तामाङ भाषामा १२ महिनाको नामहरु

तामाङ भाषामा चन्द्रमालाई लानी भनिन्छ । ला-को अर्थ महिना नी – को (ङी) अर्थ दुई भन्ने बुझाउँछ । यसको अर्थ दुई वटा महिना सँगै जोडिएर एकै महिनामा गिन्ती गरिन्छ ।
उदाहरणको तामाङ समुदायले गणना गर्ने महिना “ख्रेला” मा नेपाली पात्रो अनुसार पुष महिनाको करिब १५ दिन र माघको १५ दिन जति अर्थात् आदि आदि दिनहरु जति पर्न आउँछ | पुर्णिमाको भोलिपल्ट देखि महिना गणना अर्थता फेर्ने भएकोले यसरी दुईवटा महिना संगै जोडिएर गन्ति गरिन्छ |
१२ चन्द्र महिनाको नामहरु
१. ख्रेला – पुष / माघ
२. वेनेला -माघ / फागुन
३. नामदुङ ला – फागुन / चैत)
४. दुगुला – चैत्र/वैशाख
५. ड्वाफ्रे ला – वैशाख जेठ
६. व्याल्वो ला – जेठ / असार
७. गोने ला – असार / साउन
८ . यान्दे ला – साउन/भदौ)
९. म्हेनिङ ला – भदौ/असोज
१०. सोकराती ला – असोज/कात्तिक
११. वोइताइपा ला -कात्तिक/मंसिर
१२. तापा ला – मंसिर/पौष