हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

यस्तो छ प्रथम विश्व शेर्पा सम्मेलनबाट जारी गरेको ११ बुँदे घोषणा पत्र

-लाक्पा जी. शेर्पा

काठमाडौं । प्रथम विश्व शेर्पा सम्मेलन ‘११ बँुदे घोषणापत्र’ जारी गर्दै समापन भएको छ । आइतबारबाट शुरू भएको सम्मेलन चार दिनसम्म विभिन्न विषयमा छलफलपछि घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनमा विषयगत विज्ञहरूको कार्यपत्रलाई बहस, छलफल भएको थियो ।
सम्मेलनमा शेर्पाहरूको भाषा, धर्म, संस्कृति, राजनीति, सामुहिक लगानी, महिला, युवा र रोजगार, सञ्चार, वातावरण र अन्तरविरोध निवारण लगायत विषयमा प्रस्तुत कार्यपत्रमा समूहगत छलफल गरेको आयोजक समितिको संयोजक आङ दोर्जी लामा शेर्पाले जानकारी दिए । राजधानीको होटल र्याडीसनमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन पश्चात गरी शुरु भएको सम्मेलन दिनसम्म लगातार शेर्पा गुम्बा बौद्धमा चलेको थियो । सम्मेलनले जारी गरेको घोषणापत्रको पूर्ण पाठः

विश्व शेर्पा सम्मेलनको ११ बुदे घोषणा–पत्र १. राजनीतिः राज्य संचालनको मुल नीति राजनीति नै भएको हुदा राजनीतिमा चासो र सरोकार राख्नु शेर्पाहरुको मात्र हैन आम नागरिकको मानव अधिकार र नैशर्गिक अधिकार समेत भएको हुदा आआफ्नो मुलुकको राजनितिमा व्यापक सहभागीता जनाउन सबै सहभागीहरुले पहल गर्ने र यस्ता विषयबस्तु माथि एक देशका शेर्पाहरुले अर्को देशका शेर्पाहरुलाई नैतिक सर्मथक गर्न सक्ने तथापी मानवीय सेवामा सहयोग गर्न यो प्रवधानले वाधा पुर्‍याएकोे मानिने छैन ।

२. संस्कृति तथा मितव्यायिताः विश्वका सबै शेर्पाहरुले आफ्नो परम्परागत धर्म, संस्कृति सामाजिक प्रचलन र मुल्य मान्यताहरु अवलम्भन गर्दा कम खर्चमा हाम्रो परम्परागत संस्कृतिको संरक्षण हुने र आर्थिक बोझ पनि नपर्ने गरि गर्ने गराउने तर्फ संस्थागत रुपमा पहल गरि चेतना अभिबृद्धि गर्ने गराउने कार्यमा सक्रियताका साथ काम गर्नेछ ।

३. लगानी प्रवर्धनः विश्वमा छरिएर रहेको शेर्पाहरुको आर्थिक उन्नति र समृद्धिलाई थप टेवा पुर्‍याउन छरिएर रहेको पुजीँलाई एकक्रित गरि सामुहिक हितमा लगानी गराउने तर्फ अभिमुखीकरण गराउन पहल गर्ने ।

४. शिक्षाः चेतना र विकाशको मुख्य विषयबस्तु भएकोले यसमा शेर्पाहरुलाई उच्च शिक्षा हासिल गराउन प्रोत्साहन गर्दे आवश्यकता अनुसार छात्रबृद्धि कोषको समेत व्यावस्था गर्न पहल गर्ने र हाम्रो पहिचानको पहिलो आधार शिलाको रुपमा रहेको शेर्पा भाषा शिक्षालाई आआफ्नो मुलुकमा प्रथामिकताका साथ अध्ययन अध्ययापन गराउन पहल गर्ने ।

५. धर्मः मानवीय संवेदनासगँ जिवन्त रुपमा जोडिएको हाम्रो जिवन शैलीको मुख्य आधार बौद्ध धर्मको संरक्षण सर्वधन र विकाशमा व्यापक जोड दिदै दया, कल्याण र करुणाको पक्षमा आम शेर्पा समुदायलाई व्यापक रुपमा सहभागीता गराउन पहल गर्ने ।

६. महिलाः एउटै सिक्काका दुइ पाटाका रुपमा परिचित विश्व धरातलको आधा हिस्सा ओगटेका संख्याका रुपमा रहेको शेर्पा महिलाहरुको हक अधिकारलाई स्थापित गर्दै उनीहरुको सर्वा्गिण विकाशमा जोड दिदैँ हरेक मुलुकमा पहिचान सहितको पहुच र प्रतिनिधित्व सुनिश्चित गराउन पहल गर्ने र शिक्षामा महिलाहरुको पहुँच सुनिश्चित गर्न छात्रबृत्ति कोषको स्थापना गर्न पहल गर्ने

७. भाषाः भाषामा एकरुपता ल्याउनका लागि शेर्पा भाषा अध्ययन अनुसन्धान केन्द्रको स्थापना गर्न पहल गर्ने ।

८. युवा तथा रोजगारः आआफ्नो मुलुकको शेर्पा युवाहरुलाई आफ्नै मुलुकमा रोजगार मुलक व्यावसायिक तालिम साथै अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्ने पहल गर्ने ।

९. संचारः राज्य संचालनको चौथौँ अंगको रुपमा परिचित पत्रकारीता व्यवसायमा शेर्पाहरुको भुमिका अत्यन्तै न्युन रहेकोले सहभागीता बढाउन अध्ययन अध्ययापनको अतिरिक्त संचार क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने ।

१०. वातावरण संरक्षणः जलवायु परिवर्तन र त्यसवाट शेर्पा समुदाय लगायत अन्य सबै समुदायलाई परेको असर सम्बन्धमा अध्ययन गरी आम शेर्पा समुदायलाई समयमै सचेत गराउँदै अनुकुलन (ब्मबउतबतष्यल) गर्न तथा विश्व वातावरण संरक्षणमा शेर्पाहरुलाई आ–आफ्नो क्षेत्रबाट लाग्न समेत प्रोत्साहन गर्ने ।

११. अन्तर विरोध निवारणः नागरिकता तथा परिचयव पत्रमा शेर्पा, लामा, तथा थरहरु (रु लेखिएपछि एउटै शेर्पाहरुबिच पनि विभेद भएको र सामाजिक समास्या आएको भन्ने गुनासोलाई सम्मान गर्दै शेर्पाहरुबीच सामाजिक न्यायको प्रत्याभुत हुनेगरि सबैको आत्म सम्मानप्रति सजग रही समान व्यवहार गर्न आह्रवान गर्दै समस्याको निदान गर्न आयोग गठन गर्ने ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution