नेपाल तामाङ घेदुङ इजरायल द्वारा मृगौलापिडित तामाङलाई आर्थिक सहयोग प्रदान

असोज २७ , याम्बु | नेपाल तामाङ घेदुङ इजरायलले रसुवा जिल्ला सफिक लहरे पौवा गाविस वडा नं – ८ हाल कालिका गाउपालिका वडा नं -२ बस्तल गाउँ निवासी मृगौला पिडित मिङ्मार स्याङ्बा तामाङलाई उपचारको लागि ६३ हजार १० नेपाली रुपियाँ सहयोग प्रदान गरेको छ |
संस्थाको आर्थिक कोषबाट आर्थिक कोषबाट २५ हजार नेपाली रुपैया , घेदुङ इजरायलका सचिब रोजी मोक्तान तामाङबाट व्यक्तिगत १०,००० हजार नेपाली रुपैया , कार्यकारिणी सदस्य लाक्पा तामाङबाट व्यक्तिगत १०,००० हजार नेपाली रुपैया,कार्यकारिणी सदस्य दावा थोकरा तामाङबाट १०० सेकेल,कार्यकारिणी सदस्य शंखमाया लोप्चन तामाङबाट ५१ सेकेल अन्य इजरायलवासी सहयोगीहरु पासाङ ल्हामु तामाङ १०० सेकेल (रसुवा) ,फुर्बा लोप्चन तामाङ १०० सेकेल (रसुवा) दावा स्याङ्बा लामा १५० सेकेल (रसुवा) लक्ष्मी सूनुवार १०५ सेकेल (धरान) लाक्पा स्याङ्बा तामाङ १,००१ हजार एक रुपिया (रसुवा) सहित जम्मा ६३ हजार १० नेपाली रुपियाँ प्रदान गरेको छ |
त्यसैगरी नेपाल तामाङ घेदुङ मकाउका अध्यक्ष दोर्जे गोलेले निज बिरामीलाई उपचारको लागि नेपाली रुपियाँ ५,००० प्रदान गरेको छ |
घेदुङ बहुउद्धेश्य सहकारी लिमिटेडको उत्घाटन समारोह मृगौला पिडित मिङ्मार स्याङ्बा तामाङको आफन्त सोम बहादुर ग्लानलाई उक्त रकम हस्तान्तरण गरेको हो |