हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

८ मन्त्रीले आज बेलुकी ७ बजे सपथ लिँदै, ६४ सदस्यीय भयो मन्त्रीपरिषद

काठमाडौं, असोज २८ – प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नियुक्त गरेका चारजना मन्त्री र चारजना राज्यमन्त्रीको सपथ बेलुकी ७ बजे हुने भएको छ ।

निर्वाचन आयोगका पदाधिकारसँगको छलफल पछि राष्ट्रपतिले बेलुकी ७ बजे सपथको समय निर्धारण गर्नुभएको प्रधानमन्त्री प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचन आचार संहिता लागु भइसकेपछि सरकार विस्तार गर्न मिल्ने नमिल्ने भन्ने बारेमा राष्ट्रपति भण्डारीले निर्वाचन आयोगसँग छलफल गर्नुभएको थियो ।

छलफलमा आयोगका आयुक्तहरुले आचार संहिता लागु भइसकेपछि यसअघि पनि सरकार विस्तार भएकाले अब पनि सरकार विस्तार हुन सक्ने बताएका थिए । निर्वाचन आचारसंहिता जारी भइसकेपछि प्रधानमन्त्रीले मन्त्रीपरिषद विस्तार गर्ने निर्णय गरेकोमा यसअघि असन्तुष्ट रहेको आयोगले राष्ट्रपतिसँग भने मन्त्री परिषद विस्तार रोक्न नसक्ने बताएको थियो ।

प्रधानमन्त्री शेरवहादुर देउवाले शुक्रबार राप्रपाका चारजना मन्त्री र चारजना राज्यमन्त्री थप्दै मन्त्रीपरिषद विस्तार गर्ने निर्णय गर्नुभएको हो । यी मन्त्री थपिएसँगै देउवा नेतृत्वको मन्त्री परिषद ६४ सदस्यीय भएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution