हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङ जातिको घेवा संस्कार – फुर्पा तामाङ

मानवजाती सृस्टिकालमा पुरुष र महिला मात्र थिए। आदिकालमा यस्तै थियो। युग सँगसँगै मानवजातिको बिकासक्रमले विभिन्न चराणहरु पार गर्दै अहिलेको आधुनिक सभ्यतामा प्रवेश गरेको समाजशास्त्री तथा मानवशास्त्रीहरुको भनाइ रहेको पाईन्छ।

मानव सभ्यताले पार गरेका युगहरु ढुङगे युग, जंगली युग, कृषि युग हुँदै वर्तमान आधुनिक युग भनिएकोछ। यिनै युगहरु क्रमश: पार गर्दै जाँदा विभिन्न जातजाती, धर्म, संस्क्रिती, पेशा, शारिरिक बनोटको आधारमा अलग-अलग व्याख्या गर्न थालएका हुन। यसै सन्दर्भमा कोही आदिवासी, कोही जनजाती, कोही आप्रवासी भएका छन। यसरी नै यहूदी, आर्यन, बर्मिज, अफ्रिकी, रेड ईण्डियन, चाइनिज भएका छन। नेपालकै सन्दर्भमा भन्ने हो भने ब्राह्मण, छेत्री, वैश्य, शुद्र नामाकरण गरिएका छन। सन ९० को दशकपछी आदिवासी जनजाती र गैरआदिवासी जनजातिमा विभाजन गरिएको पाईन्छ। यसै अन्तर्गत आदिवासी जनजातिभित्र परेको तामाङ जाती(रशुवाको तमाङ)को घेवा संस्कारबारे केही कुरा लेख्न मन लागेकोछ। हुन त विभिन्न लेखक पत्रकारअहरुले यस बारेमा लेखिसकेका पनि छन, होलान तथापी भाषिक ज्ञानको अभावमा कहीं न कहीं त्रुटिहरु देखिने हुँदा स्थानिय व्यक्तिहरुले आफ्नो मौलिकता बारे लेख्न सके राम्रो हुने देखिन्छ। के हामीहरु आफ्नो मौलिक संस्कृतिबारे लेख्न तयार छौँ? मेरो प्रश्न चिन्ता यही हो।

रसुवाका तामाङ जातिको घेवा तीन प्रकारअले गरिन्छन। ती हुन:

१) मानी क्षेप्पा: यो ठुलो र खर्चिलो गेवा हो। यो शुरुदेखी अन्त्यसम्म ७ दिन लाग्छ। गेवाघरको आँगनमा पाँचवटा धुपिको लिङगो बनाइन्छ र पूजाथान बनाइन्छ। ५ वटा धुपिको लिङगो पाँचखण्डोमो-ल्हामो(देवी)को प्रतिक हो। त्यसैको वरीपरी मानी कम्बुम र पेबुम्मा(मानितन्त्र) लेखिएका सबै मानी कण्ठष्थ गाएर धार्मिक वाध्यवादनका साथ नाच्नुपर्दछ। लामाहरुको परिक्षा यसैबेला हुन्छ। मानी नाच्दा-नाच्दै कण्ठष्थ गाउँ नसके लामाहरु लाजले भुटुक्का हुने हुँदा पालैपालो डाजाङ वा घरमा गएर एकैछिन भएपनी पढेर कण्ठ गरी पन: नाच्न आउँछन। लामासित महिला पुरुष दुवै नाच्छन।

२) मानी बुम: यो पनि खर्चिलो र ३ दिने गेवा हो। यसमा मानी नाचको अन्त्यमा सबैजना लामासित भुइँमा बसेर महिला पुरुष दुवैले लाख पटक(मानिबुम) मानिमन्त्र हातमा थुप्रङठङा(माला) लिएर जप्नुपर्छ।

३) मानी द्विनक्योल: यो काम खर्चिलो र एक दिनको गेवा हो। अचेल यो गेवा नै बहुप्रचलित छ। समय र खर्च दुवैको दृष्टिकोणले यो गेवा उपयुक्त मानिन्छ।

मानी किन नाच्नु किन पर्यो त? धार्मिक आख्यान यस्तो छ:

आत्मा शुद्धिकरण गर्न र स्वर्गमा तर्पणी गराउने मानी मन्त्र आठऔँ शताब्दिसम्मा गाइन्थ्यो। त्यसताकासम्म आइपुग्दा मनिसहरुले मानी मन्त्र जप्न काम गरेपछी म्रितात्माको तर्पणिमा समेटा ह्रास आयो। सबै गीत गाएर नाचगान गर्न व्यासत भए। कोक्रोमा सुतेका बालक पनि गीत गाएपछी नाछेको द्रिश्य देख्दा मानी मन्त्रलाई गीतमा पारीणत गर्न पाए सम्पूर्ण प्राणी जगत(सेम्च्यान)को नै उद्धार हुने ठान्दै बौद्धगुरु पद्मसम्भव(गुरुरिम्बोर्छे)ले रसुवा गढी पारीको तैब्बती भुमिमा पर्ने सिच्युङमा तपस्या गरी बस्न थालए। लामो तपस्यापछी आफु तपस्या गरी बसेको ढुङ्गाको गुफामाथी ५ वटा धुपिको लिङगो (पाचाम/पासाम) गाडेर त्यसको वरीपरी ५ वटा खेन्डोम्-ल्हामो(देवी)हरु मानिमन्त्रलाई गीती भाकामा ढालेर नाचीरहेको सपना उनले देखे। उनले बिहान उठ्नासाथ सपनामा देखेको द्रिश्य नक्कल गरी गाएर नाची हियर। त्यो भयो। त्यसपछी उनले मानी मन्त्रको २ ठेली (१) मानी कम्बुम (२) मानी पेम्बुमलाई गितिभाकामा ढाले। जसलाई मानी लुलेग्युर(मानिलाई गितमा पारीणत गरिएको) भनिन्छ।

मानिमन्त्रको प्रथम नाँच(मानी छेकोर दाङपो) टिमुरेगाउँ(सेदाङ्)मा गरियो। दोस्रो ब्रिद्धिम। तेस्रो थुमन्(थोङ्मेन)। चौथो स्याब्रुमा। पाचौँ भार्खु(कतोक्)मा, छैटौँ गोल्जोङ्मा, सातौँ नेसिङ्(नुप्सङ्के नेसा) र आठऔँ धुन्चे(दुङ्लाङ)। त्यसपछी तल्लोगाउँहरु हुँदै यो प्रचलन ह्योल्मो(हेलम्बु)सम्मा फैलियो र पछी अन्य भागका तामाङ्हरुले पनि नाच्न थालए। तिब्बतमा अझै मानी नाच्ने चलन छ।

मानी नाचको अगुवाइ टुल्कु सेगुरुछेवाङले गरेका हुन। मनिस मरेपछी मलामी जाँदा मानी गाएको र गेवामा नाचेको र देख्दा अन्य जातजातिले बौद्ध तामाङ्हरु मानिस मर्दा पनि गाएर नाच्छन, गाउँछन भन्नु बौद्ध धर्मको धार्मी, साँस्कृतिक र सामाजिक आस्था, मान्यताबारे नजानेर भनेका हुन। वास्तवमा नाचगानभित्रको रहस्य यस्तो पो छ। यो बुझिसक्नु र बुझ्न कठिन संस्कृतिको पाटो भएकोले धेरै लेखक, पत्रकार, ईतिहासकारहरु रसुवाको तामाङ संस्कृतिलाई अझ राम्रो बनाउन खोजेका देखिन्छन। तर सतहभित्र पुग्न नसक्दा भाषिक ज्ञानको अभावका कारण राम्रो लेख्न खोज्दा लेखन र प्रष्तुतिकरण बिग्रिन पुग्छन।

हो, तामाङ जातिको विवाह र गेवामा धेरै खर्च हुने गर्छ। यो विक्रिती बढ्दो छ। गाउँघरमा अफुलाई प्रतिष्ठित देखाउने होडले धार्मिक नियम कानुनलाई समेत पंगु बनाएको द्रिष्टान्त हो यो। यसमा लामागुरुहरुको कमजोरी पनि छ। अन्यधर्मका गुरुहरुले झैँ लामाहरुले पनी विशेष कार्यक्रमहरु गरेर धार्मिक प्रवचन दिंदै फजुल खर्च कटौती गर्न सकिन्छ। बौद्ध धर्मका पुस्तकहरुभित्र भएका कुराहरुलाई पढेर व्याख्या मात्र गरिदिए गाउंलेहरुले खर्चिलो गेवा र विवाहमा साँच्चै मितव्ययी अपनाउनेछन। लामा अक्षर सबैले पढ्न नजानु र लामाले त्यसभित्रका कुरा नबताउनुले समाज धार्मिक नियम्भन्दा परपर कुदिरहेको अहिलेको अवस्था हो। यसो भन्दैमा केही कुरामा समय सापेक्ष अवश्य सुधारहरु भएका छन। उहिले लास जलाउँदैको ठाउँ दुर्सा (चिहान)मा कुखुराले घुम्न लाउने चलन थियो। पछी त्यही कुखुरालाई मारेर पोलेर खाइन्थ्यो रे। अहिले यो हटिसकेको छ। धुन्चेमै तिनदेने कार्य (स्याम्बु)मा राँगा वा खशी काटेर ख्वाउने चलन थियो। त्यो पनि हट्यो। गेवामा मासुको प्रचलन थियो। त्यो क्रमश: हट्दै गएका छन। पहिले गेवामा बलु(जाड्)को प्र्योग हुने गर्थ्यो। बिचमा बियर र सिलपेग पनि चलाएका हुन। अहिले त्यो पनि बिस्तारै हट्दै र हटाउँदै लगिरहेको छ। छ्याङ्(निङ्कु/चामा) र रक्सि(स्येरा/फ्वी)को चलन हटेको छैन। धेरैलाई खाना ख्वाउनु पर्ने र छ्याङ्-रक्सिको लागि खर्छ हुने गर्छ।

बौद्ध गुरुहरुले फजुल खर्च कटौती गर्न काठमान्डुमा ठुला र महङगा गुम्बा(गोम्पा) निर्माण गर्ने मात्र होइन, धर्मलाई महङ्गा गोम्पोले बच्चाउन सक्दैन। यसले बौद्ध कला, संस्कृतिलाई मात्र संरक्षण गर्न सक्ला। गाउँघरको सामान्य र गरीब जनतालाई अनुयायी बनाइराख्नु बुद्धका उपदेशहरु गाउँगाउँमा गएर सुनाउनु पर्छ। सामान्य जीवन बिताउने उपाय बताउनु पर्छ। समाजअंा बढ्दै गएको अपराधीक कृयाकलाप रोक्न बौद्ध धर्मको व्याख्या सहयोगी सिद्ध हुन सक्छ। डलर कमाउन र विदेश भ्रमण गर्न बौद्ध धर्मका रिम्बोर्छे, लामा टुल्कुहरु लागिपरेका देखिन्छन। यसले अन्तत: बौद्ध धर्म संकट अवस्थामा पुर्याउनेछ। बौद्ध गुरुहरुको बेवास्तताका कारण नेपालका धेरै गाउँहरु अहिले इसाइ धर्ममा परीणत हुँदै गएका छन। यसको जिम्म्वार को हुने?

मानीगित गीत नभएर मन्त्र हो। यसलाई एक किसिमको आध्यात्मिक मेडिटेशन गीत भन्न सकिन्छ। धार्मिक वाध्यवादनका साथ मानीगीत गाएर नाच्दाको गिती भाअक लयले सबैलाई मुग्ध पार्छ। मानी मन्त्रको गिएले स्वर्ग , मर्त्य र नरकको व्याख्या गर्छ। जिवितलाई धर्म गर्न र पापजन्य कर्मा गर्नबाट सचेत गराउँछ। मानी मन्त्रको आधारमा पाप्(अशुद्ध) कर्मबाट मुक्त गराइ मोक्ष प्राप्तिको ढोका खुल्ने विश्वास गरिन्छ। यो बोन्पो र बौद्ध दुबइको पौरानीक मान्यता हो। बोन्पोले ओमबेजागुरु पेमासित हुङ भन्छन। बौद्ध लामाले ओम मानी पद्मे हुङ भन्दछन। मानी मरेका आत्मालाई शुद्ध पार्दै स्वर्ग पुय्राउन जिवित व्यक्तिहरुले म्रितात्माको सहयोगको लागि गरिएको सहयोग हो। यसले जिवित मानिस्मा मात्रा सहयोग गर्नुपर्ने मान्यताभन्दा माथि उठेर मृत्‍युपर्यन्त गरिने पवित्र सहयोगलाई उजागर गर्छ। सहयोग र सेवाअलाई नै मुल्धर्मको रुपमा लिनुपर्ने अर्थ दिन्छ। मानिस जन्मनुअघी विभिन्न प्रानीको रुपमा प्रकट भएपछी मात्र अन्त्यमा मानिसको रुपमा जन्मा भई आउने बौद्धधर्मको मान्यता पुनर्जन्म(Rebirth)मा विश्वास गरेकाले मानी गर्छन्। टुल्कु(अवतारी लामा) पुनर्जन्मकै विश्वासमा आधारित छ। दलाई लामा, पेन्चेन रिम्पोर्छे, कर्मापा रिम्पोर्छेहरु टुल्कुका उदाहरणहरु हुन। गुरु रिम्पोर्छे(पद्मसम्भव) बुद्धका एक अवतारको रुपमा प्रकट भएको विश्वास गरिन्छ। बौद्ध धर्मले मानिसको जुनइलाई मिलिरिम्पोर्छे(सर्वोत्तम जुनी) मानेको हुनाले मानिसको रुपमा छिटो पुनर्जन्मा होस् भनेर मृतात्मालाई शुद्धिकरण गर्न लामागुरुहरुले फोवा(आत्मा तर्पणी मन्त्र) गरिन्छ।

तामाङ्हरुको मृत्‍यु संस्कार कार्यमा मरेको दिन नै जलाउनुपर्ने बाध्यता छैन। सकेसम्म घरभित्र सास अन्त्य भएको राम्रो मान्दछन। पुर्वको डाँडो लाश जलाउनको लागि पवित्र स्थान हो। आईतवारको दिन सकेसम्मा लाश जलाईँदैन। मृत्‍यु हुनासाथ म्हा(ज्वाँईँ)हरुलाई खबर गरिन्छ। ज्वाँईँको विशेष भूमिका हुन्छ। लामा बोलाउने, लाश बोक्ने, जलाउने र गेवासम्मको सम्पूर्ण काम ज्वाँईँले नै गर्नुपर्छ। जसले गर्दा म्हा(ज्वाइँ) र लामा तामाङहरुका लागि महत्वपूर्ण मानिन्छन। लामाले शुरुमा फोवा गरिन्छ। फोवापछी ल्हमग्याच्चि(म्रित्युको कारण) र कुन दिशामा मुख फर्काएर जलाउने भन्ने छ्योइ पढेर सुनाइन्छ। सोही अनुसार म्हा, छिमेकी गाउँलेहरुले बन्दोबस्त मिलाउँछन। लासलाई मुसा, कुकुर र बिरालोले छुन दिइँदैन। छोयो भने भुतात्माले प्रवेश गरी बौरिन्छ भन्ने विश्वास रहेकोछ। बौरिनुलाई ह्रोलाङ भनिन्छ। बौरी उठेर अन्य व्यक्तिलाई छोएमा ति पनि तत्काल मृत्‍यु हुने विश्वासका कारण पुराना बौद्ध घरको ढोका होचो र म्रितकको लाश/मुर्दालाई डल्लो पारी बोक्ने परम्परा चलेको हो। बौरिन सक्ने कारनले एकजना लामा मन्त्र जपेर लाशको छेउमा बस्नै पर्दछ र म्हाहरुले कुर्नै पर्दछ।

लाश जलाएको भोलिपल्ट पौरुप्पा हुन्छ। यसमा दुर्सा(चिहान) बनाउने र दार्ज्यो(झन्डा) गाड्ने चलन छ। यसै दिन मृतकको अर्तो(एकटुक्रा हड्डी)लाई जलाएको ठाउँबाट खोजेर ज्वाँईँले सुरक्षित साथ गेवा घरमा राखिन्छ। ३ दिनमा ङोठे वा स्यासुम्पा हुन्छ। यो मृतात्मालाई तर्पणी गर्न लामा चिनाउने संस्कार हो। मरेको ३ दिनमा मात्रा मृत्‍यु भएकाले आफु मरेको थाहा पाउछन भन्ने विश्वास रहेकोछ। मृत्‍यु भएकाले आफु घाँसको पत्तामा चाडह्दा घाँस नलच्किनु, खोलाको बगर जाँदा पैतालाको डोब उल्टो देखिनु र घरका आफन्तजनले आफ्नो कुरालाई ध्यान नदिनु, जवाफ नफर्काउनु र खाना बाँड्दा अफुलाई भाग नराख्नुले छक्क पर्चन र के म मरेकै हो त? भन्ने कुरा मृतकले बल्ल थाहा पाउछन। यसैले ३ दिनमा मृत्‍यु भएकालाई मन्त्रद्धारा बोलाइन्छ र मृतात्मालाई स्वर्गमा जान सम्झाइन्छ। प्रत्येक सातौँ दिनमा नेपर हुन्छ। यो मृतात्मालाई दिने खाना हो। सक्नेले हरेक साता नेपर गर्छन्। नस्क्नेले २ वटा नेपर र ४९ औँ दिनमा गेवा गर्छन्। नेपरमा मृतकको नाम लेखेर फोवा गरी घिउबत्तिद्धारा लामाले जलाइन्छ। जसलाई नेपर भनिन्छ। फोवा सामान्य लामाले गर्न सक्दैन। फोवाको गुफा बसेका लामाले मात्र गरिन्छ र कुनै मन्त्र उच्चारण गर्न भुलेमा लामा आँफै मृत्‍यु हुन्छन। यो लामाको लागि अर्को कठिन परिक्षा समेटा हो। मृत्‍यु भेको १ वर्षमा ङोङ्दी गरिन्छ। लामाले ङोवामोलम पूजा गरी मृतात्मालाई खुवाइ सदाको लागि विदाइ गरिन्छ। त्यसपछी मानिस विभिन्न प्रानीको रुपमा प्रकट हुन्छन। मानिसको जन्मा हुनुअघी कुकुर भएर घरअभित्र प्रवेश गर्छन् भन्ने मान्यता पनि रहेकाले बौद्धमार्गिहरु कुकुरालाईइ बढी माया गर्छन्।

तामाङ संस्क्रिती नेपालका अरु आदिवासी जनजातिहरुको जहैँ सम्पन्न छ। रसुवाका तामाङ जाती यतिखेर पनि पायोनियर अवस्था वा मौलिक अवस्थामा नै रहेको हुँदा अन्य भेगमा बसोबास गर्ने तामाङ्हरुको भन्दा केही प्रिथक र आफ्नोपन रहेको छ। यसो हुँदा कतिपय पत्रकार, बुद्धिजिवी सँस्कृतिविदहरु समेत रसुवाका तामाङ्का बारेमा शाहअज रुपमा बुझेर लेख्न असमर्थ भएको देखिन्छ।

नोट: यो लेख भार्खु गाउँका स्व. लामा टासी दिन्डुप, प्रमुख लामा ग्यामी, मानी लोपेन सिङगी नुर्पु, सानोभार्खु गौँउका प्रमुख लामा सोनाम छिरिङ्गअ, धुन्चे गाउँका प्रमुख लामा नुर्पु छेवाङ घले, लामा मानी लोपेन माला दोर्जे घले, लामा नुर्पु घले, ठुलो स्याब्रु गाउँका प्रमुख लामा सोनाम, लामासिङ्गी र लामा बाबुसितको विभिन्न समयमा गरिएक कुराकानी र मृत्‍यु सँस्कारको प्रत्यक्ष अवलोकनमा आधारित रहेकोछ।

लेखक:-अधिवक्ता फुर्पा तामाङ

ठुलो भार्खु, रसुवा। हाल: आरुबारी बौद्ध काठमान्डौ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution