हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

कमल थापालाई उपप्रधानमन्त्रीसहित देउवा सरकार विस्तार हुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सातौंपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

उनले शनिबार राप्रपाका ४ मन्त्री तथा ४ राज्यमन्त्री थप्ने तयारी गरेका हुन् । स्रोतका अनुसार राप्रपा अध्यक्ष कमल थापा उपप्रधामन्त्री, दिलनाथ गिरी, विक्रम बहादुर थापा र जयन्त चन्दलाई मन्त्री बनाउने निर्णय गर्दै सपथका लागि राष्ट्रपति कार्यालय पठाइएको छ ।

त्यसैगरी कुन्ती कुमारी शाही, भास्कर भद्रा, कान्ता भट्टराई र सुशील श्रेष्ठलाई राज्यमन्त्री बनाउने निर्णय देउवाले गरेका हुन् ।  नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको नाम शुक्रबारनै राष्ट्रिपति कार्यालयमा पठाइएको उच्च स्रोतले जानकारी दियो ।

तर, राष्ट्रपति कार्यालयले सपथका लागि समय तय गरिसकेको छैन । देउवाले सबैलाई हाल विना विभागीय मन्त्रीको रुपमा नियुक्ती गरेका हुन् ।

शुक्रबार नियुक्तीमा परेका विक्रमबहादुर थापाले यसबारे आफूले आधिकारिक जानकारी प्राप्त नगरेको बताए ।   उनले सरकारमा जाने वा नजाने निर्णय लिने जिम्मा अध्यक्षलाई दिएकाले यसबारे अहिलेसम्म जानकारी नभएको बताए ।

निर्वाचन आचारसंहिताले मन्त्रिपरिषद् विस्तार गर्न गर्न रोक लगाएको भन्दै राष्ट्रपतिले कुनै जवाफ नदिएको स्रोतले जानकारी दिएको छ ।  “प्रधानमन्त्री कार्यालयले नाम सिफारिस गरेको छ,” स्रोतले भन्यो, “तर सपथका लागि राष्ट्रपति कार्यालयबाट समय तोकिएको छैन ।”






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution