जम्बुलिङ श्यर्वा छोक्पा (विश्व शेर्पा संघ)को अध्यक्षमा आङ दोर्जी शेर्पा चयन

काठमाडौं । चारदिनसम्म राजधानीमा चलेको प्रथम विश्व शेर्पा सम्मेलनले आङ दोर्जी शेर्पा लामाको अध्यक्षतामा जम्बुलिङ श्यर्वा छोक्पा (विश्व शेर्पा संघ) गठन गरेको छ ।
नेपाल शेर्पा संघको केन्द्रिय अध्यक्ष समेत रहेका आङ दोर्जी शेर्पा लामा ऐतिहासिक जम्बुलिङ श्यर्वा छोक्पा (विश्व शेर्पा संघ)का अध्यक्षमा चयन भएका हुन् ।
यसैगरी सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा दावा जाङबु शेर्पा अमेरिका, उपाध्यक्षहरु फूला शेर्पा, ङिमा ग्याल्जेन शेर्पा अस्ट्रेलिया, ङावाङ नुरी शेर्पा एसिया प्यासेफिक, ङिमा शेर्पा, गल्फ कन्ट्री, ङिमा शेर्पा अमेरिका, महासचिवमा पासाङ गेले शेर्पा भारत,सचिवहरु देण्डी शेर्पा नेपाल, , डोमा शेर्पा इजरायल, काल्जाङ लामा शेर्पा यूरोपका छन् ।
भारतका मिङमा शेर्पाले कोषाध्यक्षको जिम्मेवारी पाए भने सहकोषाध्यक्षमा नेपाल शेर्पा संघका कोषाध्यक्ष समेत रहेका डिएन शेर्पालाई तोकिएको छ । सदस्यहरुमा आचार्य नुर्बु शेर्पा, सोनाम छोटी शेर्पा, ङिमी शेर्पा, छिरिङ शेर्पा, साङ्गे मिङमा शेर्पा, फुरकमिा शेर्पा, जाङबु शेर्पा र सोनाम छिरी शेर्पा रहेका छन् ।
सम्मेलनबाट ११ बुंदे घोषणपत्र पारित गरेको छ |
प्रथम बिश्व शेर्पा सम्मेलनबाट जारी गरिएको ११ बुँदे घोषण-पत्र