हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

संघीय समाजवादीका जनजाति नेता प्रत्यक्ष चुनाव लड्न हच्किए,समानुपातिक तर्फ जोड

२९ असोज, काठमाडौं । स्थानीय तह चुनावबाट मुलुकको चौथो शक्ति बनेको संघीय समाजवादी फोरमका अधिकांश जनजाति नेताहरु प्रत्यक्ष चुनाव लड्न नमानेपछि समानुपातिक सूची बनाउन सकस परेको छ ।

पार्टीको शीर्ष नेतृत्वमा रहेका आदिवासी जनजाति नेताहरु समानुपातिकमा बस्न खोजेका कारण मधेशी नेताहरु आक्रोशित बनेका छन् । बरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, हेमराज राई लगायतका नेताहरु प्रत्यक्ष चुनाव लड्न डराएका छन् ।

मधेसमा फोरमले स्थानीय चुनावमा राम्रो नतिजा ल्याए पनि पहाडमा कमजोर उपस्थिति देखिएकाले नेताहरु चुनाव लड्न हच्किएका हुन् ।

स्रोतका अनुसार पार्टी बैठकमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई काठमाडौंबाट चुनाव लड्न नेताहरुले आग्रह गरेका थिए । नेवार समुदायको बाहुल्य रहेको काठमाडौंमा पहिचानको नारा लिएर चुनाव लड्न श्रेष्ठलाई दबाब भए पनि उनले समानुपातिक ताकेका छन् ।

स्थानीय चुनावमा संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर चुनाव लड्दा पनि ६ हजार मत कटाउन नसकिएकाले काठमाडौंमा श्रेष्ठले चुनाव लड्ने आँट नगरेका हुन् । श्रेष्ठ एमालेमा हुँदा २ पटक सांसद जितेका थिए ।

त्यस्तै बरिष्ठ नेता अशोक राईको नाम सुनसरी १ बाट सिफारिस भएर आए पनि उनी प्रत्यक्ष लड्न इच्छुक छैनन् । एमालेमा हुँदा राई दुई पटक खोटाङबाट निर्वाचित भएका थिए ।

सुनसरी १ मा धरान उपमहानगरपालिका सहित अन्य स्थानीय तहमा एमालेले जितेको कारण राई त्यहाँ जान हच्किएका हुन् ।

अर्का नेता रकम चेम्जोङलाई धनकुटाबाट चुनाव लड्न आग्रह गरिए पनि उनी समानुपातिकमा बस्न रुचाएका छन् । भोजपुर घर भएका पूर्वमन्त्री हेमराज राई र युवा नेता अजम्बर राई काङमाङ पनि प्रत्यक्ष चुनाव नलड्ने पक्षमा छन् । अजम्बर संघीय समाजवादीबाट २०७० को चुनावमा प्रत्यक्ष उम्मेदवार बनेर एमालेसँग पराजित भएका थिए ।

अर्का नेता आङकाजी शेर्पा पनि समानुपातिकमा बस्न रुचाएका छन् । उनी २०७० को संविधानसभा चुनावमा काठमाडौं ३ बाट उम्मेदवार बनेका थिए तर, जमानत जफत भयो । उनको गृहजिल्ला सोलुखुम्बुमा पनि संघीय समाजवादीको जमानत जफत भएको थियो ।

फोरमले राष्ट्रिय पार्टी बन्न जनजाति पार्टीसँग एकीकरण गरेपनि केही उपलव्धी नभएको एक मधेसी नेताले बताए । स्थानीय चुनावमा पहाडका ५५ जिल्लामा एउटा पनि स्थानीय तह जिताउन नसक्ने नेताहरु अहिले पनि प्रत्यक्ष चुनाव लड्न डराएर समानुपातिकमा जोड गरिरहेको आरोप लगाए ।

तत्कालिन उपाध्यक्ष अशोक राईको नेतृत्वमा एमालेबाट २०६९ सालमा विद्रोह गरेर आदिवासी जनजाति नेताहरुले गठन भएको संघीय समाजवादी फोरमले दोस्रो संविधानसभा निर्वाचनमा एक सिट पनि जित्न सकेन । समानुपातिकबाट ५ सिट पाएको संघीय समाजवादीले मधेसी जनअधिकार फोरमसँग एकीकरण गरेपछि संंघीय समाजवादी फोरम बनेको हो ।

फोरमले ३४ स्थानीय तह जितेर चौथो शक्ति बन्दा पहाडमा एउटा पनि जित्न सकेन । उपेन्द्र यादव लगायत मधेसका प्रभावशाली नेताहरु भने प्रत्यक्षमै उम्मेदवार बन्ने भएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution