हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

एनआरएन:शेष घलेको उत्तराधिकारी बन्न भवन र जमुनाबीच प्रतिस्पर्धा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को चुनावमा नयाँ ट्विष्ट आएको छ। अध्यक्ष शेष घले पत्नी जमुना गुरुङ घलेले अध्यक्षमा उम्मेद्वारी दिन लागेकी हुन्।

दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गरि घलेले उम्मेद्वारी घोषणा गर्न लागेकी छिन्। केही समय देखि उम्मेद्वारीको तयारीमा रहेकी घले अन्तिम समयमा पछि हटेकी थिइन्। सोनाम लामालाई उपाध्यक्ष र त्रिलोक गुरुङ लाई महासचिव जिताउने उद्देश्यसाथ घले ब्याक हुने मनस्थितीमा थिइन्। तर, शेष पक्षधर समूहको तीब्र दबाब पछि जमुनाले उम्मेद्वारी दिन लागेको स्रोतले जानकारी दियो।

घले दम्पती अष्ट्रेलियाका धनाड्यको सूचीमा १०१ औँ स्थानमा छन्। उनीहरुको सम्पत्ति ६४ करोड ७० लाख अमेरिकी डलर बराबर रहेको फाइनान्सियल रिभ्युले जनाएको छ। शेष एनआरएनएमा दोस्रो कार्यकाल अध्यक्ष भएर आउँदो साता सम्पन्न हुने निर्वाचनबाट बिदा हुँदै छन्।

एनआरएन अध्यक्षका लागि उपाध्यक्ष भवन भट्ट एवं पूर्व उपाध्यक्ष टिबी कार्कीले यसअघि नै उम्मेद्वारी घोषणा गरि सकेका छन्। अध्यक्षको प्रत्याशीका रुपमा रहेका अर्का उपाध्यक्ष कुमार पन्तले भट्टलाई समर्थन गरेर आफु ब्याक भइ सकेका छन्। त्यस बाहेक संस्थापक अध्यक्ष उपेन्द्र महतो एवं पूर्व अध्यक्ष जीवा लामिछाने पनि भट्टलाई समर्थन रहेको छ। अध्यक्ष शेष पक्षधर समूहबाट जमुनाको उम्मेद्वारी हुने भएपछि अब भट्ट र उनको कडा प्रतिश्पर्धा हुने आँकलन गरिएको छ।

आउँदो शनिबार सुरु हुने सातौँ विश्व सम्मेलनबाट एनआरएनमा नयाँ नेतृत्व चयन हुँदैछ। उपाध्यक्षमा अमेरिकाका सोनाम लामा, खगेन्द जिसी, बेलायतका कुल आचार्य, जापानका चिरञ्जिवी थापा लगायत उम्मेद्वार छन्। महिला उपाध्यक्षमा अष्ट्रेलियाकी रञ्जु वाग्ले र रुसबाट सपिला राजभण्डारीले उम्मेद्वारी दिने भएकी छिन्।

महासचिवमा हङकङका त्रिलोक गुरुङ र रुसका बद्री केसी उम्मेद्वार छन्। @बिजमाण्डू

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution