तामाङ घेदुङको मातहतमा घेदुङ बहुउद्देश्यीय सहकारी संस्था उद्घाटन

असाेज २७, बौद्ध । ‘तामाङला न्होर, तामाङ दन’ भन्ने मुल नाराका साथ घेदुङ बहुउद्देश्यीय सहकारी संस्था उद्घाटन गरिएको छ । सहकारी कानूनी न्याय तथा संसदिय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले उदघाटन गरेको हो । शुक्रबार बौद्ध–६, टुसालमा उद्घाटन गरेको संस्था नेपाल तामाङ घेदुङको मातहतमा रहने गरी सञ्चालन हुनेछ ।
सहकारीको सञ्चालक समितिमा नेपाल तामाङ घेदुङका कार्य समिति रहने घेदुङका महासचिव तथा सहकारीका सचिव बाबु घिसिङ तामाङले जानकारी दिएको छ । कार्यकारी निर्देशकको रुपमा भने कुयाङ घिसिङ तामाङ रहेको छ ।घेदुङसंग आबद्ध रहेका तामाङहरुबाट नै शेयर रकम तथा बचत रकम संकलन गर्ने निर्देशक घिसिङले बताए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले सहकारी संस्थाले सम्पूर्ण तामाङलाई एक बनाउन सहयोग पु¥याउनुका साथै हरेक क्षेत्रमा तामाङसमुदाय अगाडि बढ्न मद्दत गर्ने बताए । तामाङले अबको साँडे एक वर्षा भित्र घेदुङको आफ्नै भवान निर्माण गरीसक्ने पनि कार्यक्रममा उद्घोष गरेका थिए ।
उक्त कार्यक्रममा घेदुङका पूर्व अध्यक्ष कुमार योञ्जन तामाङ, अन्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष महेन्द्रजंग तामाङ, भाषविद् अमृत योञ्जन तामाङ, घेदुङका पूर्व महासचिव कुमार ब्लोन तामाङ लगायतले उपस्थिति जनाएका थिए ।
कार्यक्रममा इजरायल तामाङ घेदुङबाट संकलन गरी पठाएको १ लाख ८ हजार १० रुपैयाँ र मकाउ घेदुङका अध्यक्ष दोर्जे गोले तामाङले पठाएको १० हजार रकम रामेछापका मृगौला पीडित पबित्र तामाङलाई ४५ हजार र रसुवाका सोम बहादुर तामाङलाई ६३ हजार १० रुपैयाँ वितरण गरेको छ ।
कार्यक्रम सञ्चानल सहकारीका सचिव बाबु घिसिङ तामाङले सञ्चालन गरेका थिए ।@नाम्सादिम