इजरायलबाट शेर्पा भवनको लागि २२ लाख १ सय रुपियाँ हस्तान्तरण

तेलअविव – नेपाल शेर्पा संघ केन्द्र द्वारा भवन खरिदको लागि सहयोगको आव्हान भएबमोजिम शेर्पा संघ इजरायलकाे सल्लाहकार दावाछिरीङ शेर्पाकाे संयाेजकत्वमा सहयोग संकलन अभियान चलाई संकलित रकम २२ लाख १ रुपैयाँ अक्टोबर ८ तारिका दिन बिश्व शेर्पा सम्मेलनमा सम्बन्धित ठाउँ र व्यक्तिलाई शेर्पा संघ इजरायलका सल्लाहकार छिरिङ शेर्पाले हस्तान्तरण गरेका छन् |
इजरायलका सम्पूर्ण सहयोगी मनका धनीहरुलाई हृदय देखि नै धेरै धेरै धन्यवाद ब्यक्त गर्नु हुदै देशबिदेशमा रहनु भएका दाजुभाइ तथा दिदिबहिनीहरुले अाफ्नाे समुदायको हितकाे निम्ति र देश बिकासकाे निम्ति एकअापसमा हातेमालो ,सहयोग र याेगदान पुर्याउनु पर्ने बताउनु हुदै शेर्पा संघ इजरायलका निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार अाङछिरी शेर्पाले रकम हस्तान्तरणबारे तामाङअनलाइनलाई जानकारी दिनु भयो |