इनर्जी ड्रिंक पिउनुहुन्छ ? तपाइंको ज्यानै जान सक्छ

अधिकांश मानिसहरु कि कैफिन कित चिनीको अत्यधिक मात्रामा सेवन गर्ने गर्छन्र र कैफीन तथा चीनीले शरीर प्रभावित गरेको कुरा सबै मानिसहरुलाई थाहा पनि छ । तर उर्जा पेयले शारीरिक हानी गरेको कुरा शायदै मानिसहरुको जानकारीमा आएको छैन होला ।
शक्ति बर्धक पेय पदार्थले कस्तो असर गर्छ आम संचार माध्यम संग ऊर्जा पेयले लगभग आफ्नो पतिको ज्यान जोखिममा परेको कुरा खुलाएकी छिन् ।
आजभोलीका पुस्तालाई उर्जा पेय निकै मन् पर्ने गर्छ। उर्जा पेय एक हिसाबले चलन चल्तीमा आईसकेको छ भन्दा नि फरक पर्दैन उर्जा पेय पिउनाले शरीरमा भिन्न प्रकारको जागर आउने र थकान केहि महसुस नहुने हुदा पनि नया पिडि यस्ता उर्जा पेयहरूको बढी मात्रामा सेवन गर्ने गर्दछन् ।तर यहि उर्जा दिने उर्जा पेयको नकारात्मक प्रभावहरु बारे भने मानिसहरु सचेत छैनन ।
ब्रएंना जसको पहिलो सन्तान जन्मन एक हप्ताको समय मात्र बाकि थियो ।्त्यहि समयको बिचमा सामाजिक संजाल फेसबुकको माध्यम बाट उनले उर्जा पेयले कसरी उनको जीवनमा ठुलो दुखद बदलाव ल्यायो भन्ने कुरा स्पस्ट पारिन । ब्रएंनाले फेसबुक को माध्यम बाट मायाको अर्थ बारे कुरा गर्दै प्रेमले धेरै कुराहरू बदलिने सक्ने बताएकि छन् ।्रमाया भनेको बलिदान पनि हुने भन्दै प्रेम निस्वार्थ भावना रहेको फेस्बूकमा उनले थप उल्लेख गरिन ।गर्भवती भएको पल एउटा सुखद यात्राको रुपमा मानिन्छ । एउटा नयाँ जीवन सिर्जना हुदै गरेको खुसि र त्यसलाई शब्दमा ब्याख्या गर्न पनि सकिन्दैन । यस बेला एउटा र्शतहीन प्रेमको अनुभव हुन्छ।
ब्रएंना को श्रीमान अस्टिन र ब्रएंना आफ्नो पहिलो सन्तान लाई लिएर निकै खुशी थिए र भेट्न पनि धेरै नै उत्साहित थिए। तर यस खुसीको माहोलमा ब्रएंना को जीवनमा एक्कासी अन्धकार छायो जब उनको श्रीमान अस्टिन लाई तुरुन्तै अस्पतालमा लगिनु परेको अवस्था शिर्जना भयो । डाक्टरको अनुसार अस्तिन्ले धेरै मात्रामा उर्जा पेय गरेको हुदा उनको ब्रेन हेर्मोर्रजे भएको खुलाएको छ । दुइ हप्ता अस्पताल मा उनको अपरेसन संगै ब्रएंनको डे लिभरि को समय नि आयो जति बेला उनको श्रीमानको अपरेसन अझै सफल भने भएको थिएन तर भाग्यवश आफ्नो पहिलो सन्तानको डेलिभरीसंगै उनको श्रीमान पनि होश मा आए ।
उर्जा पेयले शरीर लाई स्फुर्त बनाउछ भन्दै धेरैले अन्धाधुन्द धेरै मात्रामा यस्ता उर्जा पेय पदार्थ सेवन गर्छन जसले शरीरमा निकै नकारात्मक असर पुरयाउछ । तसर्थ धेरै मात्रामा दिनहु यस्ता उर्जा पेय पदार्थ सेवन गर्नु ज्यानको लागि जोखिमपूर्ण हुन्छ ।