हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

दाहालको फोनपछि नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिन्ह आँखा लिएर चुनावी मैदानमा होमिने

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी अब आफ्नै चुनाव चिन्ह आँखा लिएर चुनावी मैदानमा होमिने भएको छ ।

यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको सहमतिअनुसार नयाँ शक्तिका नेताहरु एमालेको चुनाव चिन्ह सूर्य लिएर प्रतिष्पर्धामा जाने, १५ प्रतिशत सिट नयाँ शक्तिका लागि छुट्याउने लगायतका सहमति भए पनि ठूला २ दल सहमतिबाट पछि हटेको भन्दै आफ्नै चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो ।

“गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने,” निर्णयमा भनिएको छ ।

त्यसैगरी संविधानको आधारभूत अन्तरवस्तु गणतन्त्र, संघीयता, धर्मरिपेक्षता र समावेशीतालाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उमेदवारी दिने अर्को निर्णय पनि नयाँ शक्तिले गरेको छ ।

यसअघि कम्युनिष्ट गठबन्धनमा रहँदा भट्टराईलाई गोरखाका कुनै पनि निर्वाचन क्षेत्र छाड्न नसकिने अडान राखेपछि उनी बाहिरिएका थिए ।

अहिले भट्टराई गोरखा  २ बाटै चुनाव लड्ने प्रतिवद्धता पनि निर्णय भएको छ ।

भट्टर्राइ गोरखा २, कृष्ण कुमार चौधरी कैलाली ३, दानबहादुर चौधरी कपिलबस्तु, प्रेम तामाङ रसुवा र मदन राई खोटाङबाट चुनाव लड्ने निर्णय पनि गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले अहिले कोही पनि नेता तथा कार्यकर्ता आत्तिनुनपर्ने बताएका थिए ।“तपाईँहरु कोही पनि नआत्तिनुस्, उहाँहरुको सोच परिवर्तन हुन्छ कि भनेर गएका थियौं तर उहाँहरुको सोच बदलिएको रहेनछ । मैले नयाँ शक्तिलाई जसरी पनि पार लगाएरै छाड्छु,” भट्टराईको भनाई उद्धृत गर्दै एक नेताले भने ।

बैठकपछि डा. भट्टराईले अन्य दलसँग पनि तालमेलको प्रयास जारी राख्ने बताए ।

हामीले अन्य दलसँग पनि निर्वाचन क्षेत्र हेरेर तालमेलको प्रयास गर्छौं,” उनले भने, “हामी अब आफ्नै चुनाव चिन्ह आँखा लिएर चुनाव लड्छौं । वाम गठबन्धनबाहेकका दललाई पनि हामी तालमेलको लागि आह्वान गर्छौं ।”

गत १७ गते एमाले र माओवादीसँग गठबन्धनमा जोडिएपछि पार्टीले एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव लड्ने बताएको थियो । तर गठबन्धनभित्र रहेको माओवादी केन्द्रले नयाँ शक्तिका संयोजक रहेका भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ नछोड्ने भएपछि आफ्नै चुनाव चिन्हमा देब्रे आँखा चुनाव लड्ने बताएको हो ।

बैठकले सातैवटा प्रदेशबाट प्रत्यक्ष र समानुपातिक उमेदवारको नाम छनोट गरेर पार्टी कार्यालयमा बुझाउन पनि  निर्देशन पनि दिएको छ ।

बैठकमा सहभागी अधिकाँश केन्द्रीय सदस्यहरुले वाम गठबन्धन त्याग्नुपर्ने बताए । “हामी गठबन्धनबाट बाहिर निस्कँदा पनि हाम्रो जे स्ट्यान्ड छ त्यही त्यही रहन्छ,’’ नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य एवं शिक्षक विभाग संघका अध्यक्ष डा. राजेन्द्र केसीले भने,  “राजीनितिमा एमाले, माओवादी कति इमान्दार छन् भन्ने कुरा अहिलेको गठबन्धनमा हामीलाई भएको घातबाट नैप्रस्ट हुन्छ, हामी पुरातनवादी सोच भएका एमाले, माओवादीको सोच परिवर्तन हुन्छ कि भनेर गठबन्धनमा जोडिएका थियौं, अहिले निर्वाचनको क्षेत्र बाँडफाँडको विषयमा यसरी घात गर्न हुँदैन थियो ।’’

दाहालको फोनपछि मोडियो बाटो 

नयाँ शक्तिका एक केन्द्रीय सदस्यका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक भट्टराईबीच शुक्रबार बिहान टेलिफोनमा कुराकानी भएको थियो ।

फोनमा दाहालले बाबुरामलाई आगामी चुनावमा प्रदेशमा २ र केन्द्रको २ सिट दिनमात्र तयार भएपछि बाबुराम गठबन्धनलाई थाती राखेर आफ्नै चुनाव चिन्हमा प्रतिष्पर्धा गर्ने निर्णयमा पुगेका हुन्  । @ बाह्रखरी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution