एनआरएनए अध्यक्ष पदमा जमुना गुरुङको उम्मेदवारीघोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी हुन् । उनी वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन् । गुरुङले अध्यक्षमा उम्मेदवारी दिने अन्तिम समयमा तय गरेकी हुन् । आफूले उम्मेदवारी दिनेमा गैरआवासीय नेपालीहरुको माग र अपेक्षा पूरा गर्न, एनआरएनएका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न, एनआरएनएले निर्माण गरिरहेका मेगा परियोज नाहरुलाई समयसीमाभित्र सम्पन्न गर्नेलगायत उद्देश्य रहेको बताइन् ।
एनआरएनए अध्यक्षमा यसअघि नै वर्तमान उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । गुरुङको उम्मेदवारी घोषणाले भट्टलाई सर्वसम्मत बनाउने तयारीमा धक्का लागेको छ |
एनआरएनएको आठौं विश्व सम्मेलन पर्सि शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । उक्त सम्मेलनले नयाँ कार्यदिशासहित नयाँ नेतृत्व चयन गरिनेछ ।
गुरुङको उम्मेदवारी किन ? पढ्नुहोस् विज्ञप्ति