हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

प्यालेस्टिनका दुई प्रतिस्पर्धी समूह हमास र फताहबीच करिब पुनर्मिलन गर्ने सहमति

गाजा सिटी :  प्यालेस्टिनका दुई प्रतिस्पर्धी समूह हमास र फताहबीच बिहीबार करिब एक दशकपछि पुनर्मिलन गर्ने सहमति भएको प्यालेस्टिनी राष्ट्रपति महमद अब्बासले बताएका छन्।

अब्बासले बिहीबारको छलफलपछिको दुई प्यालेस्टिनी समूहको पुनर्मिलनका लागि ‘अन्तिम सहमति’ भएको जानकारी दिएका छन्। सन् २००६ मा भएको विभाजनपछि हमासले गाजा क्षेत्र र फताहले वेस्ट बैंकमा आ-आफ्ना प्रशासन केन्द्र बनाएर अघि बढेका थिए। तर त्यसै वर्ष भएको निर्वाचनमा इस्लामिक हमास समूहले प्यालेस्टिनी संसद्मा पहिलोपटक सहभागी भए पनि फराकिलो अन्तरले फताहमाथि विजय हासिल गरेको थियो।

स्थापनाकालदेखि नै फताहमाथि हमास समूहले प्रभाव जमाउन सफल भएपछि सन् २००७ मा दुई समूहले आफ्नो प्रभाव प्रदर्शन गर्न भिडन्त गरेका थिए। त्यसबाट भएक रक्तपातपूर्ण द्वन्द्वका कारण गाजा क्षेत्रमा ठूलो तनाव सिर्जना भएको थियो। फताह र हमास समूहबीचको संयुक्त सरकार पनि २००७ को जुलाईमा भएको एक साता लामो हिंसात्मक द्वन्द्वका कारण भंग भएको थियो।

अब्बासले संयुक्त सरकारलाई विघटन गरी गाजा क्षेत्रमा संकटकाल घोषणा गरेका थिए। त्यसको विरोध गर्दै हमासका लडाकुले अब्बास पक्षधर शक्तिलाई नियन्त्रणमा लिएका थिए। उक्त घटनालाई राष्ट्रपतिले राज्य विद्रोहको संज्ञा दिएका थिए। तर सन् २०११ मा दुवै समूहले अन्तरिम सरकार बनाउने र नयाँ निर्वाचन गर्ने सहमति भएपछि विवाद केही मत्थर भए पनि सहमतिको कार्यान्वयन गर्न ढिलाइ भई सन् २०१४ मा आएर मात्र भएको थियो।

अब्बास नेतृत्वको प्यालेस्टिनी स्वतन्त्रता संगठन र हमासको संयुक्त सरकार गठन सन् २०१४ को जुनमा भएको थियो। अब्बासले हमासमाथि समानान्तर प्रशासन खडा गरेको आरोप लगाएपछि केही महिनामै संयुक्त सरकार रहन सकेन।

इजरायलको ५० दिन लामो हवाई आक्रमणपछि बनेको संयुक्त सरकारले अगस्तमा आइपुग्दा विघटन भएको थियो।

हमासले सन् २०१७ मा आफ्नो घोषणापत्रमा विशेष सुधार र इजरायललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेपछि पुनः एकपटक दुई प्रतिस्पर्धी समूहबीच पुनर्मिलन हुने सहमति बनेको छ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution