा र मुछेत्र गुरुङबीच प्रतिस्पर्धा हुने देखिएको छ। थापा भट्ट प्यानलका हुन् भने गुरुङ जमुना प्यानलका उम्मेदवार हुन्। सहकोषाध्यक्षमा सोम सापकोटा र चित्रबहादुर थापाबीच प्रतिस्पर्धा हुनेछ। युवा संयोजकमा दिपक वली, लोकराज शर्मा, सुदन कुमार थापा र स्वतन्त्र प्रताप शाह उम्मेदवार रहेका छन्।

त्यसैगरी क्षेत्रीय संयोजकहरुमा अमेरिका क्षेत्रबाट संयोजकमा एसी शेर्पा, गौरीराज जोशी र श्री पराजुलीबीच प्रतिस्पर्धा हुनेछ। अमेरिका क्षेत्र सहसंयोजकमा सुमन लम्साल, नविन शेरचन र दिलबहादर श्रेष्ठ, गिरीप्रसाद पराजुली चुनाबी मैदानमा छन्। अमेरिका क्षेत्रको महिला उपसंयोजकमा संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन्। युवा संयोजकमा डा.वर्षा मोक्तान पनि निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ।

युरोप क्षेत्रबाट संयोजकमा गंगाधर गौतम, विनय कुमार श्रेष्ठ, दावा ग्याल्जेन शेर्पा, प्रेम बहादुर गुरुड, शिवप्रसाद बरुवाल र तर्क शेनबीच प्रतिस्पर्धा हुनेछ। उपसंयोजकमा एक राज गिरी, भिम केसी, विजन भट्ट, चिजकुमार श्रेष्ठ, धर्म बहादुर गुरुङ, गोविन्द गौतम, हेमन्त सेडाई, नेत्र मगर, शुक्रराज न्यौपाने र सुरेन्द्र प्रधान रहेका छन्।

युरोपबाट महिला उपसंयोजकमा वर्षा खड्का र संगीता मरहठ्ठाबीच प्रतिस्पर्धा हुनेछ। युवा संयोजकमा जयकृष्ण ठाकुर निर्विरोध निार्वचित भएका छन्।

ओसियानाबाट संयोजकमा सुरेन्दै सिग्देल, पदमलाल सापकोटा र धर्म अधिकारी साथै उपसंयोजकमा ईश्वर कुइँकेल, लोकनाथ पौडेल उम्मेदवार रहेका छन्। महिला उपसंयोजकमा प्रीति शर्मा र सुजाता केसीबीच प्रतिस्पर्धा हुने देखिएको छ। ओसिनीयाबाट युवा संयोजकमा ऋषिराम आचार्य र सूर्य आचार्य रहेका छन्।

एसिया प्यासिफिकबाट संयोजकमा भवानी शंकर तिवारी, गोविन्द श्रेष्ठ र किरण विक्रम थापा साथै उपसंयोजकमा विनाद कुँवर, केपी सिटौला, पारशमणि शर्मा र रमेश तिवारी उम्मेदवार रहेका छन्।

एसिया प्यासिफिकबाट महिला उपसंयोजकमा जुनुमाया गुरुङ निर्विरोध भएकी छिन्। युवा संयोजकमा कुनै उम्मेदवारी नै परेको छैन।

अफ्रिकाबाट संयोजकमा सुनिल कार्की निर्विरोध निर्वाचित भएका छन्। उपसंयोजकमा डा.भुवन ढकाल, शिव शर्मा पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। महिला संयोजकमा मनकला विष्ट थापा र युवा संयोजकमा बाबुराम लुइँटेल निर्विरोध निर्वाचीत भएका छन्।

खाडीबाट संयोजकमा धर्म केसी र राजेन्द्र शर्माको उम्मेदवारी परेको छ। उपसंयोजकमा गोपाल कँडेल, हंसराज ढकाल, प्रविन गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। महिला उपसंयोजकमा यासयीन बेगम निविरोध निर्वाचित भएका छन्।

मतदाताका हिसावले सबैभन्दा बढी युरोपबाट रहेका छन्। अमेरिका क्षेत्रबाट २ सय ३७, यूरोपबाट ६ सय २१, ओसियानाबाट १ सय ८८, एसिया प्यासिफिकबाट ३ सय ७७, अफ्रिकाबाट २२ र मिडिल ईष्टबाट ४ सय ११ जना मतदाता छन्। जम्मा मतदाता १७ सय ९७ रहेका छन्।

पछिल्लो निर्वाचन तालिका अनुसार उम्मेदवारको नाममाथि दाबी विरोधका लागि तोकिएको समय सकिए पनि पहिलो नामावली प्रकासन भएको छैन। दुई बजे उम्मेदवारको अन्तिम नामावली प्रकासन गरिने र बजेदेखि मतदान सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution