हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एनआरएनका मित्रहरु, अब दोष हटाउनतिर लागौँ

 

‘विदेश आएपछि हाम्रो संकुचित परिधि फराकिलो हुन जान्छ। हामी आफ्ना दोषहरु देख्न सक्ने हुन्छौं। जब ती दोषहरु आफूलाई थाहा हुन्छ, तिनलाई हृदयबाट हटाउने प्रबल इच्छा हुन्छ।’ (मुलुक बाहिर म लैनसिंह बाङ्देल, पृष्ठ १०७ )

संयोग नै भनौँ म जस्तै नेपालीहरुको प्रतिनिधित्व गर्छु भन्ने एनआरएनको विश्व सम्मेलनको तयारी भइरहँदा म लैनसिंह बाङ्देलको ‘मुलुक बाहिर म’ पढिरहेको छु। र मुलुक बाहिर ‘म’ खोजिरहेको छु। पढ्दै जाँदा टक्क आँखा र दिमाग रोकिन्छ, माथि उल्लेखित पंक्तिहरुमा। जहाँ बाङदेल भनिरहेका छन्, ‘विदेश आएपछि हाम्रो संकुचित परिधि फराकिलो हुन जान्छ…’
बाङ्देलले भनेजस्तै विदेश आएपछि हाम्रो संकुचित परिधि अलिकति फराकिलो भएको छ। आज हामी आफ्ना र अर्का, दुवैका दोषका बारेमा जानकार छौं। आफ्ना र अर्काको खराबी पहिचान गर्न अब हामीलाई कसैले सिकाउनु पर्दैन। मातृभूमि नेपाल किन बनेन भन्नेपनि हामीलाई थाहा छ। के गर्दा बन्छ भन्नेपनि थाहा छ। काम सानो–ठूलो हुँदैन भन्ने त हामीलाइ कखरा जस्तै भइसकेको छ। नियम–कानुन पालनाको महत्व हामीलाई अब कसैले सिकाइरहनु पर्दैन। मेहनत गरे राम्रो फल पाइन्छ भन्ने कुरा हाम्रो व्यवहारिक जीवनको पाटो बनिसकेको छ।

अधिकांश नेपालीका लागि विदेश ऐनाजस्तै हो, जसलाई हेरेपछि आफ्नो अनुहारका कतिपय दाग देखिन्छन्।

यहाँसम्म सबै ठिकठाकै जस्तो छ।

बिग्रिन कहाँनेरबाट सुरु हुन्छ भने हामी एनआरएनहरु, आफ्नो दोष देख्न सक्ने त भयौं तर तिनलाई हृदयबाट हटाउने प्रबल इच्छा जगाउनै सकेनौं। हामी आज पनि दोष देख्न सक्ने चरणमै छौं। दोषलाई हृदयबाट हटाउने चरणमा प्रवेश गरेकै छैनौं। हामीले विदेशी ऐनामा आआफ्नो अनुहार हेर्न त जान्यौँ तर अनुहारको दाग हटाउन अझै जानेका छैनौं।

दोषहरुलाई हृदयबाटै हटाउन आफना खराब चरित्रलाई पनि बदल्न सक्नुपर्छ, आनीबानी बदल्न सक्नुपर्छ। हाम्रो व्यक्तिगत चरित्र र आनीबानी कस्ता छन् भने हामी व्यक्तिगत भावनालाई संस्थागत नियम बनाइदिन्छौं। हामी व्यक्तिगत स्वार्थ र अहम्लाइ पनि संस्थागत आकार दिन्छौं। हामीलाई राजनीतिसँग जोडिएको शक्ति सबैभन्दा प्रिय र शक्तिशाली लाग्छ। र त्यसैको फाइदा उठाउँदा हामीलाई बढी सन्तोष मिल्छ। भनिन्छ नि ‘मुतको न्यानो’ हो, त्यही न्यानो हामीलाई आत्मीय लाग्छ।

खै किन हो किन, हामीलाई समग्रतामा होइन, झुण्ड–झुण्डमा बस्दा बढी आरामको अनुभव हुन्छ। समग्र शक्तिमा भन्दा झुण्ड शक्तिमा हामीलाई बढी विश्वास लाग्छ।

एनआरएनको अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय समितिहरुको नेतृत्व चयनमा देखिने झगडा, विवाद, चलखेल र गुट हेर्दा यस्तो लाग्छ, एनआरएन खासमा झुण्डहरुको एउटा जोड हो। अलि बलिया हौँ भन्नेहरुको झुण्ड। एनआरएन झुण्ड चरित्रको संस्थामा बदलिँदै गएको छ। अलि पैसावाल झुण्डहरु नै एकआपसमा जुट्छन्, फुट्छन्, जुध्छन्, मिल्छन्, हिसाब–किताब गर्छन्। र बाँडफाँड गर्छन्|

जो झुण्डमा छैन, ऊ एनआरएन हो कि होइन भन्ने अवस्था पो छ त।

हामी सिंगो एनआरएनको कुरा गर्छौँ तर त्यहाँभित्रै बाइसे–चौबीसे झुण्ड खडा गर्नमा हामीलाइ मजा लाग्छ। हामीलाइ बाइसे–चौबीसे राजनीती गर्न गर्व लाग्छ।

त्यसैले त एनआरएनप्रति मातृभूमिको विश्वास गुम्दै गएको छ।
उसै दोहोरो नागरिकता मागेर हुन्छ र एनआरएन महाशयहरु! राम्रो काम गरे एउटा अर्को कुनै देशको गोराले त मानार्थ नागरिकता पाउँछ, पाइरहेको छ, तपाईंहामी त त्यही माटोमा जन्मेका।

एनआरएनको नेतृत्व लिने र लिन खोज्नेहरुलाई मेरो आग्रह छ, अब दोष पहिचान गर्न पुग्यो, दोष मेटाउनतिर लागौँ। तपाईंहरु नेपालमा गएर शान देखाउँछु र त्यहाँको राजनैतिक शक्तिसँग आफ्नो शक्ति मिसाएर ‘पावर प्ले’ गर्छु भन्ने सोचबाट बाहिर निस्कनुहोस्। नेपालको राजनीतिक शक्तिलाई प्रभावमा पारेर नेपालमा एकादुई ठूला व्यवसायिक स्वार्थपूर्ति गर्ने माध्यम एनआरएनलाई नबनाउनुहोस्। तपाईंहरुलाई पाप लाग्छ, लाखौं विदेशिएका नेपालीहरुको। तपाईंहरु यस्तो ठेकेदार नबन्नुहोस्, जसले कामदारहरुलाई दिन–रात काममा जोताउँछ र बेलुका ज्याला नदिई घर पठाउँछ, आफू भने कुनै स्टार होटलको बारमा बसेर देश र दुनियाँको गफ हाँक्छ।

सरहरु, इज्जत थोरैबाट होइन, धेरैबाट कमाउने चीज हो। पैसा कमाउनु र इज्जत कमाउनु फरक कुरा हुन्। पैसा कमाउन तपाईंका उत्पादनहरुको बिक्री मात्र भए पुग्छ, इज्जत कमाउन तपाईंका व्यवसायिक उत्पादनहरुले कत्तिपनि सहयोग गर्दैनन्, तपाईं स्वयं नै मूल्यवान हुनुपर्छ।

मातृभूमिका स–साना कुरामा जोडिनुहोस्, कर्मभूमिमा सबै नेपालीलाई आफूजस्तै बलियो बनाउन सहयोग गर्नुहोस्, अनि न हुन्छ।

पैसा आजको दुनियाँमा सबैभन्दा ठूलो चीज पनि हो तर पैसाको धाक आजको दुनियाँमा सबैभन्दा कमजोर धाक पनि हो।

धनी त मान्छे सियो बेचेर पनि बन्छ। तर मलाई सियो बेचेर पैसा कमाउनेहरु भन्दा सियोले उनेर सुन्दर सृजना गर्नेहरु प्रिय लाग्छन्।

पैसाको बल झिकिदिने हो भने एनआरएन कहाँनेर खडा हुन्छ? मलाइ यो हेर्ने रहर छ।

लौ, पैसाको धाक नै सही, कामले जिते बेग्लै कुरा हुन्थ्यो। तर मै हुँ भन्ने, धनीमानी व्यक्तिहरुले नेतृत्व गर्ने संस्थाका कतिपय काम सारै लुरे र गरीब देखिन्छन् र पो! लाजमर्दो! बाघले घाँस खाएजस्तो!

विदेशमा व्यवसायिक सफलता कमाएका मै हुँ भन्नेहरु नेपालमा गएर दलका टीका र खादा लगाएर जब अमिलो हाँसो हाँस्छन् तब म झनै पक्का हुन्छु, बाघले घाँस खाएकै हो।
दोष यहीँनेर छ। एनआरएनका मित्रहरु, अब दोष हटाउनतिर लागौँ।

|@सन्जय घिमिरे |अमेरिकाको टेक्सासस्थित पत्रकार हुन्






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution