नेपाल तामाङ घेदुङ इजरायलद्वारा रामेछापका मृगौलापीडितलाई आर्थिक सहयोग

असोज २७ , याम्बु | नेपाल तामाङ घेदुङ इजरायलले रामेछाप ,सुनापति गाबिस वडा नं -२ छापका पबित्र तामाङलाई मृगौला प्रत्यारोपणको लागि ४५ हजार नेपाली रुपैया सहयोग प्रदान गरेको छ |
संस्थाको आर्थिक कोषबाट आर्थिक कोषबाट २५ हजार नेपाली रुपैया ,अन्तराष्ट्रिय तामाङ परिषदका केन्द्रिय सदस्य सुन्दर सिंह योन्जन तामाङ (इजरायल ) बाट ५००० हजार नेपाली रुपैया र बरिष्ठ उपाध्यक्ष नानी माया योन्जन तामाङबाट १५,००० हजार नेपाली रुपैया गरी जम्मा ४५ हजार नेपाली रुपैया उपचारको लागि प्रदान गरेको हो |
त्यसैगरी नेपाल तामाङ घेदुङ मकाउका अध्यक्ष दोर्जे गोलेले निज बिरामीलाई उपचारको लागि नेपाली रुपियाँ ५,००० प्रदान गरेको छ |
इजरायल घेदुङबाट नेपाल पठाएको उक्त रकम घेदुङ बहुउद्धेश्य सहकारी लिमिटेडको उत्घाटन समारोहमा माननीय कानुन राज्यमन्त्री दिलमान पाख्रीन तामाङले हस्तान्तरण गरेको हो |