हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मिनी राष्ट्रसंघको परिकल्पना सहित एनआरएन सम्मेलन सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलन शनिबार काठमाडौंमा शुरु भएको छ। ७० देशबाट आएका दुई हजार बढी प्रतिनिधिमाझ राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन उद्घाटन गरिन्।

कार्यक्रममा भण्डारीले विदेशमा छरिएर रहेका नेपालीको मातृभुमी प्रति लगाव र आत्मीयता बढेको भन्दै प्रसंशा गरिन् । गैरआवासीय नेपाली विदेशमा सद्भावनादूत र राष्ट्रियताको पहरेदार भएको उनको टिप्पणी थियो। नेपालमा पर्यटन, सूचना, संचार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा एनआरएनएलाई लगानी गर्न झन् अनूकूल रहेको उनले बताइन्।’

संघ अध्यक्ष शेष घलेले विदेशमा कमाएको सीप र पुँजी नेपालको समृद्धिमा लगानी गर्नु नै मुख्य अभियान रहेको बताए । ‘पर्यटन, शिक्षा, स्वास्थ्य, बैंकिङलगायतका क्षेत्रमा एनआएरएनको लगानी छ’ उनले भने, ‘यसबाट नेपालको लगानी बातावरण प्रोत्साहन हुन्छ । नेपाल भित्रकै समुदायलाई मसेत लगानी गर्न उत्प्रेरणा प्रदान गर्छ ।’उनले एनआरएनएलाई ‘मिनी राष्ट्रसंघ’ को स्वरुपमा परिकल्पना गरेको उल्लेख गरे।

सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने निर्णयले खुसी लागेको तर कार्यान्वयन गराउने एजेण्डा बाँकी रहेको उनले बताए। ‘एनआरएनएलाई नेपाली नागरिकता दिने निर्णय कार्यान्वयन गराउनु हाम्रो एजेण्डा बाँकी नै छ’ उनले भने, ‘हामीले खोजेस्तो विश्वविद्यालय संचालन गर्ने एजेण्डा पनि पुरा भइ सकेको छैन।’ भूकम्प, नाकाबन्दी र तराईमा आएको बाढीमा संघका माध्यमबाट विश्वभरी छरिएर रहेका नेपालीले सकेको सहयोग गरेको उनले बताए।

संघको पहलमा गोरखाको लाप्राकमा स्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनले बिपतमा गरेको सहयोगका कारण मुलुक अप्ठ्यारो पर्दा एनआरएनए छ है भन्ने आश जगाउन सकेको दाबी गरे। ‘ हामी विदेशमा उच्च कोटीको जीवन बाँचि रहँदा मेरो देश किन विकास भएन भनेर सोचिरहेका हुन्छौं । त्यसैले एनआरएनएको लगानी गर्ने बिषयलाई हावा भन्नु भएन, हाम्रो मन र मुटुको आवाज भनेर बुझिदिनु पर्यो’उनले भने।

कार्यक्रममा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गैरआवासीय नेपालीबाट देश विकासका लागि धेरै अपेक्षा रहेको बताए। भूकम्प पिडितलाई राहत बितरण र पुनर्निर्माण क्षेत्रमा खेलेको भूमिकाको उनले प्रशंसा गरे। स्थानीय तहको निर्वाचन सम्पन्न भइ सकेको एवं प्रदेश तथा केन्द्रको निर्वाचन लगत्तै मुलुक आर्थिक विकासको दिशामा अघि बढ्ने उनले उल्लेख गरे।

नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले एनआरएनले आर्थिक, सामाजिक क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको र आउँदो दिनमा युवालाई उत्पादनशील क्षेत्रमा लैजाने अभियानमा महासंघले सहकार्य गर्ने बताइन्।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले देश समृद्ध नभएसम्म व्यक्ती सम्पन्न हुन सक्दैन भन्ने उदेश्यका साथ एनआरएनए गठन भएको जानकारी दिए। ‘एनआएरएनको नेतृत्वमा कसलाई दिने भने होइन, देश कसरी सुन्दर, शान्त र समृद्ध बनाउन सकिन्छ भनेर गठन गरिएको हो’ उनले भने। उनले बैदेशिक रोजगारीमा युवाको आकर्षक र धान, चामल समेत ठूलो मात्रामा आयात हुन थाल्नु दुर्भाग्य भएको बताए।

संघलाई फुटाउन खोज्ने, राजनीति गर्न खोज्ने हल्ला सुनेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘संघको अभियानलाई कसैले फुटाउन सक्दैन। राजनीति घुसाउन सक्दैन।’

नयाँ नेतृत्व चयन गर्ने सम्मेलनमा चुनावी रस्साकस्सी बढेको छ। अध्यक्षका लागि भवन भट्ट, जुमना गुरुङ र टिबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन्। नेतृत्वका लागि निर्वाचन हुन स्वभाविक रहे पनि अस्वभाविक प्रतिश्पर्धा हुनु नहुने महतोको भनाइ थियो। ‘एनआएरएनएले नेपालाई समृद्ध बनाउने हो, कसलाई के बनाउने भन्ने होइन’उनले भने, ‘त्यसैले निर्वाचनपछि एकता कायम गरेर आफ्नो अभियानमा लाग्नुपर्छ।’

पूर्व अध्यक्ष जिवा लामिछानेले विश्वभर फैलिएका नेपाली नागरिकको स्नेह र मातृत्वप्रतिको दायित्वले संघ बलियो भएको बताए।  उनले गैरआवासीय नेपालीले धेर थोर पुँजी राष्ट्र निर्माणमा लगाउन निरन्तर प्रयास गरि रहेको जानकारी दिए । ‘हाम्रा साना ठूला प्रयासले विदेशी लगानी भित्र्याउन प्रोत्साहन गर्छ’उनले भने। संघ भित्र रहेका सबैले एकता र लोकतान्त्रिक पद्धती देखाए संगठनको गरिमा बढ्ने उनले बताए।

अर्का पूर्व अध्यक्ष देवमान हिराचनले विदेशमा रहेर आर्जन गरेको ज्ञान, सीप, पूँजी स्वदेशमा लगानी गर्नुपर्ने बताए। ‘स्वदेश तथा विदेशमा सरकारी तथा गैरसरकारी गतिविधिमा सहभागी भई संघले उच्च गरिमा कायम गरेको छ’उनले भने। उनले देशलाई अप्ठ्यारो परेका बेला विश्वभर रहेका नेपालीलाई संघले एकाकार गर्न सकेको दाबी गरे।

उद्घाटन पश्चात बिभिन्न शिर्षकमा छलफल सत्र चलेका थिए। सम्मेलनमा सोमबार बन्दसत्र र मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ।@Bizmandu






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution