हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

उत्तर कोरिया संकट: कुटनीतिक प्रयास जारी रहने

अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँगको मतभेद कुटनीतिक माध्यमबाट समाधान गर्ने चाहेको आश्वस्त पारे।

अन्तिम अवस्था नआएसम्म उत्तर कोरिया संकट समाधानका लागि कुटनीतिक उपाय नै खोजिरहने उनले सिएनएनसँगको अन्तर्वार्तामा बताए।

उनले प्रतिबन्धहरु र कुटनीतिको बलले उत्तर कोरियाको परमाणु लक्ष्यविरुद्ध यसअघि कहिल्यै नल्याएको अन्तर्राष्ट्रिय एकता ल्याएको बताए।

टिलरसनले ट्रम्प र आफू दुवैले उत्तर कोरियाको परमाणु कार्यक्रमबारेको संकटलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्न चाहेको बताएका हुन्।

दुई साता अघि ट्रम्पले टिलरसनलाई उत्तर कोरियाका नेतासँग वार्ता गर्न खोजेर आफ्नो समय खेर नफाल्न भनेका थिए।

आइतबारको अन्तर्वार्तामा टिलरसनले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पसँग उनको मतभेद रहेको भन्ने कुरा उजागर गरेनन्।

दक्षिण कोरियाका फौजहरु उत्तर कोरियासँगको सीमा क्षेत्रमा आफ्नो अभ्यास बढाउँदै आएका छन्।

हालैका महिनामा उत्तर कोरियाले छैटौं परमाणु परिक्षण गरेर र जापानको आकाशमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेर अन्तर्राष्ट्रय धारणालाई चुनौती दिएको छ|

गत महिनाको अन्त्यमा टिलरसनले अमेरिका उत्तर कोरियासँग प्रत्यक्ष सम्पर्कमा रहेको र वार्ताको सम्भाव्यता हेरिहेको खुलासा गरेका थिए।

यसैबीच उत्तर कोरियविरुद्ध नयाँ प्रतिबन्धहरु लगाउने विषयमा युरोपेली संघका विदेशमन्त्रीहरु आजै बैठक बस्दैछन्।

त्यसतो प्रतिबन्धहरुमा विदेशमा बसेर कमाइ गर्ने उत्तर कोरियाका नागरिकहरुले घरमा पठाउने रकम घटाउने खालका विषयहरु छन्।@bbc






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution