मोवाइलको दुनियाँमा सगुनकाे नयाँ चमत्कार, संसार उछिन्दै नेपाली आविष्कार !

नयाँ दिल्ली। विश्व बैंकको एक अध्ययनले देखाएको छ– विश्वको अाधाभन्दा बढी जनसंख्याले मोवाइल फोन प्रयोग गर्छन्। नेपालमा पनि व्यक्तिपिच्छेका मोवाइल छन्। मोवाइल हुनेहरुका साथमा ब्याट्री चार्जर पनि अनिवार्य हुन्छ नै।
कल्पना गर्नुस्, बिना चार्जर मोवाइल चार्ज हुने कुनै उपाय छ? मोवाइल एपबाट ब्याट्री चार्ज गर्न सम्भव होला? तपाँइलाई यो काल्पनिक प्रश्न लाग्न सक्छ। धेरैको कल्पनाभन्दा बाहिरको यही कुरा यथार्थमा परिणत गर्ने कसरत चलिरहेको छ। यो सुन्दा तपाँइलाई जति अचम्म लाग्छ होला, त्यो भन्दा बढी गौरव लाग्नेछ। एपबाट मोबाइलको ब्याट्री चार्ज गर्ने यो परिकल्पना नेपालीको हो। नेपाली र भारतीय आइटी इन्जिनियरहरुको नेतृत्वमा ब्याट्री चार्ज एप निर्माणको प्रकृया अन्तरगत नयाँ दिल्ली स्थित इन्डियन इन्ष्टिच्युट अफ टेक्नाेलाेजी (अाअाइटी) मा अनुसन्धान सुरु भएकाे छ।
नयाँ दिल्लीस्थित सगुनकाे कार्यालयमा पुगेर तयार पारिएकाे भिडियाे रिपाेर्टः
बिना चार्जर मोवाइलको ब्याट्री चार्ज गर्न सकिने प्रबिधि भित्र्याएर विश्वभरका मोवाइल प्रयोगकर्तालाई आकर्षित गर्ने योजनाको नेतृत्व गर्दैछन्– सगुनका संस्थापक गोविन्द गिरीले। अमेरिकाको पेन्टागनमा १२ बर्ष सिस्टम इन्जिनियरिङमा बिताएका गिरी संखुवासभा आँखिभुँइका हुन्। उनको नेतृत्वमा हाइटेक दुनियामा नयाँ फड्को मार्ने मेघा प्रोजेक्टहरु अगाडि बढेका छन्।
ब्याट्री रिचार्ज एप तयार पार्न यतिबेला अमेरिका र भारतमा रिसर्च र डेभलपमेन्टको काम चलिरहेको छ। भारतको नयाँ दिल्लीस्थित सगुनको कार्यालयमा ५० को संख्यामा आइटी इन्जिनियरहरु सक्रिय छन्।
के हो सगुन?
सगुनको बारेमा तपाइँले थाहा पाउनु भएकै होला। सामाजिक संजाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्तै सोसल नेटवर्क भएपनि सगुनका केही मौलिक फिचर छन्। सगुनको थप विशेषता के हो भने फेसबुक, ट्वीटरमा जति समय बिताए पनि प्रयोगकर्ताले आर्थिक लाभ लिन सक्दैनन् तर सगुनले स्मार्ट कार्डमार्फत आफ्ना प्रयोगकर्ताले आर्थिक लाभ समेत लिन सक्ने अप्सन तयार पारेकाे छ।
सामाजिक संजालमा स्मार्टकार्डमार्फत आर्थिक उपार्जन पनि गर्न सकिने योजना भित्र्याउन सफल भएपछि ‘हाइटेक’को विश्व बजारको ध्यान सगुनले तानेको हो। त्यसमाथि बिना चार्जर मोवाइलको ब्याट्री चार्ज गर्न सकिने एप उत्पादनको काम अगाडि बढेपछि सगुनले नयाँ तरंग पैदा गर्ने विश्वास गरिएकाे छ।
एपबाट ब्याट्री चार्ज गर्ने परिकल्पना, अनुसन्धान र अहिलेसम्मको प्रगतिलाई विश्व हाइटेक मार्केटले चासो मात्रै हैन राम्रै मूल्य चुकाउन इच्छुक देखिएको बताउँछन् गोबिन्द गिरी। तर गिरीले ठाने– नेपाली सोँचलाई आफ्नै बलबुतामा साकार पार्ने। त्यसका लागि चाहिने जनशक्ति र धनराशीको जोहो गर्न उनी यतिबेला कम्मर कसेर लागेका छन्। ब्याट्री चार्ज एप छिट्टै संचालनमा ल्याउने सगुनकाे लक्ष्य छ।
नेपाली लगानी
प्रबिधिमा विश्व बजार हल्लाउने आफ्ना योजनाहरुमा शक्ति राष्ट्रको विश्वास र आधिकारिकताको प्रमाण लिनु सगुनका लागि चुनौती थियो। अमेरिकी सरकारबाट मिनी आइपिओका लागि सगुनले अनुमति प्राप्त गरेपछि आवश्यक लगानिका लागि विश्वभरबाट शेयर माग गर्न सगुनका लागि बाटो खुल्यो।
नेपालीबाटै शेयर लगानी गरेर आफ्ना योजनालाई साकार पार्ने सगुनकोको योजनाले यतिबेला मूर्त रुप लिँदैछ। सगुनमा शेयर हालेर विश्वभरबाट नेपालीले हिस्सेदारी लिएका छन्। यही नोभेम्बर ३० २०१७ सम्मका लागि सगुनले दाेस्राे चरणकाे शेयर खुला गरेको सगुन डटकममा उल्लेख छ। लगानी गर्न इच्छुकले सगुनको शेयरमा हिस्सा लिन सक्नेछन्।
त्यसका लागि यो लिंंकमा जान सकिनेछ।
मिसन दक्षिण एशिया
लगानी आकर्षित गर्न अमेरिकामा पाएको आधिकारिकता पछि सगुनले आफ्नो महत्वकांक्षी योजना कार्यान्वयन गर्नका लागि भारतलाई पनि विश्वासमा लिएको छ। प्राबिधिक जनशक्ति उत्पादनमा कहलिएको इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) ले सगुनलाई आधिकारिकता मात्रै दिएन सहकार्य गरेर अगाडि बढ्ने पाँचबर्षे कार्ययोजनामा हस्ताक्षर पनि गरेको छ। ब्याट्री रिचार्ज प्रोजेक्टमा आइआइटीले सगुनलाई सघाउने सहमतिपत्रमा छ।
आइआइटीमा उत्पादन भएको जनशक्तिले विश्वका कैयौं सफल आइटी कम्पनीको नेतृत्व गरेको छ। उदाहरणको लागि गुगल र माइक्रोसफ्टलाई लिन सकिन्छ। यी दुबैमा सिइओ आइआइटीकै उत्पादन छन्।
हाइटेकमा भारतले गरेको प्रगति नेपालका लागि डाहा लाग्दो नै छ। तर भारतीय कुनै आइटी प्रोडक्टले विश्व बजारमा ठाउँ लिन सकेको छैन। अमेरिकाको गुगल, फेसबुक, चीनको विच्याट, अलिबाबा जस्तै भारत पनि आइटी प्रोडक्टमार्फत विश्वव्यापि संजाल बनाउन चाहन्छ। भारतका स्न्यापडिल, फ्लिपकार्ट, पेटिएम जस्ता आइटी प्लेटर्फमले देश भन्दा बाहिर पहुँच विस्तार गर्न सकेका छैनन्।
आइआइटीका प्रोफेसर डा. निलाद्री चटर्जीका अनुसार सगुनले अगाडि ल्याएका केही नविन सोँच र परियोजना निकै घतलाग्दा र विश्व बजार आकर्षित गर्ने खालका छन्। चटर्जीले भने- ‘सगुनसँग पाँच बर्षका लागि आइआइटीले विभिन्न परियोजनामा काम गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ। त्यसमध्येमा सबैभन्दा पहिलो प्राथमिकतामा ब्याट्री रिचार्ज प्रोजेक्ट रहेको छ।’
मेगा प्रोजेक्टमा काम गर्नका लागि अमेरिका र भारतमा विश्वास र कानुनी आधार तयार हुनुलाई सगुनको रणनीतिक सफलता मानिएको छ।
नेपाल, अमेरिका हुँदै भारतमा कार्यालय खोलेर सगुनले आफ्नो उत्पादन र प्रभाव बढाउँदैछ। सगुनको भारतस्थित कार्यालयमा झण्डै पचासको संख्यामा आइटी इन्जिनियरहरु कार्यरत छन्। गुगल, पेटिएम, जोमाटो जस्ता बिलियन डलर कम्पनीका अनुभवी जागिरेहरु सगुनमा तानिएका छन्।
सगुनकी सहसंस्थापक स्वाती दयाल दिल्ली कार्यालयको नेतृत्वमा छिन्। सगुनले भारत सरकारकै मातहतको आइआइटीले सगुनसँग सहकार्यको हात अगाडि बढाएपछि भारतमा सगुनको प्रभाव बलियो बन्दै गएको छ।
पछिल्ला महिनामा भारतीय सरकारका उच्च तहका अधिकारी र मन्त्रीले सगुनका कार्यक्रममा सहभागिता जनाएका छन्।
सगुनका संस्थापक गिरीले नेपाल, भारत हुँदै दक्षिण एशियालाई हाइटेकमा अगाडि बढाउने सोँच रहेको बताए। उनको विश्वास छ- हाइटेकमा दक्षिण एशियाको प्रडक्टले विश्व बजार लिनेछ।
नेपाली परिकल्पनामा आकर्षण
महोत्तरीका ओम श्रेष्ठ सगुनको दिल्ली कार्यालयमा काम गर्ने नेपाली मध्येका एक हुन्। यहाँ काम गर्ने नेपालीहरुले विभागीय नेतृत्व पनि सम्हालेका छन्। श्रेष्ठले इन्जिनियरिंग विभागको नेतृत्व गर्छन्।
‘सपना सबैले देख्छन्, तर गोविन्द सरको सपना अलगै छ,’ ओम सुनाउँछन्। ‘एप्पलका स्टिभ जब्स र फेसबुकका मार्क जुकरबर्ग जस्तै सबै सफल हुदैनन्,’ उनले थपे ‘गोविन्द सरसँग सपना मात्रै छैनन्, कार्यान्वयन गर्ने खाका र सामर्थ्य पनि देखेको छु, त्यसैले म सगुनमा छु।’
दिल्लीको सगुन कार्यालयमा कार्यरत अर्का पोखराका रोशन पौडेल नेपालीको सपनालाई साकार पार्ने मनोभावले काम गरेको बताउँछन्। यहाँ कार्यरत अभिलाषा दर्नाल अफिसको कामलाई जागिर भन्दा कर्तव्य ठान्छिन्। उनको तर्क छ विश्व बजारलाई तरंगित पार्ने तहको एउटा नेपालीको सपनालाई साकार पार्नु हाम्रो कर्तव्य हो।
अग्लो सपना
नेपालीले नेतृत्व गरेको कम्पनीले विश्व सूचना प्रविधि बजारमा बलियो उपस्थिति देखाउँदैछ। यो नेपालीको लागि गौरवको विषय हो। सगुनले नेपालीलाई आफ्नै विश्वव्यापी व्यवसायिक संजालमा लगानी गरेर लाभ लिन सक्ने अवसर समेत प्रदान गरेको छ। अहिले सगुनमा लगानीको लागि शेयर खुल्ला गरिएको छ। यही नोभेम्बर ३० २०१७ सम्मका लागि सगुनले दाेस्राे चरणकाे शेयर खुला गरेको हाे।
लगानी गर्न इच्छुकले सगुनको शेयरमा हिस्सा लिन सक्नेछन् – यो हाे लिंंक।
स्टिभ जब्सले एप्पल, बिल गेट्सले माइक्रोसफ्ट वा मार्क जुकरबर्गले फेसबुकमा पाएको सफलता जस्तै के सूचना प्रबिधिमा नेपालीले सफलता पाउन सक्दैनन्? यो प्रश्नको उत्तर पाउन धेरै कुर्नु नपर्ने सगुनका संस्थापक गिरीको दृढ विश्वास छ।@dcnepal