हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अमेरिका अलमलमा,भारत त्रसित र युरोप मौन

२७ असोज, काठमाडौं । नेकपा एमालेसँग माओवादी केन्द्र र नयाँशक्ति पार्टीले अप्रत्याशित गठबन्धन बनाएपछि भारत, अमेरिकाका साथै पश्चिमा मुलुकका कूटनीतिज्ञहरु सघन छलफलमा जुटेका छन् ।

यो अप्रत्याशित गठबन्धनबाट भारत त्रशित बनेको छ भने अमेरिकी दूताबास केही प्रश्नको उत्तर खोज्नतिर लागेको छ । युरोपेली संघका कूटनीतिज्ञहरुचाहिँ भारत र अमेरिका भन्दा कम तरंगित देखिएका छन् ।

बेइजिङलाई मुछ्ने भारतीय प्रयास

सूत्रहरुका अनुसार एमाले र माओवादीवीच हठात गठबन्धन र पार्टी एकताको समेत समझदारी बनेको सुनेपछि भारतीय सत्तारुढ वर्ग आश्चर्यमा परेको छ ।

यो गठबन्धनलाई रोक्न सकिएन भने नेपालमा राष्ट्रवादी शक्ति बलियो हुने र चलखेल गर्न नपाइने निश्कर्ष निकालेको भारतले यो वाम गठबन्धनमा बेइजिङको हात रहेको प्रचार अन्तरराष्ट्रिय समुदायमा गर्न थालेको बुझिएको छ ।

सूत्रहरुका अनुसार नेपालमा वाम गठबन्धनको घोषणा हुनासाथ दशैंकै बेला भारतीय खुफिया एजेन्सीका एकजना उच्चस्तरीय व्यक्ति सुटुक्क नेपाल आएका थिए । उनलाई साथमा लिएर नेपालका लागि भारतीय राजदूतले नेपाली सेनाका एक उच्च अधिकारीका साथै अमेरिकी दूताबासका अधिकारीसँग समेत बेग्लाबेग्लै छलफल गरेर फर्केको स्रोतको भनाइ छ ।

नेपालमा आफ्नो प्रभाव कायम राख्न चाहने भारतले एमाले नेतृत्वको गठबन्धनलाई बलियो हुन नदिने नीति लिँदै आइरहेको थियो । साथै उसले नेपालमा चिनियाँ प्रभाव बढेको आरोप लगाउँदै आएको थियो ।

यसै सन्दर्भमा वाम गठबन्धनको घोषणापछि उसले अब नेपालमा भारतीय प्रभाव झनै कमजोर बन्ने निश्कर्ष निकालेको विश्लेषकहरु बताउँछन् । र, यसलाई रोक्ने उपायको खोजीमा भारतीय पक्ष सक्रिय रहेको काठमाडौंमा विश्लेषण गर्न थालिएको छ ।

यही सिलसिलामा भारतले यो वाम गठबन्धनमा चीनको हात रहेको प्रचारबाजी अमेरिका र पश्चिमा पुँजीवादी मुलुकसम्म गर्न चाहेको छ । यसो गर्दा कम्युनिष्टविरोधी अमेरिकालाई समेत वाम गठबन्धन रोक्ने अभियानमा तान्न सकिने भारतीय दूताबासको ठम्याइ हुन सक्छ ।

तर, अहिले बनेको वाम गठबन्धनमा आफ्नो कुनै हात नरहेको नेपाल स्थित चिनियाँ दूताबासका अधिकारीहरुले विभिन्न दलका नेताहरुलाई भेटेर स्पष्ट पारिसकेका छन् ।
चीनका लागि पूर्वराजदूत टंक कार्की वाम एकतामा बेइजिङको कुनै हात नरहेको बताउँछन् । उनी भन्छन्, ‘यही कुरा चिनियाँ राजदूतले पनि बोलिसक्नुभएको छ ।’

तर, वाम एकीकरण घोषणापछि भारतीय पक्ष चुप लागेर बसेको छैन भन्ने बुझ्न नयाँदिल्लीमा नेपाल मामिलाका जानकार एसडी मुनीलगायतको पछिल्ला अभिव्यक्तिबाट स्पष्ट हुने उनी बताउँछन् । उनी भन्छन्, ‘यो नेपालको आन्तरिक मामिला हो र आन्तरिक बचनवद्धता रहेसम्म बाह्य पक्षको सन्तुष्टि या असन्तुष्टिको कुनै अर्थ रहँदैन ।’

चुनाव सार्ने प्रयास

सूत्रहरुका अनुसार वाम गठबन्धनबाट आत्तिएको भारतले विगतमा संविधान घोषणालाई रोक्न खोजेजस्तै प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव रोक्ने र संसदको आयु लम्याउने सोचाइ बनाएको छ । र, उसले यही कुरा अमेरिकी दूताबासका अधिकारीलाई समेत भनेको छ । चुनाव सार्न सकियो र संसदको आयु थप्न सकियो भने वामपन्थी प्रभाव रोक्न सकिने भारतीय अधिकारीहरुको निश्कर्ष रहेको बुझिएको छ ।
वाम तालमेलपछि काठमाडौंमा बसेको कूटनीतिज्ञहरुको एउटा अनौपचारिक बैठकमा अमेरिकी कूटनीतिज्ञले प्रश्न गरेका थिए कि यो चुनाव सार्दा के हुन्छ ? चुनाव सार्दा आउन सक्ने राजनीतिक परिघटना के–कस्तो होला ?

अमेरिकी अधिकारीहरुको यस्तो प्रश्नका पछाडि कतै भारतीय राजदूतले चुनाव सार्ने र वाम प्रभाव रोक्ने अस्त्रबारे उनीहरुसँग प्रस्ताव राखेको त छैन भन्ने प्रश्न उब्जेको कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।

अमेरिकी कूटनीतिज्ञले जस्तै युरोपेली कूटनीतिज्ञले पनि यस्तै प्रश्न सोध्ने गरेका छन् । संविधानले नै माघ ७ गतेभित्र चुनाव गरिसक्नुपर्ने समयसीमा तोकेका कारण त्यसलाई टार्न नसकिने जानकारी कतिपय नयाँ राजदूतहरुले पाएका छैनन् ।
युरोपेली संघ, जर्मनी, नेदरल्याण्ड लगायतका देशबाट नेपालमा नयाँ राजदूतहरु आएका छन् । स्वीस राजदूत पनि फेरिन लागेका छन् । नयाँ राजदूतहरुले नेपालको परिस्थितिबारे अध्ययन गरिरहेका छन् ।

तथापि वामपन्थी जनमतप्रति अमेरिका र भारत जति आक्रामक छन्, युरोपेलीहरु त्यति धेरै आक्रामक देखिँदैनन् । एमाले र माओवादीवीच पार्टी एकता भएमा कम्युनिष्ट पार्टीको नाम परिवर्तन भएर सोसल डेमोक्रेटिक हुन सक्ने कतिपय युरोपेली राजदूतले अपेक्षा गरेको सूत्रहरुको दाबी छ ।

पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीचाहिँ वाम एकतामा चीनको नभएर भारतको हात रहेको दाबी गर्छन

नेपालमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा युरोपेली देशहरुले सकारात्मक भूमिका खेलेका कारण उनीहरु माओवादीको लोकतान्त्रीकरणप्रति अमेरिकाभन्दा बढ्ता सकारात्मक रहेको स्रोतले बतायो ।
पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीचाहिँ वाम एकतामा चीनको नभएर भारतको हात रहेको दाबी गर्छन् । उनी भन्छन्– ‘चीनले भनेर प्रचण्डले पत्याउने स्थिति नै छैन । त्यसैले प्रचण्ड र बाबुरामलाई पठाएर एमालेलाई प्रो इण्डियन बनाउने उद्देश्यले यो वाम एकता रचिएको हो ।’ onlinekhabar

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution